बर्लिनकाे क्रिसमस बजारमा ट्रकले हमला गर्न संलग्न रहेको अाशंका गरिएको ट्युनिशियाली शरणार्थी मारिएका छन्। घटनामा संलग्नताकाे आशंकामा प्रहरीले खोजी गरिरहेको अनिस आमरीलाई मिलान शहरमा गोली हानेर मारिएको हो। जर्मन अधिकारीले फिंगरपोइन्टको आधारमा मारिएको ब्यक्ती आमरीनै रहेकाे पुष्टी भएको बताइएको छ। सोमबार बर्लिनको क्रिसमस बजारमा भएको अाक्रमणमा १२ जनाको ज्यान गएको थियो। ४९ जना घाइते भएका थिए। हमलाका लागी प्रयोग भएको…
सातौं बृहत राष्ट्रिय खेलकुदको शुक्रबार राष्ट्रपतिले सुरु भएको घोषणा गरेसँगै औपचारिक सुरुवात भइसकेको छ। त्यसअघि नै महिला र पुरुष फुटबल तथा महिला र पुरुष क्रिकेट सुरु भइसकेका थिए। पहिलो पटक पूर्वाञ्चलको विभिन्न जिल्लामा आयोजना भइरहेको सातौंको आज दोस्रो दिन विभिन्न खेलको प्रतिस्पर्धा सुरु हुँदैछ। पुस २ गतेदेखि नै सुरु भएको महिला फुटबलको आज पदक छिनोफानो हुँदैछ। महिला फुटबलको स्वर्णका लागि विभागिय…
मस्को (रसिया) : रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले डोनाल्ड ट्रम्पको विजय रसिया बाहेक अन्यलाई अकल्पनीय रहेको बताएका छन्। अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावनाअनुरुप निर्वाचन अभियान सञ्चालन गरेर उनले राष्ट्रपतिमा विजय हासिल गरेको पुटिनको भनाइ छ। आफ्नो वार्षिक प्रेस सम्मेलनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सही ढङ्गले अमेरिकी नागरिकको भावनाको अध्ययन गरेको बताए। 'उनीहरुको भावना…
तुलसीपुर (दाङ) : चोरी मुद्दामा ९ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले पक्राउ गरेको छ। २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई ९ वर्ष कैद र रु ९९ हजार ७२ जरिवाना फैसला…
चितवन : पूर्वी चितवनको रत्ननगरमा इ–रिक्साको ठक्करबाट घाइते भएका एक वृद्धको गएराति मृत्यु भएको छ। रत्ननगर नगरपालिका–१ भक्तिनी बगैँचा नजिक ना १ ह ५१८५ नंको इ–रिक्साले खैरहनी नगरपालिका–१ ज्यामिरेका ६५ वर्षीय हिरालाल विकलाई ठक्कर दिएको थियो। विकको उपचारका क्रममा गएराति १२ बजे कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। इ–रिक्सा र चालकलाई…
रुकुम : सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका ३० गुम्टी (सडक किनारका ससाना काठका पसल) हटाइएको छ। मुसिकोट नगरपालिका, खलङ्गा बजार क्षेत्रमा रहेका गुम्टीलाई नगरपालिकाले राजनीतिक दलको सहयोगमा हटाइएको कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए। खलङ्गा बजार क्षेत्रअन्तर्गत सहिद मैदान, पुष्पलाल चोक, कालिका मन्दिर लगायत ठाउँमा त्यस्ता गुम्टी थिए। सार्वजनिक ठाउँमा बनाइएका पसलघरले बजार क्षेत्रको बाटो साँघुरो हुनाका साथै…
काठमाडौं : नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाउन नेपाल दुरसञ्चार प्राधिकरणले गरेको टेण्डरमा १३ देशका २० कम्पनीले इच्छा देखाएका छन्। पहिलो चरणको विज्ञापनमा कसैले चासो नदेखाएपछि प्राधिकरणले थप गरेको समयमा यी आवेदन परेका हुन्। टेन्डरको म्याद बुधबार सकिएको छ। स्याटेलाइटका लागि विश्वका प्रतिष्ठित सूचना प्रविध सम्बन्धि कम्पनीले आशयपत्र पेश गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए। भारत सरकार स्वामित्वको अन्तरिक्ष…
कैलाली : कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक कन्चनपुर गुलरिया-२ का २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको छ। से ४ प ५४०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उनको उपचार क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ। यस्तै, रौतहटको चन्द्रपुरमा हिजो बेलुकी ७ बजे ना ३६ प ३६०१ नम्बरको मोटरसाइकल र…
जाकर्ता : इन्डोनेसियाको पश्चिमी क्षेत्र नुसा तेङगारामा आएको ठूलो बाढीका कारण हालसम्म एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। प्रकोपका कारण शनिबार मुख्य विमानस्थल पनि बन्द गरिएको छ। बाढीले करिब २० हजार घर, ६० भन्दा बढी स्वास्थ्य संस्था र दुइटा पुलमा क्षति पुर्याएको छ। भीषण बाढी आएपछि सञ्चार र विद्युत सेवा समेत अवरुद्ध भएको राष्ट्रिय विपत व्यवस्थापन निकायका प्रवक्ता सुटोपो…
पहिलोपोस्ट आर्काइभ्स - काठमाडौँ : १७ वर्षअघि आजैको मिति (पुस ९, डिसेम्बर २४) मा काठमाडौँबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको यात्रुवाहक विमान अपहरण योजनालाई ‘फाइनल टच’ दिने काम ललितपुरको चिडियाखानामा भएको थियो। दुई वर्षअघि फेब्रुअरी २५ मा भारतको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) मार्फत् भारत सरकारले पञ्जाब एन्ड हरियाणा अदालतमा १० जनाविरुद्ध दायर गरेको मुद्दाको फैसला भएको थियो। अदालतको फैसला सार्वजनिक…
रुकुम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधान घोषणाका क्रममा केही कुरा छुटेकाले त्यसलाई पूरा गर्न सरकारले व्यवस्थापिका–संसद्मा संशोधन विधयेक दर्ता गराएको बताएका छन्। मधेसी, मुस्लिम, थारु, जनजाति लगायत पछाडि पारिएका समुदायको अधिकारलाई सुनिश्चित गर्न विधेयक दर्ता गराउनुपरेको उनले स्पष्ट पारे। संविधान बन्नुभन्दा पहिले एमालेकै प्रस्तावअनुसारको विधेयक अहिले आफूले ल्याएकाले विरोधका लागि मात्र विरोध नगर्न उनले प्रमुख प्रतिपक्षी एमालेलाई…
दुबई : नवौं नेफ्टा (नेपाल फिल्म टेक्निसियन एसोसिएशन) अवार्डमा फिल्म पशुपति प्रसाद सर्वोत्कृष्ट घोषित भएको छ। युएइको दुबईमा शुक्रबार अबेर सम्पन्न अवार्डमा पशुपति प्रसादसहित वडा नम्बर ६, प्रेमगीत र क्लासिकले धेरै विधामा बाजी मारे। दशक लामो सशस्त्र द्वन्द्वको सेटिङमा बनेको वडा नम्बर ६ बाट उज्वल घिमिरेले सर्वोत्कृष्ट निर्देशकको ट्रफी उचाले। कबड्डी कबड्डीबाट दयाहाङ राई अभिनेतातर्फ र नम्रता श्रेष्ठ क्लासिकबाट सर्वोत्कृष्ट…
नेपाल आर्मीका हरिकुमार रिमालले सातौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेका छन्। शनिबार बिहान इटहरीमा सम्पन्न पुरुष १५ सय मिटर दौडमा प्रथम हुँदै हरिले आर्मीलाई समेत पहिलो स्वर्ण दिलाए। आर्मीकै छत्रहादुर दाहले दोस्रो हुँदै रजत जित्दा नेपाल पुलिसका करण खड्काले कास्य पदक जिते। यस्तै महिलातर्फको १५ सम मिटरमा पनि आर्मीकै सरस्वती भट्टराईले स्वर्ण पदक जितिन्। सरस्वती सातौं राष्ट्रिय महिलातर्फ स्वर्ण जित्ने…
दुबई : युएईको दुबईमा शुक्रबार अबेर नवौं नेफ्टा (नेपाल फिल्म टेक्निसियन अवार्ड) को कार्यक्रम सम्पन्न भएको छ। फिल्म पशुपति प्रसादले सर्वोत्कृष्ट फिल्मको अवार्ड हात पार्यो। वडा नम्बर ६, प्रेमगीत र क्लासिकले धेरै विधामा अवार्ड पाए। अनमोल केसी वर्ष ०७२ का लोकप्रिय अभिनेता घोषित भए। पूजा शर्मा यस वर्षकै लोकप्रिय अभिनेत्री घोषित भइन्। सामाजिक कार्यबापत राष्ट्रिय योगदान दिएको भन्दै…
चुनवाङ (रुकुम) : शनिबार रुकुम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं युद्ध संग्रहालयको उद्घाटन गरे। जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गर्ने रुकुमको चुनवाङ बैठकको धेरैले चर्चा गर्ने गरेका छन्। सोही स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालयको स्थापना गरिएको थियो। ‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ। यही घरमा…
पोखरा : राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा शुक्रबारबाट सुरु सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ३० खेलमध्ये लनटेनिस खेल पोखरामा शनिबारदेखि सुरु भएको छ। सातौंमा समावेश ३० खेलमध्ये २७ खेल मात्र पूर्वाञ्चलमा हुँदैछ। त्यसबाहेक लन टेनिस पोखरा, फेन्सिङ काठमाडौं र स्क्वास ललितपुरमा अयोजना हुनेछ। प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६४ जना खेलाडीले १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका…
सिबी अधिकारी काठमाडौँ : विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ। मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको हो। ऐनमा अनुमति नलिई वायुयान अनधिकृत रूपमा नेपाल प्रवेश गरे एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ। ऐनको परिमार्जित…
गोविन्द लामिछाने इलाम : पर्यटकीय मौसम सुरु भएसँगै सूर्योदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन। घोडामा चढाएर पर्यटक डुलाउनमै उनी व्यस्त हुन्छन्। चियाबारीको सुन्दरता हेर्न कन्याम आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन्। ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ। घोडा चढेर पर्यटक रमाउन थालेपछि अहिले घोडावालाको आम्दानीका स्रोतसमेत बढेको छ। पर्यटकलाई घोडामा…
काठमाडौं : चौथो साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोली शनिबार भारतको सिलगुरी प्रस्थान गरेको छ। साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले शनिबार बिहानै एन्फा कम्प्लेक्समा बिदाइ गरेका थिए। आगामी सोमबारबाट सुरु हुने च्याम्पियनसिपको समूह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा यो…
सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा करातेतर्फ स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन्। विराटनगरस्थित शहिद रङ्गशालामा भएको कराते प्रतियोगिता अन्तर्गत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। उनले विस २०६५ मा काठमाण्डौंमा भएको पाँचौ र धनगढीमा २०६८ मा भएको छैठौं राष्ट्रिय खेलकुदमा…