PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • श्रीमतीको दाउरा प्रहार गरी हत्या

    श्रीमतीको दाउरा प्रहार गरी हत्या

    गुल्मीः गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले गएराति श्रीमतीको हत्या गरेका छन्। मदिरा सेवन गरेका मुसिकोट नगरपालिका ७, इन्द्रेगौंडाका ३५ वर्षीय पङ्कज कुमालले सामान्य विवादमै ३० वर्षीया श्रीमती लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए। घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए।रासस

    विस्तृतमा पढ्नुस्

  • मन्त्री केशव स्थापित पनि तानिए 'मि टु मुभमेन्टमा', आरोपी लेख्छिन् 'स्थापितले अन्य महिलालाई ह्यारेस गरिरहेका छन्'

    मन्त्री केशव स्थापित पनि तानिए 'मि टु मुभमेन्टमा', आरोपी लेख्छिन् 'स्थापितले अन्य महिलालाई ह्यारेस गरिरहेका छन्'

    काठमाडौं: सामाजिक सञ्जालमा सुरु भएको #MeToo अभियानका क्रममा भारतका प्रतिष्ठित व्यक्तिहरुको नाम मुछिने क्रम जारी छ। अक्टोबर १७ मा यौन उत्पिडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा समेत दिए। बलिउडमा तहल्का मच्चाएको मि टुको समर्थनमा केही साता अघि नेपाली महिला पत्रकाहरुले पनि आफू विरुद्ध भएको यौन हिंसाका बारे बोले।  विश्वभरी फैलिदै गएको मि टु मुभमेन्टले नेपाली राजनीतिक क्षेत्रमा नि प्रवेश पाएको छ। मि टु मुभमेन्टमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • आयुष्मानको ‘बधाई हो’लाई दर्शकको साथ

     आयुष्मानको ‘बधाई हो’लाई दर्शकको साथ

    बलिउड अभिनेता आयुष्मान खुरानाले फिल्म ‘विक्की डोनर’बाट डेब्यू गरेका थिए। पहिलो फिल्मबाट नै उनको अभिनयलाई दर्शकले रुचाइदिए। त्यसपछि उनले लगातार फिल्महरु गर्न थाले। हालै उनी अभिनित फिल्म ‘बधाई हो’ प्रदर्शनमा आयो। यसअघि उनी अभिनित ‘अन्धाधुन’लाई समिक्षात्मक रुपले रुचाइएको थियो। तर उनको फिल्म करियरको टर्निङ पोइन्ट बन्यो फिल्म ‘दम लगाके हैसा’। फिल्मलाई व्यवसायिक र समिक्षात्मक रुपले रुचाइएको थियो। उनी अभिनित ‘बरेली…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत, एक जनाको पहिचान खुलेन

    नवलपरासीमा बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत, एक जनाको पहिचान खुलेन

    काठमाडौं: पूर्व नवलपरासीको मध्यविन्दु  नगरपालिका ११ दाउन्नेस्थित अरुण खोला नजिकै आज बिहान बस दुर्घटना मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा जिल्ला मोरङ सुन्दरहरैचा १२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी ६ बस्ने २७ वर्षीय रामजीत राई, गुल्मी हस्तचौर गाउँपालिका २ बस्ने ३५ वर्षीय तिलक विष्ट, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल…

    विस्तृतमा पढ्नुस्

  • बाँदर धपाउन पड्काएको गोली लागि गोठाला गएका एक युवकको मृत्यु

    बाँदर धपाउन पड्काएको गोली लागि गोठाला गएका एक युवकको मृत्यु

    हुम्लाः बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका २ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ। सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि स्वास्थ्य चौकी रिपतर्फ लैजाने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

    दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

    बाजुराः बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन्। दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन्। हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दशैँमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा बस दुर्घटनाः ६ जनाको मृत्यु, २७ घाइते

    नवलपरासीमा बस दुर्घटनाः ६ जनाको मृत्यु, २७ घाइते

    काठमाडौं: पूर्व नवलपरासीको मध्यविन्दु  नगरपालिका ११ दाउन्नेस्थित अरुण खोला नजिकै आज बिहान बस दुर्घटना भएको छ। धरानबाट भैरहवा जाँदै गरेको  लु १ ख ८४५४ नम्वरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी रमेश थापाले जानकारी दिए। पाँच जनाको घटनास्थलमा  र एक जनाको उपचारको क्रममा मृत्यु भएको एसपी थापाले बताए। २७ जना घाइतेलाई पुरानो मेडिकल कलेज भरतपुर  उपचारको…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुरको आकाशमा उड्ने ट्याक्सीको परीक्षण हुने

    सिंगापुरको आकाशमा उड्ने ट्याक्सीको परीक्षण हुने

    सिंगापुर : सन् २०१९ को मध्यतिर सिंगापुरमा पहिलो पटक उड्ने ट्याक्सी (एयर ट्याक्सी) को परीक्षण हुने भएको छ।  जर्मनी कम्पनी भोलोकप्टरले उक्त परीक्षण गर्न लागेको हो। कम्पनीले पेरिसमा भएको 'अटोनमी एन्ड डी अर्बन मोबिलिटी सम्मित'मा उक्त परीक्षणको घोषणा गरेको हो। परीक्षणका क्रममा 'भोलोकप्टर' नाम दिइएको बिजुलीको सहायताबाट चल्ने एयरक्राफ्ट सिंगापुर जस्तो आधुनिक शहरको वातावरणमा चल्न सक्छ कि सक्दैन भनेर अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा सुनसान हुने काठमाडौंमा कसरी थुप्रिए झन्डै आधा करोड मान्छे?

    दशैंमा सुनसान हुने काठमाडौंमा कसरी थुप्रिए झन्डै आधा करोड मान्छे?

    इ. किशोर थापा - काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसको संख्या ४० लाखमाथि पुगिसकेको छ। अझ केही अनौपचारिक अध्ययनले यो संख्या ५० लाख नजिक रहेको अनुमान गरेको छ। तर, यतिबेला उपत्यकाका सडक, बजार, बस्ती खालीजस्तै प्रतित हुन्छ।  केही दशकयता हरेक वर्ष दशैं-तिहारलगायतका ठूला चाड नजिकिँदै गएपछि काठमाडौं सुनसानजस्तै बन्दै जाने हामी प्रष्ट महसुस गर्दै आएका छौं। दशैंको फूलपातीदेखि टीकाको दिनसम्म पुग्दा…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा फिल्मकर्मीको दशैँ टीका

    फोटोमा फिल्मकर्मीको दशैँ टीका

    काठमाडौं: दशैँ पर्वले नेपाली कलाकारहरुलाई पनि मजाले छोयो। टीकाटालो गरे लगतै धेरै कलाकारले परिवार र आफन्तसँगको रमाइलो गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याए। त्यस्तै केहीले भने टीका लगाउन नपाउनुको दु:ख समेत सामाजिक सञ्जालबाट नै व्यक्त गरे। अभिनेत्री केकी अधिकारीले हजुरबुवाको निधनका कारण यो वर्ष टीका लगाइनन्। उनले हजुरबुवासँगको सेल्फी पोस्ट गर्दै उनको आशिर्वाद सधैं आफूसँग रहने लेखेकी छिन्। हाँस्य कलाकार सिताराम कट्टेलले…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा नक्कली नोटको विगविगी, चावहिलमा २९ हजार रुपैयाँको नक्कली नोट सहित समातिए दुई युवक

    दशैंमा नक्कली नोटको विगविगी, चावहिलमा २९ हजार रुपैयाँको नक्कली नोट सहित समातिए दुई युवक

    काठमाडौँ : प्रहरीले नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रवार पक्राउ गरेको हो। उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ।  उनीहरुको साथबाट प्रहरीले १ हजार दरका २९ वटा…

    विस्तृतमा पढ्नुस्

  • ८ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ, अटोरिक्सा चलाइरहेको अवस्थमा भेटिए

    ८ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ, अटोरिक्सा चलाइरहेको अवस्थमा भेटिए

    काठमाडौँ : दुई महिना अगाडि ८ महिने बालिका चोरीपछि  हत्या गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। मुख्य अभियुक्त भरतकुमार शाहलाई सुनसरीको भण्टावारीबाट पक्राउ गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी इश्वर कार्कीले बताए। महोत्तरी औरही नगरपालिका १ का सन्तोष चौधरीकी छोरी घरबाट हराएकी थिइन्। बालिका हराएको प्रहरीमा जानकारी आएसँगै खोजीमा लागेको प्रहरीले बालिका मृत अवस्थामा फेला परेको थियो। प्रहरीले दुई महिनापछि…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षअघि सामाखुसीमा हत्या गरी फरार हमाल पक्राउ

    १४ वर्षअघि सामाखुसीमा हत्या गरी फरार हमाल पक्राउ

    काठमाडौः हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बागलुङ देविस्थान गाविस वडा नम्बर २ घर भएका ३७ वर्षीय हिक्मत हमाललाई पक्राउ गरेको हो। हमाललाई लुकीछिपी बसेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। हमालले २०६१ माघ ११ गते साँझ ८ बजे चितवन कठार गाविस वडा नम्बर ४ घर…

    विस्तृतमा पढ्नुस्

  • स्वेता पण्डितपछि अनु मलिकमाथि #मिटू अभियानमा अरु पनि उत्रिए

    स्वेता पण्डितपछि अनु मलिकमाथि #मिटू अभियानमा अरु पनि उत्रिए

    बलिउडमा #मिटू मुभमेन्टले धेरैलाई तानिरहेको छ। चर्चित संगीतकार अनु मलिकविरुद्ध गायिका स्वेता पण्डितले सेक्सुअल ह्यारस्मेन्टको आरोप लगाएपछि अरु पनि अनु मलिक विरुद्ध खनिन थालेका छन्।  किशोरावस्थामा नै मलिकले गरेको यौन दुर्व्यवहारको विषयलाई उनले खुलासा गरेकी हुन्। त्यसपछि एक अर्की महिलाले अन्नु मलिकले आफ्नो ढाडमा सुमसुम्याएको भन्दै आलोचना गरिन्। उनले ९० को दशकको विषय उठान गरेकी हुन्।  एक अर्की महिलाले पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरीक्षक खनालले लगाइदिए प्रहरीलाई टीका, एआइजी कार्कीदेखि बस्न्यातसम्म टीका थाप्न पुगे

    प्रहरी महानिरीक्षक खनालले लगाइदिए प्रहरीलाई टीका, एआइजी कार्कीदेखि बस्न्यातसम्म टीका थाप्न पुगे

    काठमाडौँः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अधिकृतदेखि जवानसम्मलाई विजयादशमीको टीका लगाइदिएका छन्।  प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा प्रहरी जवानहरू, पूर्व प्रहरी कर्मचारीहरू एवम् प्रहरी परिवारलाई टीका लगाइदिएका छन्। शनिवार बिहान उपस्थित प्रहरी अधिकृतहरूलाई महानिरीक्षक खनालले टीका लगाएका हुन्।  प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्कर कार्की र धिरु बस्न्यातले समेत समेतले महानिरीक्षक खनालको हातबाट टीका…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरका सल्लाह: दशैंमा कुन रोगीले के खाने, के नखाने?

    डाक्टरका सल्लाह: दशैंमा कुन रोगीले के खाने, के नखाने?

    काठमाडौंः अव्यवस्थित जीवनशैलीको कारण कुनै न कुनै रोगबाट पीडित भएपछि औषधि खाइराख्नु बाध्यता हो। त्यसमाथि खानेकुरा बार्नुपर्दा धेरै मानिसहरूको दशैँ खल्लो हुन सक्छ।  तर सबै रोगीले सबै कुरा बार्नुपर्छ भन्ने हैन। कुन रोगीहरूले के खानु हुन्न त? मटुरोग विशेषज्ञ डाक्टर यादव भट्टको अनुसार मुटुरोगीहरुले चिल्लो पदार्थ धेरै खानुहुन्। माछा मासु र घिउ नौनी जस्ता चिल्लोपदार्थबाट टाढै रहनुपर्छ। धूमपान, मदिरा र…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार मैनालीका १४ वर्षीय छोरा टिकाको दिनदेखि बेपत्ता

    पत्रकार मैनालीका १४ वर्षीय छोरा टिकाको दिनदेखि बेपत्ता

    काभ्रेपलाञ्चोकः पाँचखाल नगरपालिका ६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन्। सम्राट बिहान ढङुगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए। स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक ‍मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन।” सम्राट…

    विस्तृतमा पढ्नुस्

  • टिकाको दिन खुकुरी प्रहार गरी युवकको हत्या

    टिकाको दिन खुकुरी प्रहार गरी युवकको हत्या

    उर्लाबारीः मोरङको पथरीशनिश्चरे ८ स्थित शुक्रबार  राति एक युवकको हत्या गरिएको छ। गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए। हत्या गर्ने…

    विस्तृतमा पढ्नुस्

  • नाम्दुमा सविता उप्रेतीको टीका, आशिर्वाद पाइन्- अझै सन्तान थपिउन्

    नाम्दुमा सविता उप्रेतीको टीका, आशिर्वाद पाइन्- अझै सन्तान थपिउन्

    सविता उप्रेतीलाई दशैंको रौनकले निकै छोयो। अरु बेला सिनामंगलस्थित अटिस्टिक बालबालिकाको लागि खोलेको स्कूलमा व्यस्त रहन्थिन्। बिहान ९ बजेदेखि साँझसम्म उनीहरुबाट आँखा हटाउने फुर्सद नै हुँदैन। २ साता दशैंको छुट्टी छ। त्यसैले घटस्थापनाको भोलीपल्टै गाउँ, दोलखाको नाम्दु लागिन्। 'काठमाडौंभित्र केही ठाउँ घुमेर घर आएँ। यही दशैंमा हो घुमेपनि, आराम गरेपनि', उनी खुशी व्यक्त गर्छिन्। नाम्दुमा हुर्किएकी उनका लागि आजभोली गाउँ बिरानो…

    विस्तृतमा पढ्नुस्

  • आज पनि टीका ग्रहण गर्ने क्रम जारी, राजधानीमा चहलपहल बढ्दै

    आज पनि टीका ग्रहण गर्ने क्रम जारी, राजधानीमा चहलपहल बढ्दै

    काठमाडौं : नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी।  आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। हिजो विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्।  विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell