PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • भारतीय नेता यचुरी बिहीबार काठमाडौँ आउँदै

    भारतीय नेता यचुरी बिहीबार काठमाडौँ आउँदै

    काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन्। यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली,  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट गर्नेछन्। साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • 'मि टु मुभमेन्ट'मा ज्याकलिन पनि

     'मि टु मुभमेन्ट'मा ज्याकलिन पनि

    यौन दुर्व्यवहार विरुद्धको अनलाइन क्याम्पियन 'मि टु मुभमेन्ट'मा बलिउडका अधिकांश अभिनेत्रीहरुले साथ दिँदै आएका छन्। उनीहरु मुभमेन्टले पारेको प्रभावप्रति सकरात्मक छन्। अभिनेत्री तनुश्री दत्तदेखि गायिकाहरुले ह्यारेसमेन्टको विषयमा बोलेका छन्। प्रियांका चोपडाले पनि तनुश्री कै पक्षमा बोलिन्। अहिलेसम्म बलिडका फिल्म मेकर साजिद खान, आलोक नाथ, विकास बल, सुवास घाई, कैलाश खैरमाथि ह्यारेसमेन्टको आरोप लागेको छ। हालै अभिनेत्री ज्याकलिन फर्नाण्डेजले पनि मुभमेन्टको विषयमा बोलेकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान वितरण

    पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान वितरण

    खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वर्ष २०७४ का लागि पद्मश्री साधना सम्मान र पद्मश्री पुरस्कार वितरण गरेको छ। प्रतिष्ठानले कोजाग्रत पूर्णिमाको अवसर पारेर बुधबार रसियन कल्चर सेन्टरमा कार्यक्रम आयोजना गरेको हो। पद्मश्री साधना सम्मान साहित्यकार डाक्टर तारानाथ शर्मालाई प्रदान गरियो। त्‍यस्तै पद्मश्री साहित्य पुरस्कार संस्मरणात्मक कृति ‘यार’का लागि साहित्यकार नयनराज पाण्डेलाई प्रदान गरेको हो। कार्यक्रममा दुवै श्रष्टालाई खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानकोतर्फबाट अध्यक्ष जीवा लामिछानेले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा निलम्वित एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको स्पष्टीकरण पत्र गृहमन्त्रालयमा बुझाइयो

    निर्मला प्रकरणमा निलम्वित एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको स्पष्टीकरण पत्र गृहमन्त्रालयमा बुझाइयो

    काठमाडौँ: १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको स्पष्टीकरण सहितको पत्र गृह मन्त्रालयमा पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उतमराज सुवेदीले जानकारी दिए। एसएसपी सुवेदीले भने,'स्पष्टीकरण सहितको पत्र आज हामीले मन्त्रालयमा…

    विस्तृतमा पढ्नुस्

  • मधेसलाई टुक्र्याउन प्रदेशले प्रहरी ऐन ल्याएको मसालको आरोप

    मधेसलाई टुक्र्याउन प्रदेशले प्रहरी ऐन ल्याएको मसालको आरोप

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (मशाल)ले प्रदेश २ सरकारले ल्याएको प्रहरी ऐनको विधेयक मधेसलाई अलग्याउने उदेश्यले ल्याइएको आरोप लगाएको छ। मसालका महामन्त्री मोहनविक्रम सिंहले आज विज्ञप्ति जारी गर्दै भारतीय इसारामा मधेसलाई अलग्याउने उदेश्यले प्रहरी ऐन आएको आरोप लगाएका छन्।  ‘भारतीय दबाबमा नै त्यो बेलाका सत्ता वा प्रतिपक्षका प्रमुख राजनीतिक संगठनहरूले बिना कुनै गृहकार्य सङ्घीयतालाई स्वीकार गरेका थिए। उनीहरूले नेपालमा जुन…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको तालिमलाई राष्ट्र संघको मान्यता

    वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको तालिमलाई राष्ट्र संघको मान्यता

    काठमाडौंः नेपाली सेनाले सञ्चालन गर्दै आएको दुई वटा तालिमलाई संयुक्त राष्ट्र संघले शान्ति स्थापना कार्यका लागि मान्यता प्रदान गरेको छ।  नेपाली सेनाको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रदान गरिएको राष्ट्र संघीय स्टाफ अफिसर कोर्स र आकस्मिक पूर्व तैनाथी तालिम (कन्टिन्जेन्ट प्री–डिप्लोयमेन्ट ट्रेनिङ)लाई चार वर्षको लागि मन्यता प्रदान गरेको हो।  संयुक्त राष्ट्र संघको पिस किपिङ अप्रेसनले यी तालिमलाई संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • के वरुण धवनसँगै 'कुली नम्बर वान'मा देखिएलान् गोविन्दा ?

    के वरुण धवनसँगै 'कुली नम्बर वान'मा देखिएलान् गोविन्दा ?

    सलमान खान अभिनित जुडुवाको सिक्वेलमा वरुण धवन देखिएका थिए। पछिल्लो समय 'जुडुवा २'लाई दर्शकले अत्याधिक रुचाए। फिल्ममा वरुणसँगै अभिनेत्री तापसी पन्नु र ज्याकलिन फर्नान्डेजको अभिनय थियो। वरुणका बुवा डेभिड धवनले बनाएको २१ वर्षअघिको फिल्मको सिक्वेलमा छोरा वरुणलाई मुख्य भुमिका दिएका थिए। 'जुडुवा २'को व्यवसायिक सफलताले निर्देशक डेभिड र वरुणलाई फेरी एक गरेको छ। उनीहरु नयाँ फिल्म गर्दैछन्। डेभिडले  वरुणलाई लिएर 'कुली…

    विस्तृतमा पढ्नुस्

  • जुवा खालबाट रकम लुटेको अभियोगमा पक्राउ असई भन्छन्,'लुटेको होइन,जुवाडेले कारबाही नगर्नु भन्दै दिएका हुन्'

    जुवा खालबाट रकम लुटेको अभियोगमा पक्राउ असई भन्छन्,'लुटेको होइन,जुवाडेले कारबाही नगर्नु भन्दै दिएका हुन्'

    काठमाडौः जुवा खालमा छापा मार्न गएका प्रहरीले नै खालमा रहेको रकम आफ्नै गोजीमा हालेको खुलेको छ। म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई विचित्र थापा मगरले खालको रकम लुटेको उजुरी प्रहरीमा परेको छ। जुवा खालमा रहेको १७ लाख रुपैयाँ मध्ये असई थापाले पाँच लाख आफैले राखेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेको हो। उजुरी परेपछि प्रहरीले असई थापालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • 'चङ्गा चैट' र 'मालिका'को भिडन्त

    'चङ्गा चैट' र 'मालिका'को भिडन्त

    काठमाडौं: दीपेन्द्र के. खनाल निर्देशित फिल्म 'चङ्गा चैट' आयुष्मान देशराज जोशी श्रेष्ठ र परमिता राज्य लक्ष्मी राणाका कारण चर्चामा छ। दुई पुर्वप्रेमी एउटै स्क्रिनमा देखिने भएपछि फिल्मको हाइप बढेको हो। तर फिल्ममा आयुष्मान फियोन्सी प्रियंका कार्कीको अपोजिटमा देखिँदैछन्। उता परमिता पनि सन्दीप क्षेत्रीको अपोजिटमा देखिने भएकी छिन्। फिल्मको 'गोजीमा दाम छैन' बोलको गीतलाई दर्शकले रुचाएका छन्। यो फिल्म कार्तिक १६ देखि…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

    ने क पाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

    काठमाडौंः दुई सचिवालय सदस्यहरू विदेशमा रहेका बेला  नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज (बुधबार बस्दैछ। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री चीन भ्रमणमा रहेका छन्। सोमबारको सचिवालय बैठकको निरन्तरता स्वरूप आज पनि बैठक बस्न लागेको ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।  सोमबारको बैठकले प्रदेशका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाका सात गाउँपालिकाका ४४ वडामध्ये २९ मा सचिवविहीन, आधारभूत सेवा नै प्रभावित

    हुम्लाका सात गाउँपालिकाका ४४ वडामध्ये २९ मा सचिवविहीन, आधारभूत सेवा नै प्रभावित

    हुम्लाः हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवविहीन छन्। सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवविहीन भएका हुन्। आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिएका वडा सचिव धर्मराज रोकायाले…

    विस्तृतमा पढ्नुस्

  • १७ महिनादेखि बन्द रुकुमको चौरजहारी विमानस्थलमा पुनः उडान सुरु हुँदै

    १७ महिनादेखि बन्द रुकुमको चौरजहारी विमानस्थलमा पुनः उडान सुरु हुँदै

    मुसिकोटः रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा सुरु हुने भएको छ। १७ महिनादेखि रोकिएको उडान सेवा बुधबारदेखि सुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए। उनका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान सुरु गर्ने बताइएको छ। हप्ताको दुई पटक काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी हवाई सेवा सुरु हुन लागेको हो। लामो…

    विस्तृतमा पढ्नुस्

  • भारतीय नागरिकलाई नागरिकता दिन खाज्ने वडाध्यक्ष र सचिवविरुद्ध उजुरी

    भारतीय नागरिकलाई नागरिकता दिन खाज्ने वडाध्यक्ष र सचिवविरुद्ध उजुरी

    सप्तरीः भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।   नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन्। पैसाको प्रलोभनमा परेर कीर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला,…

    विस्तृतमा पढ्नुस्

  • मापसे गरी सर्वसाधरण कुट्ने वडाध्यक्ष पक्राउ, सार्वजनिक अपराधमा मुद्दा दर्ता

    मापसे गरी सर्वसाधरण कुट्ने वडाध्यक्ष पक्राउ, सार्वजनिक अपराधमा मुद्दा दर्ता

    ओखलढुङ्गाः स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ। मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो। वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए। शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण…

    विस्तृतमा पढ्नुस्

  • डिआइजी सरुवाः अपराध अनुसन्धान विभागमा शाही, महानगरीय कार्यालय रानीपोखरीमा थापा

    डिआइजी सरुवाः अपराध अनुसन्धान विभागमा शाही, महानगरीय कार्यालय रानीपोखरीमा थापा

    काठमाडौँ: प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार प्रहरी नायव महानिरीक्षक (डिआइजी) सरुवा तथा पदस्थापना नामावली सार्वजनिक  गरेको छ। १७ जना डिआइजीको सरुवा तथा पदस्थापना भएको हो। एसएसपीबाट केही समय अगाडि बढुवा भएका डिआइजीहरुको सरुवा तथा पदस्थापना भएको हो। अपराध अनुसन्धान विभाग डिआइजीमा निरजबहादुर शाहीलाई ल्याइएको छ। शाही बढुवा सूचिको आठौं नम्वरमा बढुवामा परेका थिए।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा डिआइजी शैलेस थापा क्षेत्रीको सरुवा भएको…

    विस्तृतमा पढ्नुस्

  • छायाँकन सकिएसँगै 'गुप्त'को पोस्ट प्रोडक्सनको काम सुरु

    छायाँकन सकिएसँगै 'गुप्त'को पोस्ट प्रोडक्सनको काम सुरु

    काठमाडौं: फिल्म 'गुप्त'को छायाँकन सकिएको छ। पुर्वी नेपालको मोरङमा फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो। मनसुन फिल्म्;;को ब्यानरमा निर्माण भएको फिल्मको यतिखेर पोस्ट प्रोडक्सनको काम सुरु भएको छ। ‘सस्पेन्स हरर थ्रिलर’ जनरामा बनेको फिल्म मार्फत बलिउड कलाकार नाफे खानले डेब्यू गरेका छन्। फिल्ममा उनीसँगै सुष्मा कार्की, भरतराज सिंह कार्की, सन्दीप सिग्देल, अन्शु थापा, निभा अधिकारी र विश्वराज ढकालको मुख्य अभिनय छ।…

    विस्तृतमा पढ्नुस्

  • घुस लिँदालिँदै प्रहरी पक्राउ

    घुस लिँदालिँदै प्रहरी पक्राउ

    काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ। नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप गिरीमाथि लागेको छ। आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहानगरपालिका–४ कदमचोकबाट उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • साझाले ल्यायो विद्युतीय बस सञ्चालनमा, प्रधानमन्त्री ओली बस चढेर पुगे सिंहदरबार

    साझाले ल्यायो विद्युतीय बस सञ्चालनमा, प्रधानमन्त्री ओली बस चढेर पुगे सिंहदरबार

    काठमाडौँः साझा यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंक (एडीवी)को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। लुम्बिनी क्षेत्रमा चलाइने बसका औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन गरेका हुन्। उद्घाटनसँगै प्रधानमन्त्री ओली सोही बसमा कार्यालय सिंहदरबार पुगेका छन्। लुम्बिनी क्षेत्रमा पाँच वटा विद्युतीय बस चलाउने घोषणा गरेको साझाले दुईवटा बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो। अन्य तीन वटा…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा पड्काउने पटकाबारे भारतमा सर्वोच्च अदालतले गर्यो यस्तो फैसला, नेपालमा के असर पर्ला?

    तिहारमा पड्काउने पटकाबारे भारतमा सर्वोच्च अदालतले गर्यो यस्तो फैसला, नेपालमा के असर पर्ला?

    काठमाडौँ: भारतमा सर्वोच्च अदालतले दिपावलीमा पड्काउने पटका बिक्री र सर्वसाधारणले गर्ने प्रयोगका बारेमा बिभिन्न फैसला गरेको छ। अदालतको आदेश अनुसार अब अनलाईनबाट पटका बेच्न प्रतिबन्ध लगाइएको छ। अदालतले इ कमर्स पोर्टलमा पटका बेच्न नपाउने स्पष्ट आदेश दिएको छ। यसैरी सर्वोच्च अदालतले पटकाको बिक्रीमा प्रतिबन्ध नलगाएपनि बिभिन्न किसिमका सर्तहरु अघि सारेको छ। अदालतले केवल वातावरणमैत्री र सुरक्षित पटकाहरुमात्र पड्काउन भनेको छ।…

    विस्तृतमा पढ्नुस्

  • दीपिका र रणवीरपछि कपिलले गर्ने भए बिहे

    दीपिका र रणवीरपछि कपिलले गर्ने भए बिहे

    नोभेम्बर र डिसेम्बर बलिउडको  लागि विवाहको सिजन नै भएको छ। हालै अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४,१५ मा बिहे गर्ने निधो गरे। बलिउडमा उनीहरुका बिहेको चर्चा छ।  त्यस्तै अभिनेत्री प्रियांका चोपडा र निक जोनस डिसेम्बरमा बिहे गर्ने तयारीमा देखिन्छन्। अहिले भारतीय कमेडियन कपिल शर्माले पनि डिसेम्बरमा नै गर्लफ्रेन्ड गिन्नी चतरथसँग बिहे गर्ने तयारीमा रहेको हिन्दूस्तान टाइम्समा उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell