बाबियाचौर (म्याग्दी) : नेपाल प्रेस युनियन म्याग्दीले यहाँस्थित नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा तालाबन्दी गरेको छ। महासङ्घको सदस्यताका लागि गैरव्यावसायिक पत्रकारलाई सिफारिस गरेकाले तालाबन्दी गरेको प्रेस युनियनका जिल्ला सभापति गोपाल छन्त्यालले बताए। सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएकामा युनियनको आपत्ति रहेको सभापति छन्त्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासङ्घको साधारण…
विराटनगर : सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्न सफल भएका छन्। उनले शहिद रङ्गशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै करातेकै पर्शुराम बास्तोलासँग ह्याट्रिक गर्ने सूचीमा सामेल गरेका छन्। मुकुन्द्रले काठमाडौंमा भएका पाँचौ र सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए। यस स्पर्धामा सुदूरपश्चिमका मो…
काठमाडौं : प्रहरीकहाँ कुनै व्यक्तिबारे सामान्य गलत रिपोर्ट छ भने पनि उसलाई सरकारी जागिर खान गाह्रो हुन्छ। त्यसैले कसैको हत्या गरेर फरार व्यक्तिले सरकारी संस्थानको जागिर खाइरहेको छ भनेर तपाईं पत्याउनुहुन्छ? प्रकाश भनिने मिलन श्रेष्ठ प्रहरीको फन्दामा परेपछि भने पत्याउन बाध्य बनाएको छ। काठमाडौंको सामाखुसीमा एक जनाको हत्या गरी फरार उनी शुक्रबार पोखराको पृथ्वीचोकमा पक्राउ परे। पक्राउ पर्दा उनी साल्ट ट्रेडिङको ट्रेडिङको अञ्चल कार्यालय…
फिल्म दंगलले तीन दिनमा एक सय करोड माथिको व्यापार गरेको छ। सो बक्सअफिस कलेक्शन भारतबाट मात्र जम्मा गरिएको हो । बलिउड फिल्म विज्ञ तरण आदर्शले ट्विटर मार्फत फिल्मको बक्स अफिस कलेक्शनको जानकारी दिएका हुन्। उनका अनुसार फिल्मले शुक्रबार को २९ करोड ७८ लाख, शनिबार ३४ करोड ८२ लाख र आइतबार ४२ करोड ३५ लाखको व्यापार गरेको हो। पहलमान महाबिर फोगट,…
चौथो साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ। भारतको सिलगुडीथिस्त कञ्चनजंगा स्टेडियममा भएको खेलमा फरवार्ड सावित्रा भण्डारीले ५* गोल गरेपछि नेपालले समूह 'क' को पहिलो खेलमा भुटानलाई सहजै हरायो। सावित्राले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरिन्। उनले खेलको पाँचौ, २३ औं र ३५ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पुरा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'मारकाट व्यवसाय' बन्द भएकाले मधेसी मोर्चा आफूप्रति आक्रोशित बनेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित 'मधेसका मुद्दा : भ्रम र यथार्थ' विषयक कार्यक्रममा बोल्दै ओलीले भने, 'म प्रधानमन्त्री हुनुअघि ४७ जनाको ज्यान गइसकेको थियो। मैले नेतृत्व लिइसकेपछि मान्छे मारिने क्रम रोकियो। त्यो व्यवसाय चौपट भएपछि मोर्चाका साथीहरु मसँग रिसाउनुभएको…
इनरुवा : सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुनसरीमा सम्पन्न खो खो खेलको पुरुष र महिला दुवैमा विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ। सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा सोमबार सम्पन्न भएको खो खो खेलमा आर्मीले पुरुषतर्फको फाइनलमा मध्यमाञ्चललाई पराजित गरेको हो। आर्मीले एक पाली बाँकी छँदै मध्यमाञ्चललाई ६ का विरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो। मध्यमाञ्चलले रजतमा…
काठमाडौं : पटक–पटकको ताकेतामा पनि समय नपाएपछि स्थानीय निकाय पुनर्संरचना आयोगले प्रतिवेदन हस्तान्तरणको समय माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएको छ। आयोगले औपचारिक निर्णय गरेर प्रतिवेदन हस्तान्तरणको समयका लागि प्रधानमन्त्रीलाई पत्राचार गरेको हो। आइतबार सार्वजनिक बिदा परेका कारण आज पठाइको सदस्य सुनीलरञ्जन सिंहले बताए। आयोग अध्यक्ष बालनन्द पौडेलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाउन समय माग गरे पनि समय…
इटहरी : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागिय टीम एपीएफ र पूर्वाञ्चल फाइनलमा प्रवेश गरेका छन्। करुणा भण्डारीले अलराउण्ड प्रदर्शन गरेपछि सोमबार भएको पहिलो सेमिफाइनलमा एपीएफले मध्यपश्चिमाञ्चललाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्यो। यस्तै पूर्वाञ्चलले दोस्रो सेमिफाइनलमा मध्यमाञ्चललाई ६० रनले हरायो। मध्यपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२० रन बनायो।…
बलिउड अभिनेता सलमान खान बृहमुम्बई महानगरपालिकाका ब्रान्ड एम्बेसडरको बन्ने भएका छन्। बिएमसीको 'खुला दिसामुक्त क्षेत्र' अभियानका लागि उनले काम गर्ने भएका हुन्। यही डिसेम्बर २७ देखि आफ्नो ५१ औं जन्मदिनको अवसर पारेर बिएमसीको लागि आफू एम्बेसडरको रुपमा काम गर्ने घोषणा गरे। अब उनी प्रत्यक्ष रुपमा स्वच्छ भारत अभियानमा जोडिने छन्। सलमानले महानगरपालिकाका कमिसनर अजय मेहेतासँग भेटेर बिएमसीको प्रस्ताव स्वीकार गरेका…
फेभरेट सङ्ग : लास्ट क्रिसमस ८० को दशकमा काठमाडौँका युवा पुस्ता आफूलाई मोर्डन देखाउन अङ्ग्रेजी पप गीत सुन्थे किनभने त्यतिबेला हिन्दी पप र नेपाली पपको विकल्पै थिएन। फेसबुकको विकल्प थिएन त्यसैले साथीभाइको 'अटो बुक'मा लेख्थे आफ्ना फेभरेट कुरा। धेरैले लेखेका पनि हुन्थे- फेभरेट सङ्ग : लास्ट क्रिसमस, आइ गेभ यु माइ हर्ट। सन् १९८४ मा रिलिज भएको यही गीतले तत्कालीन…
विराटनगर : सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विरानगरमा भइरहेको पुरुष क्रिकेटमा नेपाल आर्मी र नेपाल पुलिसले सोमबार जित हात पारेका छन्। आर्मीले मध्य पश्चिमलाई ३० रनले पराजित गर्दा पुलिसले पूर्वाञ्चललाई ५० रनले पराजित गरेको छ। समूह ए मा लगातार दोस्रो जित हात पारेको आर्मी सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यसअघि नै समूह ए बाट एपीएफ दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ। अब…
काठमाडौँ : राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक गतिरोध समाधान गर्न नयाँ प्रस्ताव ल्याएका छन् । संसदमा जारी राजनीतिक गतिरोधको उपाय खोज्न सभामुख ओनसरी घर्तीले डाकेको सात दलको बैठकमा थापाले संसदको गतिरोध अन्त्यका लागि तीन बुँदे वैकल्पिक प्रस्ताव राखेका हुन्। सत्ताधारी दल माओवादी केन्द्र र नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आफ्नो अजेण्डामै अडिग रहँदा बैठक निष्कर्षमा भने…
काठमाडौँ : मधेसमा बढ्दो एमाले विरोधी भावलाई चिर्न नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा मधेस समस्याबारे पिएचडी गरेका राजेश अहिराजले मधेसमा मधेसवादी दलभन्दा एमाले बलियो भएको दावी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीसहितका नेतालाई उनले ३० मिनेट मधेसको समस्या र एमालेको अवस्थाबारे विश्लेषण गर्दै एमालेले मधेसमा रहेको आफ्नो जनमतलाई क्यास गर्न नसकेको दावी गरेका थिए। 'मधेसमा ४० सिट जितेको एमाले १२…
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोमा नेपाल आर्मी ८ स्वर्ण, ५ रजत र ८ कास्यसहित टिम च्याम्पियन बनेको छ। अन्तिम दिन सोमबार टीम इभेन्टको महिलातर्फ स्वर्ण जित्दै आर्मी च्याम्पियन बनेको हो। उक्त इभेन्टमा मध्यमाञ्चल रजत तथा सुदुरपश्चिमाञ्चल र पुलिस संयुक्त रुपमा कास्य जिते। यस्तै टिम इभेन्टको पुरुषतर्फ स्वर्ण जितेको मध्यमाञ्चलले ६ स्वर्ण, ६ रजत र ४ कास्यका साथ दोस्रो स्थान हात…
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा समुह ‘ख’बाट पुलिस समुह विजेता र मध्यमाञ्चल उपविजेता बन्दै सेमीफाइनल पुगेको हो। सोमबारको पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई ३–१ गोलअन्तरले हराए पछि दुवैको समान ६ अंक भए पनि हेड टु हेडको आधारमा दुवै टोली सेमीफाइनल पुगेको हो। लिग चरणको ३ खेलमध्ये दुवै…
काठमाडौं : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदको चौथो दिनको समाप्तीमा विभागिय टीमकै वर्चस्व छ। चौथो दिन २९ स्वर्ण जित्दै नेपाल आर्मी ६५ स्वर्ण ३५ रजत र २१ कास्य गरी कूल १२१ पदकका साथ पहिलो स्थानमा छ। चौथो दिनको समाप्तीसम्म कूल १३४ स्वर्णको छिनोफानो भइसकेको छ। विभागिय क्लबद्वय नेपाल पुलिस र एपीएफ पदक तालिकामा दोस्रो र तेस्रो स्थानमा छ। पुलिसले २४…
राजविराज : सप्तरीको राजविराजमा जारी भारोत्तोलनको महिला ५८ केजीमा आर्मीकी कमला श्रेष्ठ र पुरुषको ८५ केजीमा आर्मीकै कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कमलाले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरी जम्मा १४५ केजी भार वहन गर्दै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन्। स्न्याचमा कमलाले झन्ट कट्वालले २०६२ सालमा ललितपुरको लुभूमा भएको दोश्रो राष्ट्रिय…
प्रिमियर लिगको बक्सिङ डे खेलमा एएफसी बर्नमाउथलाईलाई ३-० ले पराजित गर्दै लिग लिडर चेल्सीले अंक तालिकामा ९ अंकको अग्रता बनाएको छ। घरेलु मैदान स्टानर्फो ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन पेड्रोले दुई तथा एडेन हाजार्डले एक गोल गरे। जारी सिजन चेल्सीको यो लगातार १२ औं जित हो। प्रिमियर लिगमा लगातार सबैभन्दा धेरै खेल जित्ने आर्सनलको रकेर्ड भन्दा चेल्सी अब एक जितले…
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको दमकमा भएको आइटिएफ तेक्वान्दोमा आर्मीकी निस्मा बस्यालले स्वर्ण पदक हात पारेकी छिन्। स्पाइरिङतर्फ ४१–४५ केजी तौलसमुहमा निस्माले फाइनलमा पश्चिमाञ्चलकी रिता अधिकारीलाई हराउदै स्वर्ण जितिन्। सोही तौल समुहमा मध्यमाञ्चलकी सोनी खड्का र सुपकी पुजा रावल तेस्रो भए। पुरुष ४५–५० केजीमा आर्मीका पुर्ण बहादुर मगर र पश्चिमाञ्चलका दिपक गौतम फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा पुर्णले पुर्वाञ्चलका प्रभात…