काठमाडौँ : गद्दीच्युत राजा ज्ञानेन्द्र शाहले समय भड्किसकेपछि पश्चातापले कुनै अर्थ राख्दैन भन्दै बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलन गर्न आह्वान गरेपछि उनका समर्थकहरु राजधानीमा सडकमा उत्रिएका छन्। शाही युवा शक्ति नेपाल नामको संस्थाले आज नारायणहिटी दरबार अगाडि भेला भई मोटरसाइकल र्याली निकालेका छन्। यो संस्थाले राजसंस्था पुनर्बहालीको माग राख्दै गत वैशाख ३० गते उपत्यका बन्द आह्वान गरे पनि असफल भएको…
रोल्पा : केन्द्रमा नेपाली कांग्रेसको समर्थनमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता छ । पार्टी सभापती शेरबहादुर देउवा संशोधनको पक्षमा समर्थन खोज्न सक्रिय छन् । उता सोही दलका सांसद ५ नम्बर प्रदेशबाट रोल्पा टुक्राउन नहुने भन्दै आन्दोलनको नेतृत्व गरिरहेका छन् । मङ्सिर ७ गतेदेखि शुरु भएको चरणबद्ध आन्दोलनको नेतृत्व कांग्रेस सांसद अमरसिं पुनले गरिरहेका छन् । उनको नेतृत्वमा संयुक्त संघर्ष समिति…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ। राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते देशका ७५ जिल्लामा जिल्ला अधिवेशन गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरी…
डोटी : १० वर्षदेखि गौचरन बनेर बसेको दीपायल विमानस्थल धावनमार्ग कालोपत्रे गर्ने काम शुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भएको हो । सम्झौतासंगै कालोपत्रेको काम अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताए। कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको उनले बताए । “कालोपत्र गर्न धेरै गिट्टीको आवश्यकता…
काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीश र न्यायाधीशको सुरक्षामा १ सय ७४ जना प्रहरी खटिएका छन्। तीमध्ये ७० जना प्रहरी सर्वोच्च अदालतको सुरक्षामा खटिएका हुन्छन्। बिहीबार यही बाक्लो सुरक्षा घेराभित्र दुई जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दले। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको चार वर्षअघि भएको हत्यापछि न्यायाधीशहरुले सुरक्षा माग गरेका थिए।…
लोकमान कालोमोसो प्रकरण : अनुत्तरित चार प्रश्न सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएपछि त्यहाँको सुरक्षामाथि प्रश्न खडा भएका छन्। कालोमोसो दल्नेहरु पक्राउ परे पनि अदालत परिसरमा आक्रमणको घटना भएको छ। प्रवेशमा समेत कडाई रहेको अदालतमा सुरक्षा निगरानीमा त्यतिकै छ। कहाँ भयो त सुरक्षा चुक? कालोमोसो दलिएपछि लोकमानले भने- अब कतिको शरीरमा लुगा…
जाजरकोट : जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा रहेको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनिसक्यो । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन । यातायात सञ्चालन गर्न १० करोडको पुल बने पनि रिम्नादेखि छेपारेसम्म बाटो बनेको छैन । सो क्षेत्रको सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । रिम्नास्थित भेरी नदीमा अनक लुम्बिनी जेभी काठमाडौँले २ वर्ष लगाएर पुल बनाएको…
काठमाडौँ : पेशी बुझ्न बिहिबार सर्वोच्च अदालत पुगेका अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलियो। त्यसको ठिक ९ मिनेटमा कार्कीले अपिल जारी गर्दै महाभियोग प्रस्ताव र आफू विरुद्ध भइरहेका घटना नियोजित भएको जिकिर गरे। अदालत परिसरमै कालोमोसो दलिएका कार्की 'निरिह र रुन्चे' अनुहार बनाएर अदालतबाट बाहिरिएका थिए। तर उनले घटनाबारे उपस्थित पत्रकारलाइ कुनै प्रतिक्रिया दिएका थिएनन्। तर बिहीबार साँझ उनले…
रक्सि तस्कर अब्दुल लतिफबाट प्रेरित फिल्म रईस बनाउनु शाहरुख खानका लागी टाउको दुखाई बनेको छ । फिल्ममा पाकिस्तानी अभिनेत्री माहिरा खान रहेको भन्दै यस अगाडि राज ठाकरेले फिल्म चल्न नदिने धम्की दिएका थिए । ठाकेरेकोे घरैमा गएर उनलाई मनाउन शाहरुख सफल भए तर अर्को लफडा आइसक्यो । लतिफका छोरा मुश्ताक शेखले फिल्म रिलिज भए लगत्तै अदालतको ढोका ढक्ढक्याउने चेतावनी दिइसकेका…
बैतडी : दुई नगरपालिका र ५६ गाविसमा रहेको बैतडीमा प्रहरीको दरबन्दी ४ सय ३० जना मात्रै छ । त्यसमा पनि कार्यरत ३ सय ५० मात्रै हुन् । दुई लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको बैतडीमा एकजना प्रहरीले ७ सय १५ जनाभन्दा बढीको सुरक्षा दिने जिम्मेवारी छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, ट्राफिक प्रहरी पोष्ट, अस्थायी प्रहरी…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालत परिसरमै कालो मोसो दल्नेविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगत अनुसन्धान प्रकृया अगाडि बढाउने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रकाश शाही र चन्द्रबहादुर बुढालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्र्तगतको कसुर गरेको भन्दै अनुसन्धानका लागी हिरासतमा राख्ने न्यायिक म्याद माग्न जिल्ला प्रशासन कार्यालय लैजाने तयारी गरेको…
काठमाडौँ : विश्वभरका इसाई धर्मावलम्बीहरुले जिसस क्राइस्टको जन्मदिनको अवसर पारेर क्रिसमस मनाउँछन्। पछिल्लो समय क्रिसमस र अंग्रेजी नयाँ बर्ष नेपालमा पनि धुमधाम साथ मनाउने गरिन्छ। नेपालका विभिन्न ब्यापारिक मलहरुले क्रिसमस ट्री राखेर आफ्नो पसल र भवन सजाउँछन्। हेर्नुस् ललिपुरको 'लबिन मल'मा इलिट जोशीले खिचेको फोटो-
काठमाडौँ : चीनले निर्वासित तिब्बती नेता दलाई लामासँग भारतीय राष्ट्रपतिले भेटेको विषयमा भारतलाई चेतावनी दिएको छ। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ - चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु अघि अमेरिकाले दुई पटक सोच्छ भने भारत के हो? चिनियाँ पत्रिकाले संस्कार नभएको बिग्रिएको जिद्दी बच्चाको रुपमा भारतलाइ आरोपित समेत गरेको छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीले केहि दिन अघि निर्वासित धर्मगुगरु दलाई…
काठमाडौं: यो हप्ता फ्राइडे रिलिजमा कुनै पनि नेपाली फिल्म प्रदर्शन भएका छैनन्। गत हप्ता पनि प्रचार बिना नै दुई फिल्म 'तिमी बिना बाच्नु छैन' र 'प्रेमी' सिंगल थियटरबाट सार्वजनिक भएका थिएर ति दुबै फिल्मले व्यवसायिक एवंम दर्शक फ्लोको आधारमा राम्रो नगरेको हल व्यवसायिले बताएका छन्। फिल्म 'जात्रा'ले भने सिंगल थियटर तथा मल्टिप्लेक्समा अझै हाउसफूल शोहरु दिईरहेको छ। गतहप्ता १०० दिन…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले राजनितिक दलभित्र संविधान संशोधन विषयमा देखिएको विवादको समधान संसदबाट नै खोजिनुपर्ने बताएका छन्। काठमाडौँमा शुक्रबार सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विद्येयक दर्ताको बिषयमा देखिएको विवाद अस्वभाविक र असान्दर्भिक नभएकाले चित्त नबुझेका बिषयमा संसदमा नै छलफल गर्न दलहरुलाई आग्रह गरे। उनले अहिले दलहरुबीच भएको विवाद केहि दिनमा नै…
काठमाडौँ : सभामुख ओनसरी घर्तीमगरले संसद अवरोध खुलाउने विषयमा दलहरुलाई मिलेर अगाडि बढ्न आग्रह गरेकी छिन्। शुक्रबार राजधानीमा सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुखले घर्तीले दलहरु मिल्नुको बिकल्प नभएको बताइन्। असन्तुष्टिको आवाज वार्ता र संवैधानिक तवरले समेटेर समाधान खोज्नुपर्ने उनको भनाई थियो। 'लामो समयसम्म संसद अवरोध राखे संविधान कार्यन्वयको बिषयमा खतरा पैदा हुनसक्छ', उनले भने। घर्तीले दलहरुलाई साझा…
काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई कालोमोसो दल्ने दुई युवालाइ रिहा गर्न आग्रह गरेका छन्। उनले कालोमोसो दल्ने दुवैलाइ 'अबोध कारिन्दा' भनेका छन्। साथै उनीहरुले गोटीको रुपमा मात्र काम गरेको उल्लेख गरेका छन्। कार्कीले एक विज्ञप्ती जारी गर्दै प्रहरीले आफूलाइ कालोमोसो दल्ने क्रममा दर्शाएको तत्परताको समेत सरहना गरेका छन्। हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति…
काठमाडौँ : महोत्तरीको गौशाला–९ हर्षावा टोल बस्ने गुदर महतो सहित ३ जनालाई प्रहरीले विहिबार १ थान नलकटुवा पेस्तोल सहित पक्राउ गरेको छ। गुदरसहितका उनीहरुले सोही ठाउँमा संचालन गरेको ब्रोइलर कुखुरा फर्ममा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला परेको थियो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। उता कास्कीको मौजा–१ काफलडाँडा बस्ने ४६ वर्षीय रामजंग गुरुङलाई…
काठमाडौँ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीले आफुलाई कालो मोसो दल्नेलाई रिहा गर्न आग्रह गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कालो मोसो दल्ने दुई युवालाई एक सातासम्म थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। कार्कीले आफूलाई कालोमोसो दल्ने दुई युवक लाई रिहा गर्न आग्रह गर्दै विज्ञप्तीमार्फत कालोमोसो दल्ने दुवैलाइ रिहा गर्न आग्रह गरेका थिए। बिहीबार सर्वोच्च अदालत परिसरमा…
नेपाली खेलक्षेत्रकै कुम्भ मेला मानिएको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण अन्तत आजदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा हुँदैछ। पहिलो पटक पूर्वाञ्चल विकास क्षेत्रमा हुन लागेको बृहत खेलकुदको उद्घाटन सम्माननित राष्ट्रपतिले विराटनगर रंगशालमा गर्ने तय छ। सातौंमा पाँच विकास क्षेत्र र तीन विभागिय गरी कुल ८ टीमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। के के छन् त सातौंको विशेषता, यी हुन ७ हाइलाइट्स ५ वर्षपछि हुँदै …