काठमाडौं: काठमाडौंको कालिमाटीमा एक युवकले पानीको बोतल देखाएरै एक इन्टरप्राइजेजको काउन्टरबाट ३ लाख रुपैयाँ लुटेर फरार भएका छन्। सोमवार बिहान कालिमाटी चोकमा रहेको क्रिस्टल इन्टरप्राइजेजमा रहेका दुई युवतीलाई पानीको बोतल देखाएर एसिड भन्दै ३ लाख रुपैयाँ लिएर फरार भएका हुन्। रकम लिएर फरार हुने युवकको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'घटनाको हामी…
काठमाडौं: डाँका तथा ठगी मुद्दामा पक्राउ परेका अभियुक्तलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बैतडी पाटन नगरपालिकाका करण सिंह विष्टलाई सोमवार कपनबाट पक्राउ गरेको हो। विष्टले बाग्लुङ हटिया ३ घर भएका झमबहादुर बोहरालाई मुद्दामा सेटिङ मिलाई छुटाउन दिने भन्दै पीडितका आफन्तबाट पाँच लाख रुपैयाँ लिएका थिए। उनले 'केही रकम खर्च…
काठमाडौं : बुढानीलकण्ठको पुरुष र महिला दुवै टिम प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्। नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको पहिलो सेमिफाइनलमा बुढानीलकण्ठले नेपाल आर्मी ‘बी’ लाई ८८–८४ ले पराजित गर्यो। बुढानीलकण्ठलाई फाइनल पुर्याउन जितमा विराज राणाले २८ अंक योगदान गरे। चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको प्रतियोगिताको निर्धारित समयको खेल…
रीना मोक्तान - काठमाडौं : नेपाली फिल्म इन्डस्ट्रीमा यति बेला बक्सअफिसको मुद्दा चर्किएको छ। चलचित्र विकास बोर्डले देशभरिका सिंगल थिएटरसँगै मल्टिप्लेक्समा २०७५ माघ सम्ममा बक्सअफिस कार्यान्वयनको लक्ष्य राखेको छ। त्यसकै पहिलो चरणमा इ-टिकेटिङ सिस्टम लागू गर्न थालेलगत्तै हल संचालक विरोधमा उभिएका छन्। यसबारेमा फिल्मकर्मीहरुले पनि बहस थालेका छन्। कलाकारहरुले पनि सामाजिक सञ्जालदेखि कार्यक्रमहरुमा बक्सअफिसको पक्ष वा विपक्षमा आफ्नो धारणा राख्न थालेका छन्।…
काठमाडौं : रुसको मस्कोमा हुने स्ट्रीट चाइल्ड वर्ल्ड कप-२०१८ ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा सहभागिता जनाउने नेपाली टिमको जर्सी सार्वजनिक भएको छ। वैशाख २६ देखि जेठ ४ गतेसम्म स्ट्रीट चाइल्ड युनाइटेडले आयोजना गर्न लागेको यस प्रतियोगितामा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टिमको मुख्य प्रायोजक वेस्टार रेसिडेन्सीका संचालक अक्षय गोल्यानले नेपाली टिमको जर्सी सार्वजनिक गरे। गोल्यानले नेपाली…
काठमाडौं : दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले जित हात पार्दा अर्कव विभागीय टोली त्रिभुवन आर्मी पराजित भएको छ। प्रतियोगिता अन्तर्गत मंगलवार भएको समूह बी को खेलमा एपीएफले विराटनगरको विराट क्रिकेट सोसाइटीलाई पराजित गर्दा आर्मी सनेट कानपुरसँग ४ रनले पराजित भयो। सन्दीप जोराले अर्धशतक बनाएपछि एपीएफले ११८ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर…
काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भइरहेको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली राष्ट्रको टिम छनोटअन्तर्गत दोस्रो दिन नेपाली टिमले मिश्रित प्रदर्शन गरेको छ। राउण्ड रोविनअन्तर्गत ब्वाइजतर्फको खेलमा नेपाल भारतसँग २-१ ले पराजित भयो भने रश्रीलंकालाई ३-० ले हरायो। यस्तै गर्ल्सतर्फ पनि नेपालले श्रीलंकालाई नै ३-० ले पराजित गर्यो। पहिलो दिन नेपालको ब्वाइज टोलीले भुटानलाई ३-० ले हराएको थियो भने…
काठमाडौँ : 'आमा मलाई अपहरण गरेका छन्। पचास हजार रुपैयाँ चाँडै पठाइदिनु होला,' आफ्नो छोराको आवाज सुनेपछि मेनुका कार्की (नाम परिवर्तन) होस नै उड्यो। के गर्ने होला कसो गर्ने केही सोच्न सकिनन्। सिन्धुली घर भएर कामको सिलसिलामा काठमाडौँ बस्दै आएका कार्की परिवारमा यो फोन कलले ठूलो समस्या निम्त्यो। फेरि केही बेरमा नै फोनको रिङ बज्यो। उही नम्बर। पहिले कै आवाज…
बलिङ अलराउण्डरको भुमिकामा खेल्ने कृष्नप्पा गोवथामले उत्कृष्ट ब्याटिङ गर्दै ११ बलमा नटआउट ३३ न बनाएपछि राजस्थान रोएल्सले मुम्बई इन्डियन्समाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। जितपछि ५ खेलबाट ६ अंक जोडेको राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ। ६ खेलबाट ६ अंक रहेको कोलकता र ५ खेलबाट ६ अंक रहेको हैदरावाद रनरेटका आधारमा क्रमश: तेस्रो र चौथो स्थानमा छ।…
लिभरपुलका इजिप्टेली खेलाडी मोहमद सलाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) प्लेअर अफ दि इअर २०१७-१८ को अवार्ड जितेका छन्। २५ वर्षीय खेलाडी सलाहले केभिन डे ब्रुएना, ह्यारी केन, लरेय साने, डेभिड शिल्भा र डेभिड डे हेएलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। खेलाडीकोहरुको भोटबाट अवार्ड पाउनु आफ्नो लागि सम्मान भएको र गर्व लागेको सलाहले प्रतिक्रिया दिएका छन्। यसै सिजन मात्र रोमाबाट…
स्पानिस ला लिगामा दोस्रो स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिदाँ शीर्ष स्थानको बार्सिलोनाको उपाधि यात्रा सहज बनेको छ। गएराती भएको खेलमा एट्लेटिको घरेलु मैदानमै रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो। एट्लेटिको बराबरीमा रोकिएपछि अब बार्सिलोनाले १ अंक मात्र जोडेपनि उपाधि जित्नेछ। ३३ खेलबाट ८३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ। ३४ खेल खेलेको एट्लेटिकोको ७२ अंक छ। अब लिगमा बार्सिलोनाले ५ तथा एट्लेटिकोले ४…
वासिङ्टनः अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा एक बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा तीन जना घाइते भएका छन्। अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ। आक्रमणकारीलाई घटनास्थलसम्म पुर्याएको गाडी…
काठमाडौँः पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार नेपाल र भारतका ऊर्जा सचिवस्तरीय गभर्निङ बडी र सहसचिवस्तरीय संयुक्त…
दाङः घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ। तेस्रो तलाबाट सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप…
इनरुवाः संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष यादवले सो कुरा बताएका हुन्। यादवले मुलुक लामो द्वन्द्व र संघर्षबाट गुज्रेकाले अब विकासको गतिलाई तीव्र पारी संघीयता कार्यान्वयनमा जोड दिए। अध्यक्ष यादवले मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक,…
काठमाडौँः चैत ९ गतेदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनमा हारको कारणबारे छलफल जारी छ। आठौँ दिन पनि केन्द्रीय सदस्यहरूले निर्वाचनमा हारका कारण केन्द्रीय समितिमा प्रस्तुत गरिँदैछ। पार्टी मुख्यालय सानेपामा सुरु केन्द्रीय समितिमा अधिकांश सदस्यले पार्टी नेतृत्वकै कमजोरीका कारण निर्वाचनमा नराम्रारी हारेको तर्क पेस गरेका छन्। आइतबार केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीको केन्द्रीय समिति भंग गरी तदर्थ कमिटी बनाएर…
भीमदत्तनगरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा पछाडिबाट से ४ त ८०२४ नंको मोटरसाइकल ठोक्किएको थियो। ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको…
काठमाडौं : केन्द्रीय समिति बैठक चलिरहँदा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एउटा समूह महाधिवेशनको माग गर्दै कार्यालय घेराउ गर्न पुगेको छ। 'पार्टी सभापति देउवाबाट पार लाग्दैन। नेविसंघमा झडपको स्थिति आइसक्यो,' विद्यार्थीको नेतृत्व गर्दै पार्टी कार्यालय सानेपा पुगेका नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले महामन्त्री शशांक कोइरालालाई भेट्दै भने, ' यस्तो वेथितिले कसरी हुन्छ?' सानेपास्थित पार्टी कार्यलय बाहिर काफ्ले नेतृत्वमा…
काठमाडौं: बालबालिकाहरुको सौन्दर्य प्रतियोगिता ‘किड्स क्यापिटल–२०१८’को ट्यालेन्ट सो सम्पन्न भएको छ। टिएस फिल्म्सको आयोजनामा भएको कार्यक्रममा उनीहरुले प्रतिभा देखाएका हुन्। ट्यालेन्ट सोमा उनीहरुले अभिनय, नृत्य, गायन, कविता वाचन, वतृत्व कला प्रदर्शन गरेका हुन्। करियोग्रफ़र गम्भिर विष्ट, गायिका मिलन अमात्य, हास्य अभिनेता गोपाल ढकाल 'छन्दे', अभिनेताद्वय बिनोद न्यौपाने, सञ्जित भण्डारी र ब्युटिसियन रुसुका वैद्यले प्रस्तुत गरिएका प्रस्तिभालाई मूल्यांकन गरे। ट्यालेन्ट सोमा…
काठमाडौं: चलचित्र पत्रकार संघको आयोजनामा पत्रकार आचारसंहिता, अनलाईन पत्रकारिता र फोटो पत्रकारिता सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ। आइतबार भएको कार्यशालामा अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगाना र फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले प्रशिक्षण दिएका थिए। अध्यक्ष केपीले कार्यक्रममा सहभागी १ सय १० संचारकर्मीलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिए भने अध्यक्ष विकासले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका…