लाजिम्पाटमा रहेको छ पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बस्ने गरेको निर्मल निवास। यहीँ रहेको छ त्रिसरा रेस्टुरेन्ट। क्रिसमस इभको अवसरमा आज त्यहाँ द ह्वाइट अफेयर पार्टीको आयोजना गरिएको थियो। पार्टीमा पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पूर्व युवराज पारस शाह पनि उपस्थित थिए। उनीहरुसित त्यहाँ रहेकाहरुले फोटो खिचाएका थिए। क्रिसमस इभका अवसरमा टाइसुट लगाएर पुगेका पूर्वराजा र…
भक्तपुर :शनिवार दिउस महानगरीय प्रहरी प्रभाव खरिपाटीमा फोन आयो । प्रहरीको ड्युटी अफिसरले फोन उठाए लगत्तै उताबाट आवाज आयो‘मैले श्रीमतीलाई मारे र विष पिँए ।’ फोनकर्ताको भनाई प्रहरीको लागी अप्रत्यासित थियो । फोन गर्ने ब्यक्ति बस्ने चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँमा पुग्दा ज्योतिराज थापा छटपटाइ रहेको अवस्थामा भेटिए । उनलाई हतार हतार भक्तपुर अस्पताल पुर्याए पनि उनी जोगिएनन् । उनी बस्ने…
अबुजा (नाइजेरिया) : नाइजेरियाली सेनाले यहाँको आतङ्कवादी बोको हराम समूहको महत्वपूर्ण आश्रयस्थल मध्येको मुख्य सम्विसा जङ्गल क्षेत्रलाई शनिबार आफ्नो नियन्त्रणमा लिएको छ। साम्विसा जङ्गल क्षेत्रमा बोको हरामले आफ्नो आश्रयस्थल बनाई मुलुकका विभिन्न ठाउँमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उक्त इलाकालाई सरकारी सेनाले नियन्त्रणमा लिएको नाइजेरियाली राष्ट्रपति मुहम्मद बुहारीले बताए। राष्ट्रपति बुहारीले उक्त एक हजार तीन सय वर्ग किलोमिटर…
पर्वत : पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले धौलागिरि अञ्चलमा जन्मेका पाँचजना सष्ट्रालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। शनिबार सदरमुकाम कुश्माबजारमा आयोजित कार्यक्रममा बागलुङका भुपिन खड्का, म्याग्दीका भक्त कार्की, पर्वतका साधना प्रतीक्षा, सदानन्द जैसी अभागी र अमन पौडेल पुरस्कृत तथा सम्मानित भएका हुन्। नेपाली भाषा, साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई नगद १० हजारसहित…
धनकुटा : साहित्यकार डाक्टर झमक घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह 'प्रेमिल आकाश' गृह जिल्लामा सार्वजनिक गरिएको छ। शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकाशमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन्। कविता सङ्ग्रह परिचर्चासँगै यसै वर्ष मध्यपश्चिमाञ्चल विश्वविद्यालयले झमकलाई विद्यावारिधिको मानार्थ उपाधि दिएको खुसियालीमा सम्मान…
रत्ननगर : चितवनका दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्न गएका दुई किशोर नदीमा डुबेर बेपत्ता भएका छन्। शनिबार बिदाको दिन पौडी खेल्ने क्रममा पूर्वी चितवनको राप्ती नदीमा र कविलासस्थित नारायणी नदीमा डुबेर उनीहरु बेपत्ता भएका हुन्। खैरहनी नगरपालिका बस्ने १८ वर्षीय प्रवीण रोइला राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी…
फलेवास (पर्वत) : दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणी बजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन्। राति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो। आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन्। सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर…
काठमाडौँ : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो। मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए। आम मानिसलाई अन्याय, अत्याचार र…
काठमाडौँ : सरकारले सवारी चालक अनुमति पत्रको फाराम आइतबारदेखि अनलाइनबाटै थालनी गरेको छ। यातायात व्यवस्था विभागको बेवसाइट www.dotm.gov.np मा गएर फाराम भर्न सकिन्छ। अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। 'कार्यालयमा सम्पर्क राख्नका लागि हाललाई एकान्तकुनामै जानुपर्छ, भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु…
काठमाडौं : एक महिनादेखि संसदको कारबाहीमा अवरोध पुर्याउँदै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित नौ प्रतिपक्ष दलहरुले थप रणनीति तय गर्न आज परामर्श गर्दैछन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबरमा भावी आन्दोलनको स्वरुपबारे परामर्श गर्न लागेको एमाले संसदीय दलका सचेतक गोकुल घर्तीले जानकारी दिए। प्रतिपक्ष मोर्चामा रहेका नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार…
काठमाडौं : मोरङको कोशी हरैचामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। को ८ प ७६४ र को २ प १८०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा ७६४ नम्बरको मोटरसाइकल चालक ५० वर्षीय लोकनाथ दाहालको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य दुई जना सामान्य…
काठमाडौं : सामाजिक संस्था एकाउन्टबिलिटी ल्याबको आयोजनामा हरेक वर्ष हुने 'इन्टेग्रिटी आइडल'को तेस्रो संस्करणमा परेका उत्कृष्ट पाँच जनाको लागि भोटिङ सुरु भएको छ। २०१६ को उत्कृष्ट पाँचमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमार भुसाल, महिला तथा बालबालिका कार्यालय जुम्लाका महिला विकास निरीक्षक बिन्दु कुवँर, सिद्धबाबा उमावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीश, वागेश्वरी उमावि भक्तपुरका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र मौनाबुधुक स्वास्थ्यचौकी धनकुटाकी…
चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइए पनि पर्यटक बस भने सञ्चालनमा आएका छन्। बिहानको मुख्य समयमा नै उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएको भन्दै चितवनका पर्यटन व्यवसायीले गुनासो गरेपछि स्थानीय प्रशासनले पर्यटक बस सञ्चालन गर्ने निर्णय गरेको हो। 'पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेका छौं,' चितवनका प्रमुख…
बाग्लुङ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल बाग्लुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको बताए। 'सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगन गरोस्,' उनको भनाइ थियो। अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै उनले…
चितवन : सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले क्रिसमसमा सार्वजनिक बिदा दिएझैं पुस २७ गते राष्ट्रिय एकता दिवसमा पनि बिदा दिइनुपर्ने जिकिर गरेका छन्। नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले यसका लागि आफ्नो निरन्तर जोड रहने बताए। संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावबारे बोल्दै उनले फिर्ता नहुने पनि बताएका छन्। 'फिर्ता लिन…
काठमाडौं : अर्जुन खालिङको कविताकृति 'गोयाङको सुगन्ध'का लागि मरणोपरान्त पहिचान पुरस्कार प्रदान गरिने भएको भएको छ। २ लाख २ हजार २ रुपैयाँ राशीको सो पुरस्कार खालिङको कृतिका लागि प्रदान गर्ने पहिचान पुरस्कार कोषले निर्णय गरेको हो। नेपाली साहित्य, संस्कृति र कलामा पहिचानको मुद्दा उठाइएका कृतिका लागि सन् २०१५ मा ‘पहिचान पुरस्कार’ को घोषणा गरिएको थियो। कवितासँगै चित्रकलामा लागेका…
धनगढी : कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ। हिन्दुवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ। बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरिया लगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन्। धनगढी–डडेलधुरा सडक अन्तर्गत चुरे पहाडमा…
काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) फाराम आइतबारदेखि अनलाइनबाट थालनी सुरु गर्ने खबर तपाईंले थाहा पाउनुभयो होला। लाइसेन्सका लागि अनलाइन आवेदन कसरी दिने? अन्योलमा हुनुहुन्छ? चिन्ता नलिनुस्, यहाँ सजिलो उपाय छ। यातायात व्यवस्था विभागको बेवसाइटमा राखिएको सूचना अनुसार हाललाई दुई पाङ्ग्रे सवारी साधनको वर्ग ए (मोटरसाइकल) र वर्ग के (स्कूटर, मोपेड) का लागि मात्रै दरखास्त दिन सकिन्छ। चारपाङ्ग्रे सवारी…
विराटनगर : सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत सेपाकताक्रो खेलमा नेपाली सेनाले आज स्वर्ण पदक जितेको छ। धरानस्थित डिपो माविको खेल मैदानमा आज सम्पन्न सेपाकताक्रोको रेगो इभेन्टको फाइनलमा सेनाले पश्चिमाञ्चललाई २१– १६ र २२–२० को सोझो सेटमा पराजित गर्दै सेनाले स्वर्ण पदक हात पारेको हो। यसअघि सेना सेमिफाइनलमा सुदूरपश्चिमाञ्चललाई २१–९ र २१–१७ मा लगातार हराउँदै सेना फाइलनमा पुगेको थियो। सेनासँग फाइनलमा…
जाजरकोट : विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन यहाँको एक विद्यालयले माछा र कुखुरा पालन व्यवसाय गरेको छ। जिल्लाको सिमा गाविस–२ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपा लैकडामा सो व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिए। विद्यालयमा छ जना शिक्षक निजीस्तरबाट राखिएको र तिनलाई तलब, भत्ता खुवाउन र विद्यालयको स्तरोन्नति गर्न…