काठमाडौं : पूर्वाञ्चलमा भइरहेको सातौं राष्ट्रिय खेलकुदको पाँचौ दिनको समाप्तीमा विभागिय टीमकै वर्चस्व छ। पाँचौं दिनको समाप्तीसम्म कूल १८५ स्वर्णको छिनोफानो भइसक्दा नेपाल आर्मी शीर्ष स्थानमा कायमै छ। पाँचौं दिन १८ स्वर्ण थप्दै नेपाल आर्मी ८३ स्वर्ण, ४८ रजत र ३६ कास्य गरी कूल १६७ स्वर्णका साथ शीर्ष स्थानमा छ। विभागिय क्लबद्वय नेपाल पुलिस र एपीएफ पदक तालिकामा दोस्रो र…
हजार र पाँच सयको पुरानो नोटमा प्रतिबन्ध लगाए पनि राजनीतिक दलको बैक खातामा करोडौ रकम जम्मा हुन थालेपछी भारतीय जाँच एजेन्सी प्रवर्तन निर्देशनालय र फाइनान्सियल इन्टेलिजेन्स युनिटका अधिकारीले भारतको १ हजार ७ सय ६१ दलमाथी अनुसन्धान शुरु गरेको छ। बैकमा पुरानो रकम जम्मा गर्ने अवधी सकिएपछि पनि दलको खातामा पैसा जम्मा भएको खुले पछि दुबै जाँच एजेन्सीले दलका खातामाथी अनुसन्धान…
सिरियामा रहेका रुसी सैनिकको नयाँ वर्ष संगीतमय बनाउन हिडेका सैन्य व्यान्डका सदस्यसहित रुसको सैनिक विमानमा रहेका सबै ९२ यात्रुको निधन भएको रुसी रक्षा मन्त्रालयले पुष्टी गरेको छ । रुसको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार विमानको भग्नावशेषका केही अंश ब्ल्याकसिमा फेला परेका छन् । विमानको अन्य हिस्साको खोजीका लागी विमान, हेलिकप्टर र ड्रोनको प्रयोग गरिएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार…
सरियामा रहेका रुसी सैनिकको नयाँ वर्षलाई संगीतमय बनाउन हिडेका सैन्य व्यान्डका सदस्य र सञ्चारकर्मी सहित ९२ जना रहेको रुसीे सैनिक विमान दुर्घटनामा पर्यो । रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाको विमान सोचिको एडलर हवाई अड्डाबाट उडे लगत्तै केही मिनेट लगत्तै ब्ल्याकसीमा दुर्घटनामा परेको थियो । सन् २०१६ मा यस्तै अन्य पाँच दुखद हवाई दुर्घटना भए । सन् २०१६ का पाँच…
काठमाडौं : कार्यालय समयलाई समेत प्रभावित पार्नेगरी गैरसरकारी संस्थाको कार्यक्रममा उपस्थित हुने क्रम बढेपछि सरकारी वकिलहरुले अवदेखि आफ्नो कार्यक्षेत्र बाहेकका अन्य संस्थाका कार्यक्रममा नजाने आचारसंहिता पारित गरेका छन्। ठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनवाट विशेष घोषणापत्र पारित गर्दै आइन्दा गैरसरकारी संस्थाको कार्यक्रम उपस्थित नहुने निर्णय गरेका हुन् । पेशागत कार्यक्रमको उपस्थितीमा पनि माथिल्लो पदाधिकारीको पूर्व अनुमतिमा सहभागि हुने घोषणापत्रमा उल्लेख छ। …
काठमाडौं: पुस २२ गते प्रदर्शनको लागी तयार भएको फिल्म 'भ्रम'का लागि नायिका हर्षिका श्रेष्ठले बोतल खाली गर्न थालेकि छन्। तर उनले बोतल भने आइटम गीतका लागि खाली गरेकी हुन्। हार्षिकाले आइटम डान्स गरेको गीत हो 'बोतल त्यो गर खाली'। नायिका हर्षिका श्रेष्ठलाई फिचर गरिएको यस गीतमा चलचित्रका लिड कलाकार सुरेश गमाललाई पनि नचाईएको छ। कोरियोग्राफर गोबिन्द प्रभातको कोरियोग्राफीमा तयार भएको यो गीतमा…
काठमाडौं : नेपाली सेनाले दुई सय १६ प्राविधिक पदको दरवन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। ओभरसियर, नर्सिङ, मेकानिकल इन्जिनियर, छापाखाना प्राविधिक, छायाँकार, कम्प्युटर अपरेटरलगायतका ३३ पदमा दुई सय १६ जनाको खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो। संविधानको प्रावधान अनुसार महिला, आदिवासी, जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रलाई समानुपातिक रुपमा कोटा निर्धारण गरिएको छ। कम्तीमा…
उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको नेपालले आज भुटानसँग खेल्दै चौथो साफ महिला च्याम्पियनसिपको सुरुवात गर्दैछ। समूह ए मा रहेको नेपाल र भुटानबीचको खेलमा सिलगुरीस्थित कञ्चनजंगा स्टेडियममा नेपाली समयअनुसार दिउँसो सबा २ बज सुरु हुनेछ। च्याम्पियनसिप अघि आइतबार भएको प्रि म्याच कन्फ्रेरेन्समा नेपालका प्रशिक्षक कुमार थापाले उपाधि जित्नेमा आशावादी भएको बताए। 'पहिलो पटक नेपालको प्रशिक्षण सम्हालेका थापाले भने, पछिल्लो तीन…
माधवकुमार नेपाल फेरि पनि नेपालमा जहाजको प्रसंग चलिरहेको छ। म प्रधानमन्त्री भएको बेलाको एउटा सन्दर्भ राख्न चाहन्छु। हाम्रो मुलुकको समस्या के छ भने कार्यकारीले कुनै एउटा काम गर्न चाहन्छ अनि गैरकार्यकारीले रोक लगाइदिन्छ। नेपालको यो ठूलो समस्या हो। कहाँबाट अवरोध लाग्छ भने एउटा संसदबाट र अर्को अख्तियारबाट। अनि चासो नभएको कुरामा चासो राखेर अनि अर्को निर्देशन दिइन्छ। आज मलाई…
काठमाडौँ : नेपाल भाषाका विद्रोही धारका कवि तथा नेपाः पार्टीका पूर्वसभासद् बुद्ध सायमिको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ। गत सोमबार बेहोस भई ढलेपछि उनलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार साँझबाट सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो। कलेजो, मिर्गौला र मधुमेहको समस्याबाट उनी पीडित थिए। २०६४ को…
काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारीकहरुको बैठकले स्थानीय चुनावको मिति घोषणा गर्न माग गर्दै चुनाव केन्द्रित हुने निर्णय गरेको छ। आज बिहान संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले स्थानीय चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने, अवरुद्ध संसद खुलाउन पहल गर्ने तथा संविधान संशोधन प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाउने वातावरण तयार पार्ने निर्णय गरेको हो। 'संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँदै अब…
झापा : युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गरेका छन्। धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुगेका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताए। 'दिलोज्यान लगाएर खेल्नुस्, हामी तपाईहरुको साथमा छौँ,' घाइते खेलाडी…
काठमाडौं : पटक–पटकको ताकेतामा पनि समय नपाएपछि स्थानीय निकाय पुनर्संरचना आयोगले प्रतिवेदन हस्तान्तरणको समय माग्न प्रधानमन्त्रीलाई लिखित पत्राचारको तयारी गरेको छ। आयोगले औपचारिक निर्णय गरेर प्रतिवेदन हस्तान्तरणको समयका लागि प्रधानमन्त्रीलाई पत्राचार गर्न लागेको हो। आयोगले आज समय मागको पत्र पठाउने तयारी गरेको छ। आइतबार सार्वजनिक बिदा परेका कारण आज पत्र पठाउने तयारी रहेको सदस्य सुनीलरञ्जन सिंहले बताए। आयोग…
काठमाडौँ : अलग्गिएको १४ महिनापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सोमबार एउटै मञ्चमा झुल्किए। राजधानीस्थित नेपाल पुलिस क्लबको सभाहलमा दुवैले माओवादी केन्द्रका सांसद रहेका स्वर्गीय भक्तिप्रसाद पाण्डेको पुस्तक 'चाचा' एउटै मञ्चबाट सार्वजनिक गरे। अनि केही बेर मञ्चमा भलाकुसारी गरे। लगत्तै दुवैले एक अर्कासँगको सम्बन्धबारे समीक्षा गरे। मञ्चमा रहँदा प्रधानमन्त्री…
खोज पत्रकारिता केन्द्र काठमाडौं : संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’को सामाजिक मूल्य असाध्यै महँगो हुँदैछ। नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ देशको रोजगारी, कसरी? २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ–२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए। टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे। सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार…
काठमाडौं : देशका विभिन्न ठाउँमा लडेर तीन जनाको ज्यान गएको छ। इलामको दानाबारी–१ रातेखाडी भन्ने स्थानमा भीरबाट लडेर दानाबारी–१ का ४७ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको छ। दानाबारीको गोरखे भन्ने स्थानबाट घरतर्फ फर्कने क्रममा करिब १५ मिटर अग्लो भीरबाट लडेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। यसैगरी नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको…
रत्ननगर (चितवन) : पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ। पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ। आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्यालीले सौराहाको परिक्रमा गरेको छ। र्यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत…
काठमाडौं : नेपाल पुलिस क्लबको सभाहलमा स्वर्गीय नेता भक्तिप्रसाद पाण्डेको पुस्तक 'चाचा'को विमोचन कार्यक्रम थियो। त्यहीँ पुगेका थिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई। अलग्गिएको १४ महिनापछि एउटै मञ्चमा भेट जुराइदिएको थियो पाण्डेको पुस्तकले। पाण्डेको पुस्तक दुवैले एउटै मञ्चबाट सार्वजनिक गरे। अनि केही बेर मञ्चमा भलाकुसारी गरे। लगत्तै दुवैले…
बाँके (कोहलपुर) : कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस जलेर नष्ट भएको अवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। आगलागी भएको बसमा बस चालक र यात्रु कोही पनि नभएकाले बसमा आगलागी…
काठमाडौँ : माओवादी केन्द्रका सांसद समेत रहेका स्वर्गीय भक्तिप्रसाद पाण्डे 'चाचा'को विषयलाई लिएर सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जुहारी खेले। पाण्डेको बारेमा पुस्तक 'चाचा' सार्वजनिकीकरण कार्यक्रममा दुवैले स्वर्गीय पाण्डे आफैप्रति नजिक र उनको आस्था आफैप्रति रहेको दावी गरे। भट्टराईले भने – ‘अन्तिम अवस्थामा भक्तिप्रसाद पाण्डे प्राविधिक कारणले…