काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले प्रदेश प्रहरी प्रमुखलाई सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी लाग्न निर्देशन दिएका छन्। विभिन्न प्रदेशका प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोका प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखका जिम्मेवारी पाएका डिआइजीहरुलाई सिन्डिकेटविरुद्ध लाग्न उनले निर्देशन दिएका हुन्। गृहमन्त्रीले अब कुनै किसिमको सिण्डिकेट र कार्टेलिङ सरकारलाई स्वीकार्य नहुने बताउँदै प्रभावकारी रुपमा काम गर्ने निर्देशन दिएका थिए। गृहमन्त्री…
काठमाडौं : फिल्म 'कुम्भ करण'को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिती नजिकिंदै जाँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। दीपक ओली निर्देशित फिल्ममा कलाकार भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, कुलदीप अधिकारी, प्रविता क्षेत्री लगायतको मुख्य अभिनय रहेको छ। आकाश पल ईन्टरटेन्टमेन्टको प्रस्तुति रहेको फिल्ममा महेश दवाडीको कथा, हरी घले लामाको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
एन्जेला फोस्टर - म १० वर्षकी थिएँ जब लेडी डायना सेतो कपडामा प्रिन्स चार्ल्ससँग बिहे गर्न बग्गीबाट सेन्ट प्वल क्याथेड्रलमा ओर्लिँदै थिइन्। मेरा धेरै साथीहरुलार्इ कुनै मिथक कथाको सम्झना दिलाएको थियो। म पनि त्यस समारोहमा आफ्नै संसारमा रमिरहेकी थिएँ। एउटा मिडल्याण्डमा हुर्किँदै गएकी एक अश्वेत केटी भएकाले पनि मलाई यस घटनाले प्रभाव पारेको थियो। यद्यपि, डायनालार्इ एक सामान्य नागरिकका…
सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) मा त्रिभुवन आर्मी र काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले पहिलो जित हात पारेका छन्। केपीएलको चौथो दिन सम्पन्न खेलमा आर्मीले महाकाली क्रिकेट क्लबलाई ५ विकेटले तथा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई ८ रनले हरायो। पहिलो खेल पहिलो खेलमा काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टरले रोयल राइजिंग क्रिकेट क्लबलाई ८ रनले पराजित गरेको छ।…
काठमाडौं : प्रहरीले गत बुधवार राजधानीका विभिन्न स्थानबाट बरामद गरेको नेपाली रुपैयाँ ‘नक्कली’ भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ। नोट जारी गर्ने आधिकारिक निकाय राष्ट्र बैंकले प्रहरीले बरामद गरेको २ करोड ६० लाख ६३ हजार रुपैयाँ नै जाली भएको पुष्टि गरेको हो। एक हजार दरका १० वटा नोट परीक्षण गर्दा आधिकारिक नभई ‘जाली’ भएकाले कानुनी प्रकृया अगाडि बढाउन राष्ट्र…
काठमाडौँ : अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजन आइपीएलमा लगातार तेस्रो खेल खेल्ने अवसर पाएका छन्। लिग चरण अन्तर्गत मुम्बई विरुद्धको अन्तिम लिग खेलका लागि दिल्ली डेयरडेभिल्सले सन्दीपलाई टिममा यथावत राखेको हो। पछिल्लो खेलमा ३ विदेशी खेलाडी मात्र खेलाएको दिल्लीले मुम्बई विरुद्ध खेल्द आभेष खानको स्थानमा अर्को विदेशी खेलाडी लियम प्लनकटलाई टिममा राखेको छ। Ready…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नाममा अर्को पार्टी (नेपाल कम्युनिस्ट पार्टी) निर्वाचन आयोगमा दर्ता भएको समाचारप्रति आपत्ती जनाएको छ। आज पार्टी अध्यक्ष ऋषिराम कट्टेलले विज्ञप्ति जारी गर्दै सञ्चार जगतले तथ्य समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ। नेकपाको पार्टी दर्ता भई निर्वाचन आयोगले घन - कोदालो चिन्हसमेत प्रदान गरिसकेको अवस्थामा कुरै नबुझी सत्ताको दलाली शैलीमा सञ्चार माध्यमले समाचार सम्प्रेषण…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालाको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिका निर्माणाधीन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ। २०६६ सालमा रंगशाला निर्माणाधीन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार नेपाल सरकारमार्फत बजेट बिनियोजन भएर रंगशाला निर्माण सुरु भएको थियो। तर, प्रधानमन्त्री…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई ताकेता गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारण लाइनको शुक्रबार, शनिवार र आइतबार स्थलगत निरीक्षण गरी काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएका हुन्। प्राधिकरणले प्रसारण…
काठमाडौं : अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरलाई बधाइको ओइरो छ। अमेरिकामा बस्दै आएका भेषावकर दम्पतीलाई पुत्रलाभ भयो। आमा-बाबु बनेका निशा र शरद शुभचिन्तकलाई धन्यवाद दिन व्यस्त छन्। सामाजिक सञ्जाल मार्फत् निशाले आफ्नो छोरोबारे जानकारी दिएकी थिइन्। उनले लेखेकी छिन् - 'आमा, बाबा र छोरो सबै ठीक छौं, यूभान निशरद'। करिब पाँच वर्षको प्रेमपछि उनीहरुले लगन गाँठो कसेका थिए। पछिल्लो समय निशाले 'झ्यानाकुटु'…
इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औं संस्करणको अन्तिम दुई लिग खेल आज हुँदैछ। सहभागी ८ मध्ये ३ टिम यसअघि नै प्लेअफका लागि छनोट भइसकेका छन् भने दुई टिम प्लेअफबाट बाहिरिसकेका छन्। अब बाँकी ३ टिम मध्ये १ टिममात्र प्ले अफमा पुग्नेछ। त्यसका लागि आइतवार हुने मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्स तथा चेन्नई सुपर किंग्स र किंग्स एलेभेन पञ्जावबीचको…
काठमाडौं : गायक ध्रुव बिस्को र गायिका सारिका घिमिरेको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। अभिनास थापाको शब्द तथा भीम बिसीको संगीतमा 'कन्फ्यूजन' बोलको भिडियो सार्वजनिक भएको हो। राज खत्रीको निर्देशन र कराज अधिकारीको छायाँकन रहेको गीतमा चपुर हिरोज क्रु र केविका फिचर्ड छन्।
काठमाडौं : मिस नेपाल युएसको छैठौं संस्करणको घोषणा भएको छ। आयोजकले विज्ञप्ती जारी गर्दै अमेरिकामा रहेका ईच्छुक युवतीलाई आवेदनका लागि आह्वान गरेको छ। डालस सहरमा आगामी भदौ ३ गते (अगस्ट १९)मा यो प्रतियोगिता आयोजाना हुने भएको हो। ब्यूटी पेजेन्टमा १९ देखि २९ वर्ष उमेर समुहले भाग लिन पाउनेछन्। विजेताले ५ हजार अमेरिकी डलरको शैक्षिक छात्रवृत्ति समेत प्राप्त गर्नेछन्। नेपालस्थित इ-प्लानेट प्रालिको सहकार्यमा अमेरिकास्थित इभेन्ट…
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि नेपाल कम्युनिस्ट पार्टीको गठन भएको छ। निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेल नेतृत्वमा दर्ता कायम छ। अर्कोतिर नेपालमा क्रान्तिकारी कम्युनिस्टबीच एकताको विषयमा समेत छलफल चलिरहेको छ। यही सेरोफेरोमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलसँग नवगठित नेपाल कम्युनिस्ट पार्टीको नाम, क्रान्तिकारी ध्रुव्रीकरण र नेपालको कम्युनिस्ट आन्दोलनका विषयमा विधुर ढकालले गरेको कुराकानी नेकपा…
काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिँदैछ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका यादव ढाडको समस्याले पीडित हुँदै आएका छन्। उक्त समस्याको विगत केही वर्षदेखि उनी उपचार गराउँदै आएका थिए। दुखाई बढ्न थालेपछि यादवलाई गत आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनसम्म बोल्न र भेटघाटमा रोकसमेत लगाइएको थियो। एक सातासम्म नर्भिकमा उपचार…
भेट्रान गोलकिपर जियानलुजी बफोनको लागि युभेन्ट्सको अन्तिम खेल सुखद् बनेको छ। सिरी ए को अन्तिम खेलमा हेलास भेरोनाविरुद्ध ६६औँ मिनेटमा रिप्लेस भएका बफोनले अन्तिम खेलमा गोल बेहोर्नुपरेन भने युभेन्ट्स २-१ ले विजयी भयो। युभेन्ट्सका लागि अन्तिम खेलपछि बफोनले मैदानमै सहकर्मी सबै खेलाडीलाई अंकमाल गरे। तर उनले आँसु थाम्न सकेनन्। विपक्षी खेलाडीले समेत बफोनको सम्मान गर्दै अंकमाल गरे। बफोनले अन्तिम खेलअघि नै…
काठमाडौँः केन्द्रीय समितिको निर्णय अनुसार नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको मिति आज तय हुँदैछ। जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिए पनि औपचारिक निर्णय भइसकेको छैन। केन्द्रीय समितिले जिल्ला सभापतिको भेला र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो। शुक्रबार पदाधिकारीको बैठक बसे पनि मिति तय भइनसकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका…
बुण्डेशलिगा च्याम्पियन वायर्न म्युनिखलाई पराजित गर्दै इनट्राच फ्रान्कफर्टले जर्मन कपको उपाधि जितको छ। गएराति भएको फाइनलमा फ्रान्कफर्टले वायर्नलाई ३-१ ले पराजित गरेको हो। फ्रान्कफर्टको जितमा एन्टे रिवेकले २ तथा मिजात गासिनोभिचले १ गोल गरे। वायर्नका लागि रोवर्ट लेवान्डास्कीले एक गोल फर्काए। फ्रान्कफर्टलाई च्याम्पियन बनाएका प्रशिक्षक निको कोभाक अर्को सिजन वयर्नको प्रशिक्षण सम्हाल्दैछन्। यससँगै फ्रान्फर्टले साल्के समान ५ पटक जर्मन कपको उपाधि…
साविक विजेता रियल मड्रिडले यस सिजन स्पानिस ला लिगामा तेस्रो स्थान हात पारेको छ। लिगको अन्तल खेलमा भियारियलसँग २-२ गोलको बराबरीमा रिकएपछि रियलले अंक तालिकामा तेस्रो स्थानमा रहँदै लिग टुङ्गाएको हो। भियारियालको मैदानमा २ गोलको अग्रता लिए पनि त्यसलाई दोस्रो हाफमा कायम राख्न नसक्दा रियल अंक बाँड्न बाध्य भयो। ११औं मिनेटमा गारेथ बेल र ३२औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै…
सुरुङ्गाः झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मे१ख २२८३ नंको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो। मृतकको नाम, थर र वतन खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अञ्चल…