काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आजको केन्द्रीय समितिमा आफ्नो धारणा पेश गर्दै अर्ली अधिवेशनको माग गरेका छन्। ५१ पन्ने लिखित सुझावको ४९ औं पन्नमा थापाले विधानअनुसार महाधिवेशनमा जाँदा थप दुई वर्ष लाग्ने भएकोले पार्टीलाई नवजीवन दिन शीघ्र महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीकै कारण कांग्रेसको हालत खराब भएको उल्लेख गर्दै थापाले तत्काल महासमिति बैठक…
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले योजना आयोगको उपाध्यक्षमा एमाले लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले आयोगको रिक्त रहेको सदस्य पदमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर साही र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल…
काठमाडौं: राजाका पूर्व सैनिक सचिव विवेककुमार शाहको पुस्तक 'मैले देखेको दरबार'को अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ बजारमा आएको छ। सन् २०१० प्रकाशित किताबको चर्चा चुलिएपछि अंग्रेजी संस्करण बजारमा ल्याएको प्रकाशकले जनाएको छ। ‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ले पाठकलाई नारायणहिटी दरबारको रहस्यभित्र पुर्याउँछ र राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ‘कु’, माओवादी जनयुद्ध र त्यसको जन्म र त्यसलाई मलजल गर्ने शक्ति,…
काठमाडौं: सरकारले तिलगंगा अस्पताललाई १० करोड अनुदान दिने निर्णय गरेको छ। मंगलवार बिहान बालुवाटारमा मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। यसैगरी विश्व बैंकको करिब ७ अर्ब ऋण पनि स्विकृत गरेको छ। बैठकले राष्ट्रिय महत्त्व राख्ने ९ वटा निर्णय गरेको मन्त्री बास्कोटाले जनाए। यी हुन् सरकारका ९ निर्णय १. सरकारले विश्व बैंकको ६ अर्ब ८६ करोड…
काठमाडौं: नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलान सम्वन्धी व्यवस्थामा ‘इदुल अज्हा’ तथा ‘महम्मद डे’ को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ। उक्त समुदायले आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएको हो। उक्त संगठनले आन्दोलनको उपलब्धीलाई सजिलैसँग कटौती गरेको भन्दै यसलाई…
काठमाडौं: सरकारले तीन वटा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने निर्णय गरेको छ। मंगलवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले तीन वटा अध्यादेश जारी गर्ने निर्णय गर्दै स्वीकृतिका लागि सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। मन्त्रिपरिषदको बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश, चिकित्सा शिक्षा सम्बन्धी अध्यादेश र…
काठमाडौं: मनमोहन मेमोरियल अन्तर प्रदेशीय यू-१६ राष्ट्रिय क्रिकेट टुर्नामेन्ट बिहिवारबाट हुँदैछ। ३० ओभरमा खेलाइने खेलको सम्पूर्ण तयारी पुरा भएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए। एमाले नेता तथा पूर्वप्रधानमन्त्री महमोहन अधिकारीको सम्झनामा आयोजना गरिएको खेलमा ७ प्रदेशका ७ टिम सहभागी हुनेछन्। दुई समूहमा विभाजन गरेर खेलाईने प्खेरतियोगिताको समूह ए मा २, ४, ५ र ७ प्रदेश…
काठमाडौं: मन्त्रालयका कर्मचारीहरूले ‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ अभियानका लागि ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका छन्। नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गत चैत १६ गते बसेको सरकारका सचिवहरूको बैठकले अभियानका लागि सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो। अभियान अन्तर्गत अति विपन्न र सिमान्तकृत बालबालिकालाई विद्यालय भर्ना गराउने अभियानलाई सहयोग पुर्याउन प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरूले २७…
काठमाडौं : आगामी बैशाख २१ देखि प्रदर्शनमा आउने फिल्म 'भोर' को विशेष सो सम्पन्न भएको छ। मंगलवार जय नेपाल हलमा उक्त सो हेर्न एमाले नेता माधव नेपाल, राजपा नेता राजेन्द्र महतो, नयाँ शक्तिकी हिसिला यमी पुगेका थिए। फिल्मले उठाएको बिषयलाई हिसला यमीले रुचाईन्। पछिल्लो फिल्म झोलाको सफलतापछि 'मिडिया फर कल्चर'ले फिल्म निर्माण गरेको हो। दाइजो प्रथाको मुख्य बिषयमा आधारित यस फिल्ममा एक महिला…
रूपन्देहीः उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको छ। गुलरिया–२ खैरापुरका नवराज पौडेलको हत्याका दोषीमध्येका ६५ वर्षीय पीताम्बर ढकाललाई बुटवल—१६ देवीनगरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। पौडेललाई २०५५ चैत १६ गते आपसी लेनदेनका विषयमा विवादपछि हत्या गरिएको थियो। ढकाललाई जिल्ला अदालतले २०५८ माघ २२ मा २० वर्ष कैद फैसला सुनाएको…
काठमाडौं: संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका वितपरित निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएको छ। अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल (छैठौं) र नेक्राविसंद्वारा जारी विज्ञप्ति अनुसार संयुक्त विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोधमा शिक्षा विभाग तथा स्थानीय तहका प्रमुखको कार्यालय घेराउ गर्ने कार्यक्रम राखेका छन्। शुल्क वृद्धि तत्काल फिर्ता गराउन र नगर्नेलाई कार्वाही गर्न वैशाख १२ गते…
काठमाडौं: सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सिताराम खड्काले बर्दीको आडमा पीडितलाई अन्याय गरेको खुलेको छ। खड्का सवारी दुर्घटनामा परेका पीडितलाई अस्पताल छोडेर सम्पर्कविहीन भएका छन्। प्रहरीले पटकपटक सम्पर्कको लागि पत्राचार गर्दा पनि उनी सम्पर्कमा नआएको प्रहरी स्रोतले जनाएको छ। 'हामीले पटक पटक पत्राचार गर्यौ। उहाँले बेवास्ता गर्दै आउनु भएको छ,' स्रोतले भन्यो। गत चैत ९ गते ग्रान्डी सिटीमा निरीक्षक खड्काले चलाएको…
काठमाडौं : कागेश्वरी मनहोरा नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा यू-२० मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजकले मंगलवार पत्रकार सम्मेलन गर्दै यही वैशाख १५ देखि २९ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो। प्रतियोगितामा कागेश्वरी नगरपालिका भित्रका ९ वडाका टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने आयोजकले जनाएको छ। सहभागि वडाले आफ्नो वडा भित्र रहेका…
काठमाडौं : हुण्डाई ओपन गल्फ टुर्नामेन्टको आठौँ संस्करण आगामी शुक्रवा र शनिवार हुने भएको छ। हुण्डाई गाडीको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको आयोजनामा हुने दुई दिने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ। उक्त ओपन गल्फ टुर्नामनेट १८ होलमा स्टेबल फोल्ड फर्म्याट थ्री बाई फोर ह्याण्डीक्यापमा खेलिनेछ। बढी खेलाडीहरुको सहभागिता गराउने उदेश्यले यस संस्करणमा धेरै खेलाडीलाई सहभागि गराउन लागेको…
काठमाडै: गायिका प्राश्ना शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। ‘ए हावा’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्द रहेको छ। गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ। गीतको भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन्। उत्सव दहालले खिचेको भिडियोमा अनिल र श्वेता फिचर्ड छन्। निशान घिमिरेले सम्पादन गरेका हुन्।
काठमाडौं : कलाकार तथा नेता पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पौडेललाई पक्राउ गरेको हो। अर्कोको जग्गाको कीर्ते कागज बनाई ८ करोडभन्दा बढी रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पुष्पराज राप्रपाका नेतासमेत हुन्। एसएसपी पोखरेलले भने, 'ठगीमा अदालतबाट म्याद थप गरी अनुसन्धान…
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिकको नाम सार्वजनिक भएको छ। फिल्मको नाम 'सञ्जु' रहने बारे निर्माण युनिटले जानकारी दिएको हो। फिल्मको नामसँगै टिजर पनि रिलिज गरियो। टिजरमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका अभिनेता रणवीर कपुरलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्मको टिजरले सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा छाएको छ। रणवीरले निभाएको भूमिकामा सकारात्मक प्रतिक्रियाहरु देखिएका हुन्।…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।” प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका…
काठमाडौं : २२ केजी सुन तस्करीको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्युरोको टोलीले मंगलवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक जे झोङलाई पक्राउ गरेको हो। अध्यागमन विभागको सहयोगमा उनलाई पक्राउ गरिएको व्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए। डिआइजी कार्कीले भने, 'हामीले लामो अनुसन्धानपछि पक्राउ गरेका हौं।' गत भदौमा प्रहरीले रसुवा हुँदै भारत तस्करी गर्न लागेको १५ केजी…
काठमाडौं : चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आईएमई बैंकले प्रायोजन गरेको छ। मंगलवार ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण भयो। सम्झौतापछि प्रतियोगितालाई ग्लोबल आईएमइ बैंकले २ लाख रुपैयाँ प्रदान गर्नेछ। वैशाख २१ देखि २५ गतेसम्म संचालन हुने प्रतियोगितालाई प्रायोजन…