काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले ४४१ जनाको केन्द्रीय समितिकाे नामावली सार्वजनिक गरेको छ। अाज दिउँसाे पार्टीले विज्ञप्ति जारी गर्दै नामावली सार्वजनिक गरेकाे हाे। यी हुन् नेकपाका ४४१ केन्द्रीय समिति
काठमाडौं: भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ। नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आएका थिए। नेपालले सो कार्यालय हटाउन पटक…
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थलमा बढ्दो चाप व्यवस्थापनका लागि दैनिक १८ घण्टाबाट २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो। तीन घण्टा थप विमानस्थल सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेका छन्। तीन घण्टा समय थप भएपछि अब बिहान ६ बजेदेखि अब अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालनमा आउनेछ। अहिले बिहान…
काठमाडौँ: फिल्म 'रणबीर'का अभिनेता सुशील पोख्रेल र अभिनेत्री शुभेच्छा खड्का र्याम्पमा उत्रिएका छन्। आर आर ग्रुपले आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन सो'मा उनीहरू सो स्टपरका रूपमा उत्रिएका हुन्। उनीहरू गर्मीका पहिरनमा सजिएका थिए। फिल्मको एउटा गीतमा कलाकारले नृत्य पनि प्रस्तुत गरे। रणबीरकी निर्मात्री गोमा विष्ट र निर्माता दीपेन्द्र रेग्मी मञ्चमा उत्रिए। धिमे बाजासहित सुरु भएको सोको सुरुवातमा…
काठमाडौँः राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना गलत भएको ग्रान्डी अस्पतालले जनाएको छ। केही सञ्चारमाध्यमले घिमिरेलाई ग्रान्डीको सघन उपचार कक्षमा राखिएको समाचार सम्प्रेषण गरेका थिए। ग्रान्डी अस्पतालमा मिडिया कोअर्डिनेटर विनोद अधिकारीले नियमित स्वास्थ्य परीक्षणका लागिमात्र राष्ट्रकवि घिमिरे अस्पताल आएको बताए। अधिकारीले ग्यास्ट्रिक र हाडजोर्नीको नियमित फलोअपमा आएको बताए। अधिकारीका अनुसार पछिल्लो चार वर्षयता घिमिरे चिकित्सकको नियमित परामर्शमा छन्।
काठमाडौँः सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठका नीति तथा कार्यक्रम पेस गर्नेछिन्। संघीय संरचनापछि सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस हुन लागेको पहिलोपटक हो। नीति तथा कार्यक्रम आइतबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ। नीति तथा कार्यक्रमका लागि संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको…
स्पानिस ला लिगा अन्तर्गत सिजनको अन्तिम लिग खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १-० ले पराजित गर्दै कप्तान आन्द्रेज इनेष्टाको बिदाई सुखद् बनाएको छ। बार्सिलोनाका लागि करियरको अन्तिम खेल खेलेका इनेष्टाले ८० मिनेटसम्म मैदानमा बिताएका थिए। त्यसपछि उनलाई स्टार लियोनल मेसीले रिप्लेस गरे। यसअघि नै क्लव छाड्ने घोषणा गरिसकेका इनेष्टाको लागि बार्सिलोनाले यसअघि नै नोउक्याम्पमा बिदाई कार्यक्रम समेत गरेको थियो। सिजनको अन्तिम खेलमा…
स्पानिस खेलाडी राफल नाडालले कीर्तिमानी आठौँ पटक इटालिनय ओपन टेनिसको उपाधि जितेका छन्। इटालीको रोममा आइतबार भएको फाइनलमा नाडालले एलेक्जान्डर जेरेवलाई ६-१, १-६, ६-३ ले पराजित गरे। उक्त जितपछि नाडाल फ्रेन्च ओपन सुरु हुनु अगाडि शीर्ष वरीयतामा समेत फर्केका छन्। इटालियन ओपनको उपाधि जितेपछि नाडाल ओपन एरामा ७८ ट्रफी जित्दै सर्वाधिक ट्रफी जित्नेमा चौथो स्थानमा उक्लेका छन्। नाडालले भन्दाबढी जित्नेमा जिम्मी कोनोर्स…
इन्डियन प्रिमियर लिग (आइपीए)को ११औँ संस्करणको अन्तिम दिन दुई लिग खेल भए। राजस्थान रोएल्सले यसअघि नै आफ्नो १४ लिग खेल खेलिसकेको थियो। तैपिन राजस्थानको प्लेअफमा स्थान सुरक्षित थिएन। त्यसका लागि अन्तिम दुई लिग खेलमा मुम्बई इन्डियन्स र किंग्स एलेभेन पञ्जाव पराजित हुनुपर्ने थियो। र अन्त्यमा त्यस्तै भयो पनि। साविक विजेता मुम्बई दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भयो भने चेन्नाई सुपर…
काठमाडौँ : भियतनामको होची मिन्हमा हुने २३औं एसियाली तेक्वान्दो, पाँचौ एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरे। २३औं संस्करणको एसियाली तेक्वान्दोमा पुरुष ५४ केजीमुनि मनोज मल्ल र ७४ केजीमुनि…
काठमाडौं : दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको ग्यरोगी विधामा नेपाल च्याम्पियन भएको छ। आइतबार सम्पन्न सिनियर, जुनियर र क्याडेट गरी तीन विधामै नेपाल च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अन्तिम दिनको खेलमा सिनियरतर्फ नेपाली राष्ट्रिय टिम ‘बी’ सम्मिलित टोलीले ८ स्वर्ण र १ कांस्य पदक जित्दै नेपाललाई च्याम्पियन बनायो। नेपाल आर्मी (उपत्यका डिभिजन)ले ३ स्वर्ण,…
काठमाण्डौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र पारामाउण्ट ई.स्कुल ऐड्ने भएका छन्। आईतवार वेष्ट अफ फाईभको आधारमा भएको सेमिफाईनलमा न्यू डायमण्डले थ्री स्टार एकेडेमीलाई २५–१०,२५–१८, २५–१३ को सेटमा हराउँदै उपाधि नजिक पुग्यो। अर्को सेमिफाईनलमा पारामाउण्ट ई. स्कुलले बिजेश्वरी ज्ञानमन्दिरलाई २५–९,२५–२१, २५–१३ को सेटमा पराजित गर्यो। मदन भण्डारी स्पोर्टस्…
नेपाल युवा लेग स्पीनर सन्दीप लामिछाने र भेट्रान लेगस्पीनर अमित मिश्राले उत्कृष्ट बलिङ गरेपछि साविक विजेता मुम्बई इन्डियन्स आइपीएलको अन्तिम लिग खेलमा दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएको छ। हारपछि साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल भएको छ। मुम्बई प्लेअफ होडबाट आउट भएपछि अब त्यसको फाइदा राजस्थानलाई पुगेको छ। राजस्थानको १४ खेलबाट १४ अक छ। मुम्बईले समान खेलबाट १२ अंक…
आइपीएल अन्तर्गत दिल्ली र मुम्बई बीचको खेलको नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन्। १० औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले किरण पोलार्ड र क्रुनल पाण्ड्याका विकेट लिएका हुन्। दिल्लीको पहिलो ओभर नै बलिङ गरेका सन्दीपले सुरुको ३ बलमा १२ रन खर्चे पनि चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई विजय शंकरको हातबाट क्याच आउट गराएका…
काठमाडौं : लामो समयदेखि बस्न नसकेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक आजका लागि तोकिए पनि अध्यक्ष मण्डलका सबै सहभागी हुन सकेनन्। अध्यक्ष मण्डलका ६ जना मध्ये चार जनामात्र आजको बैठकमा सहभागी भए। यसअघि शुक्रबार बैठक बस्ने भनिए पनि सबै नेताहरु सहभागी भएका थिएनन्। आज राजपा अध्यक्ष मण्डलका संयोजकसहित चार जना सदस्यहरु बैठकमा उपस्थित थिए, संयोजक महन्थ ठाकुर, राजेन्द्र…
आइपीएल अन्तर्गत दिल्ली र मुम्बईबीचको खेलको पहिलो ओभरमै नेपाली युवा लेगस्पीनर सन्दीप लिमछानेले विकेट लिएका छन्। दिल्लीको पहिलो ओभर नै बलिङ गरेका सन्दीपले सुरुको ३ बलमा १२ रन खर्चेपनि चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई विजय शंकरको हातबाट क्याच आउट गराएका हुन्। सन्दीपले पहिलो ओभरमा १३ रन खर्चेर १ विकेट लिएका हुन्। मुम्बईका सूर्यकुमारले सन्दीपलाई पहिलो बलमा चौका र दोस्रो बलमा छक्का…
काठमाडौं : भिएलएन नेपाल हार्वेस्ट ग्रुप अफ कम्पनीका अध्यक्ष राम श्रेष्ठ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष श्रेष्ठलाई आइतवार दिउँसो पक्राउ गरेको हो। वायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रहरीले श्रेष्ठलाई समातेको हो। भिएलएन नेपालले मलेसियाली कम्पनी अल्ट्रा किरण एसडिएन बीएचडीलाई व्यावसायिक साझेदार बनाएर काम गर्दै आएको छ।…
काठमाडौं : क्षमताभन्दा बढी यात्रु बोक्ने गाडी चालक कारबाहीमा परेका छन्। गृहमन्त्री रामबहादुर थापाको निर्देशन बमोजिम महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार १ सय ८९ वटा सवारीका चालकलाई कारबाही गरेको हो। महाशाखाले आइतवार उपत्यकाका विभिन्न स्थानमा सार्वजनिक सवारी रोक्दै ‘चेक’ गरेको थियो। चेकिङका क्रममा क्षमताभन्दा बढी यात्रु बोकेको पाइएकाले कारबाही गरेको महाशाखाका एसपी मुकुन्द मरासिनीले जानकारी दिए। ‘क्षमताभन्दा धेरै यात्रु बोक्ने…
काठमाडौं: नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आउँदो असार ५ देखि मकवानपुरको हेटौंडामा शुरु हुने भएको छ। बैठक ७ गतेसम्म चल्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। कांग्रेस केन्द्रीय समितिले वैशाख १६ गते जिल्ला सभापतिहरुको भेला जेठको अन्तिम साता गर्ने निर्णय गरेको थियो। शुक्रबार बसेको पदाधिकारीको वैठकले जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिएको थियो।…
काठमाडौं : प्रज्वल राणाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। बिराज गौतमको शब्द तथा संगीतमा 'जाऊ जाऊ' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो। द रेन्ज स्टुडियोले गीतमा संगीत एरेन्ज गरेको छ। भिडियोमा छुल्ठिम गुरुङ र निपुन श्रेष्ठको फिचर्ड छन्।