PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

  • चितवनको कुरिनटारमा भ्यानलाई ट्याङ्करले ठक्कर दिँदा तीन जनाको मृत्यु

    चितवनको कुरिनटारमा भ्यानलाई ट्याङ्करले ठक्कर दिँदा तीन जनाको मृत्यु

    काठमाडौः चितवनको कुरिनटारमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  रोकिराखेको भ्यानलाई दूध बोकेको ट्याङ्करले ठक्कर दिँदा भ्यानमा रहेका दुई जनाको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी  सुशीलसिंह राठौडका अनुसार दुर्घटनामा परी चार जना घाइते भएको र उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।  बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • ९० मिनेट यु्टयुब अचानक बन्द हुँदा ट्वीटरमा हंगामा

    ९० मिनेट यु्टयुब अचानक बन्द हुँदा ट्वीटरमा हंगामा

    बुधबार बिहानै  युट्युब अचानक बन्द भयो। युट्युब प्रयोगकर्ताहरुले उक्त साइटमा प्रवेश गर्न खोज्दा भिडियो देखाउने स्थानहरु खाली देखिन्थे। कुनै भिडियो प्ले गर्न कोशिश गरेको खण्डमा 'केही त्रुटि भयो। पुन: प्रयास गर्नु होला' सूचना देखाइएको थियो। युट्युब प्रयोगकर्ता एवम् युट्युबमा सामाग्रीहरु निर्माण गर्नेहरुले युट्युब बन्द भएको बारे आफ्नो रिस एवम् अनभिज्ञता पोख्न सामाजिक संजालको सहायता लिए।  अधिकांश युट्युव प्रयोगकर्ताहरुले ट्वीटर मार्फत आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • दशैं सुरक्षित बनाउन प्रहरीका १० टिप्स

    दशैं सुरक्षित बनाउन प्रहरीका १० टिप्स

    काठमाडौं : चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरिसकेको छ। राजधानीमा मात्र अहिले ३ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन भएका छन्। त्यस्तै एक सय भन्दा बढी सिभिल प्रहरी परिचालित छन्। तर, पनि राजधानीमा फाटफुट चोरी, लुटपाटका घटना भने भइ नै रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले दश दिनको अवधिमा करिब २ सय जना चोरी गर्नेहरुलाई पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • 'मि टु मुभमेन्ट'को पक्षमा सुस्मिता सेन पनि

    'मि टु मुभमेन्ट'को पक्षमा सुस्मिता सेन पनि

    मि टु मुभमेन्टले बलिउडमा तहल्का नै मच्चाएको छ। अभिनेत्रीहरु दिनप्रतिदिन आफूमाथि भएको सेक्सुअल ह्यारेसमेन्टका विषयमा खुल्न थालेका छन्। ह्यारेसमेन्टका विषयमा बोल्ने अभिनेत्री तनुश्री दत्तलाई प्रियांका चोपडादेखि फरान अख्तरले पनि साथ दिए। हालै अभिनेत्री सुस्मिता सेनले पनि यस मुभमेन्टबारे बोलेकी छिन्। मुभमेन्टले बलिउड भित्र ह्यारेसमेन्ट गर्ने राक्षसका विरुद्धमा बोल्ने हौसला दिएको उनले जनाइन्। उनी मुभमेन्टसँग खुसी पनि छिन्। फिल्मीबिटलाई उनले भनेकी छिन् ‘कोहि एकजनाले…

    विस्तृतमा पढ्नुस्

  • बुद्धि तामाङलाई आफ्नो कारण दर्शक मोनोटोनस हुने डर

    बुद्धि तामाङलाई आफ्नो कारण दर्शक मोनोटोनस हुने डर

    काठमाडौं : गत वर्ष मात्र बुद्धि तामाङ अभिनित १५ फिल्म प्रदर्शनमा आए। त्यसैले २०७५ उनको अहिल्यसम्मकै अत्याधिक फिल्म गरेको वर्ष ठहरियो। यो वर्ष सार्वजनिक अधिकांश फिल्महरुमा पनि उनी देखिएका छन्। यो दशैंमा पनि उनी अभिनित दुई फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ प्रदर्शनरत् छन्। पछिल्लोपटक उनी अभिनित दुईभन्दा बढी फिल्म एकैदिन प्रदर्शनमा आए। उनको थेगो ‘हैट’ चर्चित छ।  चरित्र अभिनेताको रुपमा उनलाई निर्माता निर्देशकले रुचाउँछन्। यसबारे भने, ‘म इमान्दारी पूर्वक काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • १५ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ

    १५ वर्षदेखि फरार दुई अभियुक्त पक्राउ

    गौशालाः लागुऔषध गाँजा कारोबार मुद्दामा  फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकडारा गाउँपालिका ३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।  क्राउ परेका साह २०५७ कात्तिक ४ गतेका दिन आफ्नै घरमा १०१ किलो प्रतिबन्धित लागुऔषध गाँजा…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि प्रहरीको निशुल्क बस संचालन, यी तीन रुटमा गुड्नेछन् प्रहरीका बस

    आजदेखि प्रहरीको निशुल्क बस संचालन, यी तीन रुटमा गुड्नेछन् प्रहरीका बस

    काठमाडौंः दशैंमा राजधानीमा गाडीहरुको अभाव नहोस् भन्ने उद्देश्यले  नेपाल प्रहरीले आज देखी निशुल्क बस सेवा संचालन गरेको छ। प्रहरीले अष्टमी, नवमी र दशमीका दिन निशुल्क बस चलाउने भएको हो। प्रहरीले बस संचालनकालागि उपत्यकाभित्रका ३ वटा रुट छुट्याएको छ। प्रहरीले सार्वजनिक गरेको अनुसार एउटा रुट कलंकीदेखि एकान्तकुना,पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्क सम्म चल्नेछ।  रत्नपार्कदेखि त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा…

    विस्तृतमा पढ्नुस्

  • आज बडादशैंको आठौं दिनः देशभर महाअष्टमी पर्व मनाइदै

    आज बडादशैंको आठौं दिनः देशभर महाअष्टमी पर्व मनाइदै

    काठमाडौः बडादशैंको आज आठौ दिन महाअष्टमी। हर्षोल्लासपुर्वक शक्ति स्वरुपा माता महागौरी पुजा आराधना गर्दै मनाइँदैछ।  आश्विन शुक्ल प्रतिपदाका दिन पुजाकोठा दशैघर वैदिक विधिपुर्वक नवदुर्गा भवानीको आव्हान गरि घटस्थापना गरिएको स्थानमा आज भक्तीपुर्वक विशेष पुजाआजा गरिन्छ। महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजा गरिन्छ। आज घर–घरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई सफा गरी महादेवी…

    विस्तृतमा पढ्नुस्

  • १६ फोटोमा हेर्नुस् टुँडिखेलमा फूलपाती बढाइँ

    १६ फोटोमा हेर्नुस् टुँडिखेलमा फूलपाती बढाइँ

    काठमाडौँ : बडादशैँको सातौँ दिनसैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए । सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास्टसहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।  समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष , उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत…

    विस्तृतमा पढ्नुस्

  • मुटु रोगी र डायबिटिज भएकालाई दशैँमा विकल्प : माछा र माछाको तेल

    मुटु रोगी र डायबिटिज भएकालाई दशैँमा विकल्प : माछा र माछाको तेल

    चिकित्सकहरु भन्छन्, 'मुटु रोगी र डायबिटिज भएकाहरुलाई मासु बिष समान हो। खाने कुरामा प्रयोग गर्नै तेल त्यस्तै घातक।' तर, दशैको बेला चिल्लो मासु नखाने भन्ने हुँदैन। प्राय सबैको भान्सामा मासु पाकेको हुन्छ। 'मुटु रोगीले के खाने त ?' चिकित्सकहरु भन्छन्, 'मासुको विकल्प छ। तेलको पनि।' मुटुको समस्या भोगेका र डाइबेटिज लागेका व्यक्तिहरुले 'फिस ओइल'को प्रयोग गरे 'हर्ट एट्याक' र 'स्ट्रोक'बाट…

    विस्तृतमा पढ्नुस्

  • ग्यास्ट्राइटिसका बिरामीले दशैँमा के खाने  के नखाने ?

    ग्यास्ट्राइटिसका बिरामीले दशैँमा के खाने  के नखाने ?

    डा. सुरेश क्षेत्री - नेपालीलाई राम्रैसँग दशैं लागिसकेको छ। मिलेसम्म घरमै खसी काट्ने नभए छिमेकसँग मिल्ने या बजारबाट मासु ल्याएर पकाउने परम्परा नै हो। रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं मासुबिना टार्न हत्तपत्त नेपालीको मन मान्दैन। तर, रोग पालेर बसेकाहरुको लागि थोरै सावधानी नअपनाए दशैं दशा बन्न सक्छ। मुटु रोगीको लागि मात्र हैन सामान्य ग्यास्ट्राइटिस लागि धेरै मासु…

    विस्तृतमा पढ्नुस्

  • ७ करोड डलरभन्दा बढी ड्रग्ससहित थाइल्यान्डमा १३ जना समातिए, ड्रग्स कारोबारीको अर्को समूहले दिएको थियो सूचना

    ७ करोड डलरभन्दा बढी ड्रग्ससहित थाइल्यान्डमा १३ जना समातिए, ड्रग्स कारोबारीको अर्को समूहले दिएको थियो सूचना

    बैंकक : थाइल्यान्डको उत्तरी क्षेत्रमा पर्ने चियाङ राइ प्रान्तबाट प्रहरीले ठूलो संख्यामा लागू औषध नियन्त्रणमा लिएको छ। म्यान्मारसँग सीमा जोडिएको सो क्षेत्रबाट २ करोड २० लाख भन्दा धेरै 'मेथामफेटामाइन' नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  यस्तै प्रहरीले शनिवार एक करोड २२ लाखको संख्यामा 'यावा' वा 'क्रेजी ड्रग' नाम गरेको लागू औषध पनि बरामद गरेको जनाएको छ। ती लागू औषधीहरुको मूल्य करिब…

    विस्तृतमा पढ्नुस्

  • विनिता विरुद्ध मानहानीको मुद्दा लगाउँदै क्षतिपूर्तिमा आलोकले मागे भारतीय १ रुपैयाँ

    विनिता विरुद्ध मानहानीको मुद्दा लगाउँदै क्षतिपूर्तिमा आलोकले मागे भारतीय १ रुपैयाँ

    केही समयअघि अभिनेता नाना पाटेकरलाई तनुश्री दत्तले सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाइन्। उनले प्रहरीमा नाना विरुद्ध उजुरी समेत गरेकी छिन्। तनुश्रीले मि टु मुभमेन्टमा सहभागी हुँदै पाटेकर विरुद्ध बोल्न थालेपछि बलिउडको माहोल नै परिवर्तन भएको छ। अन्य अभिनेत्रीले पनि यस विषयमा बोल्न थालेका छन्। अहिलेसम्म  फिल्मकर्मी  सुवास घइ, साजिद खान, करिम मोरानी, आलोक नाथ गायक कैलाश खैरलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागिसकेको छ। सबैले…

    विस्तृतमा पढ्नुस्

  • 'जय भोले' चल्दा 'छक्का पञ्जा ३'को सो घट्यो

    'जय भोले' चल्दा 'छक्का पञ्जा ३'को सो घट्यो

    काठमाडौं :  अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ फुलपातीदेखि प्रदर्शनमा आएको छ। १२ वर्षपछि अशोकले यसै फिल्म मार्फत कमब्याक गरेका हुन्। फिल्म ‘छक्का पञ्जा ३’सँगै प्रदर्शनमा आउने कुरा थियो। तर पछि दुई पक्षले आपसी समझदारीमा फिल्मको प्रदर्शन मिति जुधाएनन्। ‘छक्का पञ्जा ३’ ले घटस्थापनवको दिन रोज्यो अनि यो फिल्मले फूलपाती। फिल्ममा स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्दी तामाङको…

    विस्तृतमा पढ्नुस्

  • चोरी नियन्त्रणमा प्रहरीको एक्सन, १ सय १८ चोर प्रहरी हिरासतमा

    चोरी नियन्त्रणमा प्रहरीको एक्सन, १ सय १८ चोर प्रहरी हिरासतमा

    काठमाडौंः करिव दश दिनको अवधिमा प्रहरीले राजधानीबाट मात्र चोरी गर्ने १ सय १८ जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोली लगायले चोरी गर्दै गर्दा,चोरी गरेर भाग्दै गर्दा र लुकिछिपि वसेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले बताए। एसएसपी लामाले भने,' पछिल्लो समय चोरी गरिरहेको अवस्थामा नै पक्राउ पर्ने गरेका छन्। सिभिल प्रहरीको सक्रियताले रंगेहात पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र रामचन्द्रले टीका नलगाउने, प्रमुख दलका कुन नेताले कसरी मनाउँदैछन् दशैँ?

    प्रचण्ड र रामचन्द्रले टीका नलगाउने, प्रमुख दलका कुन नेताले कसरी मनाउँदैछन् दशैँ?

    काठमाडौँ : आफन्तजन सबै एक ठाउँमा जम्मा भएर मिठो परिकारको स्वाद लिँदै मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद लिएर मनाइने दशैँ पर्वको छुट्टै महत्व छ।  दशैँ हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय क्रान्तिकारी नेताहरुलेसमेत सांस्कृतिक रुपमा अर्थ्याउँदै मनाउन थालेका छन्।  कुन राजनीतिक दलका नेताहरु कसरी दशैँ मनाउँदै छन्?  केपी शर्मा ओली प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले…

    विस्तृतमा पढ्नुस्

  • आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

    आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

    काठमाडौँ : बडा दशैको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ।  घटस्थापनाका देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ। नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्णलगायत प्रमुख ट्रेकिङ रुटको प्रवेश शुल्कमा ५ सय प्रतिशतसम्म वृद्धि, पूर्व जानकारी नै नदिई एक्कासी शुल्क बढाइएकोमा आपत्ति

    अन्नपूर्णलगायत प्रमुख ट्रेकिङ रुटको प्रवेश शुल्कमा ५ सय प्रतिशतसम्म वृद्धि, पूर्व जानकारी नै नदिई एक्कासी शुल्क बढाइएकोमा आपत्ति

    काठमाडौँ : ट्रेकिङको हाइ सिजन सुरु हुँदै गर्दा सरकारले प्रमुख ट्रेकिङ रुट र राष्ट्रिय निकुञ्जहरुको प्रवेश शुल्कमा भारी वृद्धि गरेको छ।  सोमबार (असोज २९ गते) राजपत्रमा सूचना प्रकाशित गर्दै शुल्क बढाइएको हो। बढेको दर अनुसार शुल्क लिन आजकै मितिमा मातहतका कार्यालयहरु र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लगायतलाई पत्राचार गरिएको छ।   विदेशी पर्यटकहरुको प्रमुख रोजाइमा पर्ने अन्नपूर्ण, गौरीशंकर र मनास्लु…

    विस्तृतमा पढ्नुस्

  • राजकुमारी मेघान गर्भवती भएको बेलायती राजदरबारको घोषणा

    राजकुमारी मेघान गर्भवती भएको बेलायती राजदरबारको घोषणा

    लण्डन : बेलायती राजदरबारले राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ।   राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को वर्षको वसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो।   “राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सिङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ।   ३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया अमेरिकी पूर्वअभिनेत्री मेघानबीच…

    विस्तृतमा पढ्नुस्

  • घर र डेरा निर्धक्क नछोड्न प्रहरीको सुझाव, प्रहरीलाई जानकारी गराए निगरानी हुने

    घर र डेरा निर्धक्क नछोड्न प्रहरीको सुझाव, प्रहरीलाई जानकारी गराए निगरानी हुने

    काठमाडौं : दशैंको समयमा राजधानी सुनसान बन्ने गर्छ। दशैं मनाउन आफ्नै थातथलो फर्कने क्रम जारी छ। उपत्यका बाहिरिने नाकाहरुबाट दैनिक १ लाख मानिसले उपत्यका छोड्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ।  दशैंको घटस्थापनादेखि टिकासम्म करिब २५ लाख मानिसले राजधानी छोड्ने प्रहरीको अनुमान छ। गाउँठाउँ फर्किने हुँदा राजधानीका घर तथा डेरा खाली हुन्छ। खाली घर र डेरा भएको मौका छोपी चोरी हुने सम्भवना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell