भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर सहरमा दशहराको पर्वमा रावणको पुत्ला जलाउन भेला भइरहेकाहरुमा रेल कुद्दा कम्तिमा ६० जनाको ज्यान गएको बीबीसीले जनाएको छ। रेलको लिक नजिकै भेला भएका मानिसहरूले भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्। स्थानीय पत्रकार रविंदर सिंह रॉबिनका अनुसार साँझको करिब साढे ६ बजे भएको यो घटना भएको थियो। करिब सात हजार जना त्यो रावण…
राजु आचार्य - पोखरा : 'यो चामल हो?' कहिले पनि चामलको टीका नलगाएका 'झू'ले नेपालीलाई सोधेl उनले थपे 'यो चामलमा के-के मिसाएको छ? सँगै बसेका छेन्जुइन् हाँसिरहेl उनीहरू हाँस्दा ढाका टोपी खस्छ कि झैँ गरी टाउको नहल्लाई हाँसिरहेका थिए l कानमा जमरा राख्दा १५ जना चिनियाँ खुसी देखिन्थे l टीका, जमरा, ढाकाटोपी मात्र होइन, उनीहरूले दक्षिणा समेत पाए l…
काठमाडौँ : आफन्तजन सबै एक ठाउँमा जम्मा भएर मिठो परिकारको स्वाद लिँदै मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद लिएर मनाइने दशैँ पर्वको छुट्टै महत्व छ। दशैँ हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय क्रान्तिकारी नेताहरुलेसमेत सांस्कृतिक रुपमा अर्थ्याउँदै मनाउन थालेका छन्। कुन राजनीतिक दलका नेताहरु कसरी दशैँ मनाउँदै छन्? केपी शर्मा ओली प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले…
२०५९ सालमा कलाकार सरिता गिरीले भर्खरै एसएलसी दिएकी थिइन्। स्कूलको पढाई सकिएपछि उनका सबै साथीहरु होस्टलबाट घर फर्किए। उनी भने घरमा भएको सर सामान पोको पन्तरो बनाएर लागिन् आरोहण गुरुकुलको आवासमा। घर नयाँ बानेश्वरमा, आरोहण गुरुकुल पुरानो बानेश्वरमा- दुरी उस्तो धेरै थिएन तर पनि उनी सातामा एकपटक मात्र घर पुग्थिन्। छोरी घरमा नबस्नुका कारण सरिताकी आमा यसैपनि निराश थिइन्, झन्…
काठमाडौँः आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ। दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मीठो खाने, राम्रो…
काठमाडौँ : शुक्रबारको विजया दशमीमा बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। त्यसैगरी देवीको प्रसाद विजया दशमीको टीका लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको समितिले बताएको छ। दशैँ अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन साइत आवश्यक नहुने समितिको कथन छ। दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक यही दिन विसर्जन…
नेपाली फिल्मकर्मी दशैंको रमझममा छन्। उता बलिउडमा पनि दशहराको रौनकले छोइसकेको छ। दशहराभन्दा बढी अरु केहिको हल्ला छ भने त्यो हो – मि टु मुभमेन्ट। आलोकलाई टिभी सिरियल ‘तारा’को निर्देशक विनिता नन्दाले १९ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, आलोकले बलात्कार भएको हुन सक्ने तर आफुलाई त्यसबारे थाहा नभएको भन्दै व्यङ्गात्मक जवाफ दिए। उनले मानहानिको मुद्दा लगाउँदै लिखित माफी माग्नुपर्ने माग राखे।…
क्रिकेटमा रनआउट हुनु नौलो कुरा हैन। तर यस्तो अनौठो र स्टुपिड रन आउट भने शायदै कसैले देखेका थिए। अबु धाबीमा भइरहेको टेस्ट म्याचका क्रममा पाकिस्तानका ब्याट्सम्यान अजहर अली अनौठो किसिमले रनआउट भएका हुन्। पाकिस्तानको दोस्रो पारीको ५३ औँ ओभर चलिरहँदाको यो दृश्यले दर्शकहरु पनि छक्क परे- यसरी पनि रनआउट भइँदो रहेछ। खासमा अजहर अलीले अस्ट्रेलियाली बलर पिटर सिडलको बलमा अफसाइड…
गोरखाः अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ। सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ। यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय…
काठमाडौं : ‘सान्नानी तिमीलाई हिर्कौंला लौरीले ठ्याक्क ठ्याक्क...’ बोलको गीतले गायक बाबु बोगटीलाई चर्चामा ल्यायो। उनी हिजोआज स्टेज कार्यक्रममा व्यस्त छन्। स्टेज प्रस्तुती दिन उनी देश विदेश घुम्ने गर्छन्। उनी गायनसँगै फिल्मका अभिनेतासमेत हुन्। उनी अभिनित फिल्म ‘देश खोज्दै जाँदा’ले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइरहेको छ। फिल्म ‘बाटोमुनिको फूल’ले उनलाई अभिनेताको रुपमा चिनाएको हो। उनको पछिल्लो फिल्म ‘अमेरिकन बाबु मेड इन…
राजकुमार पराजुली काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन्। सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ। केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ। यसमध्ये १४५ जना फेला परेका छैनन्। आर्थिक वर्ष २०७२\०७३ देखि यही…
सप्तरीः दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा ३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। हनुमाननगर कंकालिनी नगरपालिका१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए। बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालि मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मीमात्र हैन, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पनि टीका लगाइदिने भएका छन्। राजतन्त्र हुँदा राजा र रानीले मात्र टीका लगाइदिने प्रचलन थियो। गणतन्त्र आएपछि राष्ट्रपतिले पनि टीका लगाइदिने चलन सुरु गरिएको थियो। यो वर्ष भने पहिलो पटक प्रधानमन्त्रीले विजयादशमीको दिन मात्र हैन, चतुर्दशीसम्मै टीका लगाइदिन लागेका हुन्। विजया दशमीको दिन साढे…
काठमाडौं : स्वयम्भू नजिकैको ठूलो भर्याङमा आज बिहान ५:४५ बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा २९ प ३७०७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भई हाल सानो भर्याङ बस्ने वर्ष ५५ का वीरबहादुर तामाङलाई ठक्कर दिएको थियो। उनको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल कलंकीमा बिहान ६:१० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी…
काठमाडौँ : हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। लामो लाइन बसेर उनीहरु मन्दिर दर्शनमा जाँदैछन्। तथ्य १ : वर्षमा एक दिनमात्र तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र दर्शनार्थीका लागि खुला गरिन्छ। तथ्य २ : अरु दिन नित्य पूजा तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य…
प्रकाश अधिकारी सुर्खेतः यहाँका बाढीपीडितका शिविरमा दशैँको कुनै उल्लास छैन। विस्थापित चार वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन्। गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरुको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए। अधिकासं विस्थापितले जमरा राख्न ठाउँ पाएनन् र्। “जमरा राख्ने ठाउँ छैन, पालमुनि कता सुत्नु, कस्ता भान्सा बनाउनू ?” उनले भने, “जब बाढीले बिल्लीबाठ पा¥यो त्यति बेलैदेखि हामीले चाडपर्व…
काठमाडौँ: आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ। आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ। घटस्थापनाका…
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार राजधानीस्थित नवदुर्गा भवानीका शक्तिपीठहरुको दर्शन गरेका छन्। थाइल्यान्ड, श्रीलंका र मुम्बईको भ्रमणबाट हिजोमात्रै फर्किएका पूर्वराजाले राजधानीका नक्साल भगवती, गुह्येश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, संकटा, शोभाभगवती लगायतका नवदुर्गा भवानीको शक्तिपीठ पुगी दर्शन एवं पूजाआजा गरेका हुन्। पूर्वरानी कोमल भने पूर्वराजासँग पूजाआजामा सहभागी भइनन्। गणतन्त्र आउनुअघि पूर्वराजा र पूर्वरानी दुवै पूजाआजामा सहभागी हुने गर्थे। पूर्वराजा दर्शनका लागि मन्दिर पुग्दा…
काठमाडौँ : टोखा नगरपालिका-५ बसुन्धरास्थित कल्कीनारायण मन्दिरबाट चोरी भएका कल्कीनारायण र पदमावतीको घोडामाथि सवार मूर्ति तथा अन्य सामान फेला परेको छ। सामानसहित टोखा नगरपालिका-५ धापासी हाइट डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ का २२ वर्षीय सुबे परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। उक्त मन्दिरबाट घटनास्थापनाको भोलिपल्ट असोज २५ गते राति मूर्ति समेतका सामान चोरी भएपछि खोजी गर्ने क्रममा परियारको कोठामा लुकाई राखेको अवस्थामा…
यतिबेला हामी दशैं मनाइरहेका छौँ। अहिले सबैको घरमा खानपानको 'रुटिन' मेनु पनि फेरिएको छ। खानपानको 'डोज' पनि फेरिएको छ। त्यसैले सचेत नभए खानपानकै कारण मानिसहरु बिरामी पर्न सक्छन्। दशैंको बेला के खाने त? कसरी खाने त? एक पटक सबैले सोच्नुपर्छ। स्वास्थ्यलाई ख्याल राख्दै खानुपर्छ। सुत्केरी महिलाले के खाने, कसरी खाने त ? सुत्केरी अवस्थामा पोषणयुक्त खाना खानुपर्छ, यो आमधारणा हो।…