PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

  • बस्नुअघि नै संसद बैठक स्थगित, सभामुखले डाकिन् प्रमुख सात दलका नेतालाई

    बस्नुअघि नै संसद बैठक स्थगित, सभामुखले डाकिन् प्रमुख सात दलका नेतालाई

    काठमाडौं : संसदको गतिरोध खुल्ने नदेखेपछि सभामुख ओनसरी घर्तीले आइतबार तोकिएको बैठक एक दिनअघि नै स्थगित गरेकी छिन्।   आइतबार दिउँसो १ वजे बस्ने गरी स्थगित भएको बैठक शनिबार स्थगित गरिएको हो। अबको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ।   शनिबार संसदको बैठक सरेको बारे सूचना जारी गर्नुअगाडि सभामुख घर्तीले माओवादी केन्द्र, नेपाली कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ : गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार ईसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमस परेका कारण गृह मन्त्रायलले बिदा दिने निर्णय गरेको हो। यसअघि ईसाइ धर्मावलम्बीहरुलाई मात्र बिदा दिने गरि राजपत्रमा सूचना प्रकाशित थियो।  गृह मन्त्रायलले शनिबार अबेर विज्ञप्ती प्रकाशित गर्दै बिदाको निर्णय लिएको हो। गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बिदा दिने निर्णय भएको पहिलोपोस्टसित पुष्टी गरे।   

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा दन्तबझान : प्रमुख दलका नेता छलफलमा भन्दा आरोपमा व्यस्त

    संविधान संशोधनमा दन्तबझान : प्रमुख दलका नेता छलफलमा भन्दा आरोपमा व्यस्त

    काठमाडौँ :संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सहमती जुटाउन भन्दा सत्ताधारी र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता दन्तबझानमा रुमल्लिएका छन् । जसरी पनि पास गर्ने सत्ताधारी गठबन्धन दलको हठ र जसरी पनि पास हुन नदिने प्रमुख प्रतिपक्षको मिच्याइले मंसिर १५ देखी जारी संसदको अवरोध जारी छ। संसदको गतिरोध खुलाउन पहल गर्नुपर्ने सत्ताको नेतृवकर्ता दल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ​के पूर्वराजा ज्ञानेन्द्रले विप्लव र सिके राउत भेटे? गृहमन्त्री निधि यसो भन्छन्

    ​के पूर्वराजा ज्ञानेन्द्रले विप्लव र सिके राउत भेटे? गृहमन्त्री निधि यसो भन्छन्

    काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले गणतन्त्र र संघीयताविरुद्ध प्रतिगमनकारीहरु र विध्वंसकारीहरुको मिलेमतो भएको खुलासा गरेका छन्।  पहिलोपोस्टका लागि दिइएको विशेष अन्तर्वार्तामा गृहमन्त्री निधिले भने, 'गणतन्त्र र संघीयताको खिलाफमा प्रतिगमनकारीहरु र विध्वंसकारीहरुको कतै न कतै (मिलेमतो छ)।'   (नेकपा माओवादीका नेत्रविक्रम चन्द) 'विप्लव' र सिके राउत सक्रिय छन्। उनीहरुको गतिविधिप्रति सरकारको तर्फबाट हामीले नजर राखिरहेका छौँ', उनले भने, 'कता…

    विस्तृतमा पढ्नुस्

  • ​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित, अफगानिस्तान पराजित

    ​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित, अफगानिस्तान पराजित

    काठमाडौं : एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गरेको छ। प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई २५-११, १८-२५, २५-१४, १९-२५ र १५-१३ ले पराजित गरेको हो। जारी च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो। पहिलो खेलमा माल्दिभ्सलाई हराएको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो। ५ टोली सहभागिता प्रतियोगिताको चौथो तथा अन्तिम लिग खेलमा नेपालले…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबलमा एपीएफ च्याम्पियन

    महिला फुटबलमा एपीएफ च्याम्पियन

    शसस्त्र प्रहरी बलको एपीएफले सातौँ खेलकुदअन्तर्गत महिला फुटबलमा च्याम्पियन बन्दै स्वर्ण जितेको छ। सुनसरीको दुहवी रंगशालामा भएको विभागिय डर्बी भिडन्तमा एपीएफले नेपाल पुलिसलाई फाइनलमा ट्राइबेकरमा ४-२ ले पराजित गरेको हो। निर्धारित समयको खेलमा पुलिसले एपीएफलाई दबाबमा राखेपनि दुवैतर्फबाट गोल भने भएन।  ट्राइबेकरमा एपीएफकातर्फबाट लक्ष्मी कुमारी पौडेल, मञ्जु डोङ, अनिता केसी  र सृजना चेमजोङले गोल गरे। एपीएफका तारा थिनले गरेको पेनाल्टी…

    विस्तृतमा पढ्नुस्

  • ​सटपुटमा चन्द्रकलाले जितिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

     ​सटपुटमा चन्द्रकलाले जितिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

    सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला सटपुटमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी छिन्। सुनसरीको इटहरी रंगशालामा शनिबार भएको महिला स्पर्धातर्फको सटपुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्।   चन्द्रकलाले ११ दशमलब ५६ मिटर दुरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी हुन्। यसअघि उनकै नाममा ११ दशमलब ४ मिटरको…

    विस्तृतमा पढ्नुस्

  • ​जुडोमा शनिबार ९ स्वर्णको छिनोफानो

    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको सहकार्यमा झापामा शनिवारदेखि बक्सिङ, आइटीएफ तेक्वादो, व्याटमिन्टन, जुडो र जिम्न्यास्टिक खेल सुरु भएको हो। प्रतियोगिता अन्तर्गत झापाको धुलावारीमा सम्पन्न जुडो खेलमा विभिन्न उमेर समूहका ४ महिलासहित ९ खेलाडीले स्वर्ण प्राप्त गरेका छन्। ४८ केजी समूह…

    विस्तृतमा पढ्नुस्

  • ​पुरुष फुटबल : पश्चिमाञ्चल र मध्यमाञ्चलको जित

    ​पुरुष फुटबल : पश्चिमाञ्चल र मध्यमाञ्चलको जित

    सातौं खेलकुद अन्तर्गत पुरुष फुटबलमा शनिबार पश्चिमाञ्चल र मध्यमाञ्चलले जित हात पारेका छन्। धरान एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले हरायो। पश्चिमाञ्चलको लागि पहिलो हाफको २५ औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गरे। बाँकी दुवै गोल दोस्रो हाफमा कप्तान अनिल गुरुङले गरेका थिए। दोस्रो हाफको ३० औं मिनेटमा अनिलले दोस्रो गोल…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी र पुलिसको जित

    सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागिय टीमहरु नेपाल आर्मी र नेपाल पुलिसले शनिबार जित हासिल गरेका छन्। आर्मीले सुदूरपश्चिमाञ्चललाई ८७ रनको फराकिलो अन्तरले हरायो भने पुलिसले पश्चिमाञ्चललाई १७ रनले पराजित गर्यो।  समूह ए अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले नरेश बुढाएरको नटआउट ८१ रनको मद्वतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रनको उच्च स्कोर बनाएको थियो। ४३…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपीएफ र मध्यमाञ्चलको विजयी सुरुवात, पूर्वाञ्चल हार्यो

    कप्तान पारस खड्कासहित राष्ट्रिय टीमका अधिकाँश खेलाडी सम्मिलित एपीएफले सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटतर्फ विजयी सुरुवात गरेको छ। शुक्रबार भएको समूह ए को पहिलो खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई २६ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले सन्दीप सुनारको अर्धशतकको मद्वतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। ओपनरद्वय सुवास खकुरेल र मोहम्मद आसिफ शेखलाई सस्तैमा…

    विस्तृतमा पढ्नुस्

  • अम्बिका गुरुङको ‘भाव–सागर–२’ सार्वजनिक

    अम्बिका गुरुङको ‘भाव–सागर–२’ सार्वजनिक

    काठमाडौं: गोकर्णको संयुक्त अपांग एकता आवाज केन्द्रमा शुक्रवार आधुनिक गीतहरुको एल्बम ‘भाव–सागर भाग–२’ तथा कविता संग्रह ‘भाग–सागर भाग–२’ सार्वजनिक गरिएको छ। अमेरिका बस्दै आएकी गीतकार तथा कवियत्री अम्बिका गुरुङले रचना गरेका गीतहरुको एल्बम तथा कविताहरुको संग्रह विमोचन भएको हो । केन्द्रमा आश्रय लिइरहेका ४१ जना अनाथ बालबालिकाहरुलाई सामुहिक भोजन तथा जाडोका न्याया लुगा वितरण गर्दै एल्बम तथा किताब लोकार्पण भयो…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

    सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

    काठमाडौं : एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशसँग पराजित भएको छ। पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको नेपाल शुक्रबार बंगलोदशसँग ३-० को सोझो सेटमा पराजित भएको छ। नेपालले २५-२१, २५-२०, २५-२३ को सेटमा पराजित भएको हो। तेस्रो सेटमा २३-२३ को बराबरी रहेपनि नेपालले लगातार दुई प्वाइन्ट गुमाउँदा सोझो सेटमा हार बेहोरेको हो। च्याम्पियनसिपमा नेपालले…

    विस्तृतमा पढ्नुस्

  • ​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

    ​सातौं राष्ट्रिय खेलकुद : महिला फुटबलको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

    काठमाडौं : विभागिय क्लबहरु नेपाल पुलिस र शसस्त्र प्रहरी बलको एपीएफ सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार दुहबी रंगशालमा भएको पहिलो सेमिफाइनलमा पुलिसले मध्यमाञ्चललाई ५-० को अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। पुलिसको जितमा निरु खड्काले ह्याट्रिक गरिन् भने निर्मला उपाध्यायले दुई गोल गरिन्। यता विभागिय भिडन्तमा एपीएफले नेपाल आर्मीलाई ३-० ले पराजित…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापतिले भने : पेशेवर ढङ्गले काम गर

    प्रधानसेनापतिले भने : पेशेवर ढङ्गले काम गर

    काठमाडौँ :पूर्वी पृतनाका युनिटको निरीक्षण  गर्ने संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज पुगेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले पेशेवर ‘ढङग’ले काम गर्न निर्देशन दिएका छन् । निकुञ्जको सुरक्षामा खटिएका सैनिक कर्मचारीलाई सम्बोधन गर्दै उनले उच्च मनोबलका साथ अनुशासित, र संयमित भएर काम गर्न निर्देशन दिएका हुन् ।  क्षत्री शुक्रबार विराटनगर रङ्गशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी भएका थिए। शनिवार पाँचथरको फिदिमस्थित…

    विस्तृतमा पढ्नुस्

  • १९ फोटोमा हेर्नुस् सातौँ राष्ट्रिय खेलकुद उद्घाटनको रमझम

    १९ फोटोमा हेर्नुस् सातौँ राष्ट्रिय खेलकुद उद्घाटनको रमझम

    बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण शुक्रबारबाट पूर्वाञ्चलमा औपचारिक रुपमा उद्घाटन भएको छ। सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको शहीद रंगशालमा आयोजित समारोहमा घोषणा गरेपछि बृहत खेलकुदको उद्घाटन भएको हो। सातौं राष्टिय खेलकुद सफलताको निम्ति शुभकामना दिँदै भनिन्, 'सातौं खेलकुदको औपचारिक सुरुवात भएको घोषणा गर्दछु।'   तीन पटक सारिएको सातौं खेलकुद तोकिएको समयभन्दा तीन वर्षपछि सम्भव भएको हो। हरेक २ वर्षमा हुने…

    विस्तृतमा पढ्नुस्

  • सातौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको फराकिलो जित, आर्मीसँग हार्‌यो साविक विजेता सुदूरपश्चिम

    सातौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको फराकिलो जित, आर्मीसँग हार्‌यो साविक विजेता सुदूरपश्चिम

    इटहरी : सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागिय क्लब शसस्त्र प्रहरी बलको एपीएफ र नेपाल आर्मीले विजयी सुरुवात गरेका छन्। धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा आज भएको समूह बी को खेलमा एपीएफले मध्यमाञ्चललाई ८-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। एकतर्फी भएको खेलमा एपीएफलाई जिताउन युवराज खड्का एक्लैले ४ गोल गरे। यस्तै रन्जन विष्ट, श्याम नेपाली र राजेन्द्र रावलले…

    विस्तृतमा पढ्नुस्

  • लिबिया विमान अपहरणका सबै यात्रु मुक्त

    लिबिया विमान अपहरणका सबै यात्रु मुक्त

    लिबियाबाट त्रिपोलीका लागी उडेको विमान अपहरणगरी माल्टाको राजधानी बलेत्ता पूर्याइएको विमानका सबै यात्रु मुक्त भएका छन्। लिबियाको अफ्रिकिया एयरवेजको ए ३२० विमानलाई शुक्रबार अपहरण गरिएको थियो। माल्टाका प्रधानमन्त्रीले ११८ जना चढेको विमान अपहरणमा परेको पुष्टि पहिलो पटक गरेका थिए।  सेबाहवाट त्रिपोलीका लागी उडेको विमानलाई आकाशवाटै मोड्न लगाएर माल्टा लगिएको थियो। माल्टाका प्रधानमन्त्री जोसफ मस्कटले टुइट मार्फत अपहरणकारीले विमानमा रहेका यात्रु…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुद : खोखोमा आर्मीको दुवै टिमको दोहोरो जित

    सातौं राष्ट्रिय खेलकुद : खोखोमा आर्मीको दुवै टिमको दोहोरो जित

    नेपाल आर्मी क्लबले पुरुष र महिला दुवै टिमले सातौं राष्ट्रिय खेलकुद २०७३ अन्र्तगतको खोखोमा पहिलो दिन दोहोरो जित हात पारेको छन्। मोरङ्गको इनरवामा भएको पुरुषको खेलमा आर्मीले पश्चिमाञ्चललाई १९–३ र पूर्वाञ्चललाई १३–५ले पराजित गर्न सफल भयो। यस्तै महिलातर्फ पनि आर्मीले दोहोरो जित आत्मसाथ गर्‌यो। महिला तर्फको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–७ र पूर्वाञ्चललाई ५–२ ले पराजित गरेको हो। पुरुषतर्फकै अन्य खेलमा…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र पूर्वाञ्चलको जित

    सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन महिला क्रिकेटमा एपीएफ र  पूर्वाञ्चल विजयी भएका छन्। पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चललाई ६१ रनले पराजित गर्‌यो। टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय १५ रन बनाएको थियो। जसमा सरीता मगर र विनु बुढा मगरले ३३ रनको योगदान गरे। मध्यपश्चिमाञ्चलकी अस्मीना कर्माचार्य र राजी पहाडीले १/१ विकेट लिए। १…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell