बेइजिङ : चीनमा सन् २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन्। चीनको संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा १ लाख ७ हजार जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो। ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिका कारण चीनमा ठूला दुर्घटना गम्भीर समस्याका रुपमा रहेका छन्। बसको लामो दुरीको यात्राका कारण…
काठमाडौं : स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बुधबार परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ (दफा ५२ (६७) मा उल्लेख भएअनुसारको आचरणसम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्रालयको चिकित्सा…
भक्तपुर: बन्दकर्ताले भतपुरको मध्यपुरथिमिमा बा ३ ख २४६५ नंम्वरको मिनीबसमा तोडफोड गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले इन्धनमा भएको मुल्यबृद्धीको विरोधमा बन्दको आव्हान गरेको थियो। बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले बसमा ढुंगा प्रहार गर्दा एक जना यात्रु घाइते भएका थिए। घाईतेको उपचारपछि घर फर्किसकेको डीएपी कृष्णा चापागाईले बताए । प्रहरीले बन्द गराउदै हिडेका माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य,…
काठमाडौं : सरकारले पुनर्निर्माणमा करार सेवामा कार्यरत रही दुई दिनअघि राजीनामा दिएका करिब १२ सय इन्जिनियरलाई ७५ प्रतिशत भत्ता बढाएको छ। सरकारले दिएको सेवासुविधामा असन्तुष्टि जनाउँदै भूकम्प पीडितलाई दिने राहतमा पनि अनावश्यक झन्झट रहेको कारण देखाएर करिब १२ सय इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियरले सामूहिक राजीनामा दिएका थिए। उनीहरुले स्थानीयस्तरमा आवास, कार्यालय र चाडबाड भत्ताका विषयमा राखेका माग…
काबुल : अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको घरमा बुधबार बेलुका भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। बुधबार बेलुका दक्षिणी हेल्मन्ड प्रान्तका सांसद मिर वालीको घर खोशाल मिनामा आक्रमण भएको थियो। आक्रमणकारीहरु मध्ये दुई जना बन्दुकधारी घरभित्रै पसेर आक्रमण गरेको प्रहरी अधिकारीले जनाएका छन्। आक्रमणकारी विरुद्ध सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा बिहीबार बिहान दुई जना आतंककारीको मृत्यु भएको एक…
दाङ : लमही–घोराही सडकखण्डको मसोट खोलामा लु२ख ७७६ नम्बरको बस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन्। प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठ र अर्का एकको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिए। …
काठमाडौँ : व्यवस्थापिका–संसद्, विकास समितिले ‘जनकपुर–जयनगर रेल’ मार्ग यसै आर्थिक वर्षमा सञ्चालन हुनेगरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई काठमाडौँ मेट्रो रेलको काम अगाडि बढ्ने गरी पुनः सम्भाव्यता अध्ययन गर्न, रेल मार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन र अन्य जग्गा संरक्षण गर्न, नदीजन्य सामग्री…
काठमाडौँ : संघीय गठबन्धनले संविधान संशोधनमा एमालेले गर्दै आएको विरोधलाई 'नश्लीय अभिव्यक्ति'को आरोप लगाउँदै त्यसले मुलुकमा जातीय र सामाजिक सहिष्णुतालाई भड्काउने काम गरेको टिप्पणी गरेको छ। साथै गठबन्धनले एमाले आन्दोलनले मुलुक विभाजन गर्नेतर्फ उन्मुख गराएको उल्लेख गर्दै राष्ट्रिय एकतालाई कमजोर गरी मुलुकलाई अनिश्चितकालीन गृहयुद्धतर्फ धकेल्ने प्रतिगमानकारी गतिविधि भनेको छ। गत मंसिर १४ गते संसदमा सरकारले संविधान संशोधन विधेयक दर्ता…
फिफाले जारी गरेको डिसेम्वर महिनाको नयाँ वरीयतामा नेपाल १८१ औं स्थानमा यथावत रहेको छ। नोभेम्वरमा वरीयता सार्वजनिक भएयता कुनै पनि खेल नखेलेको नेपालको कुल ९० अंक छ। मलेसिया सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपालले नोभेम्वरमा ५ अंक जोड्दै वरीयतामा ५ स्थान सुधार गर्दै १८१ औं स्थानमा उक्लेको हो। गत वर्ष डिसेम्बरमा नेपाल १९३ औं स्थानमा थियो तर वर्षको सुरुवातमै…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध अदालतमा परिसरमा हातपात भएको छ। आफ्नो मुद्दाको तारेख बुझ्न अदालत पुगेका दुईमध्ये एक व्यक्तिले हमला गरेका हुन्। पहिलोपोस्टका दीपेन श्रेष्ठका अनुसार कार्कीलाइ अदालत परिसर भित्रै एक व्यक्तिले हातपात गरेका हुन्। आफूलाई माओवादी कार्यकर्ता बताउने दुई जनाले हातमा कालो मोसो लिएर पेशी लिने ठाउँमै पुगेर लोकमानलाई आक्रमण गर्ने क्रममा प्रहरीले पक्राउ…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालत परिसरमा हातपात भए पनि अहिलेसम्म प्रहरी समक्ष बुझाइएको छैन। 'अदालत परिसरभित्र प्रवेश गर्ने हामीलाई अनुमति हुँदैन', महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने, 'घटनाबारे जानकारी पायौँ तर पक्राउ परेकालाई न्यायिक प्रहरीले हामी समक्ष बुझाइसकेका छैनन्।' न्यायाधीशमाथि आक्रमणको घटना बढेपछि प्रहरी प्रधान कार्यालयले एसपीको नेतृत्वमा…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई आज सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जनाको परिचय खुलेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने दुई जनामा *प्रकाश शाही र चन्द्रबहादुर बूढा रहेका छन्। उनीहरुले किन आक्रमण गरेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको छ। पहिलोपोस्ट सहकर्मी दीपेन श्रेष्ठका अनुसार आक्रमण लगत्तै उनीहरुले नेकपा माओवादी जिन्दावाद र हत्यारालाई…
काठमाडौँ : निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकानसिंह कार्कीले आफू विरुद्ध दर्ता भएको महाभियोगबारे मुख खोलेका छन्। अदातलमा कार्की विरुद्ध कालोमोसो सहित भएको आक्रमण लगत्तै कार्कीले अपिल जारी गर्दै महाभियोगबारे बोलेका हुन्। आक्रमणको दश मिनेट भित्रै भएको झण्डै १५ सय शब्दको अपिलमा उनले आफू भ्रष्ट्राचार विरुद्ध लागेबापत 'फूलको संरक्षणण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भएको उल्लेख…
काठमाडौँ : निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकानसिंह कार्कीले आफू विरुद्ध दर्ता भएको महाभियोगबारे मुख खोलेका छन्। अदातलमा कार्की विरुद्ध कालोमोसो सहित भएको आक्रमण लगत्तै कार्कीले अपिल जारी गर्दै महाभियोगबारे बोलेका हुन्। आक्रमणको दश मिनेट भित्रै जारी भएको झण्डै १५ सय शब्दको अपिलमा उनले आफू भ्रष्ट्राचार विरुद्ध लागेबापत 'फूलको संरक्षणण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भएको उल्लेख…
काठमाडौं : नेपालका तर्फबाट 'मिसेस ग्लोब २०१६'मा सविता पाण्डेले मिसेस इनर्जेटिकको उपाधि जितेकी छिन्। चीनमा भएको सो ब्युटी प्याजेन्टमा उनले टप ३० सम्म मात्र आफ्नो यात्र तय गरिन्। पहिलोपोस्टलाई जानकारी दिँदै पाण्डेले भनिन्, 'विवाहितहरुलाई प्रेरणा दिने यस्तो इन्टरनेशनल कन्टेस्टमा कुनै उपाधि जित्नु पनि सफलता नै मानेको छु।' डिसेम्बर ११ मा सम्पन्न भएको कार्यक्रमपछि उनी नेपाल फर्किएकी छिन्। नेपालबाट…
राष्ट्रिय फुटबल टीमका कप्तानसहित विमल घर्ती मगर जस्ता स्टार खेलाडी रहेको पश्चिमाञ्चल सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमै पराजित भएको छ। सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहिबार भएको खेलमा पश्चिमाञ्चललाई मध्यमाञ्चलले ३-० ले पराजित गरेको हो। मध्माञ्चलले तीनै गोल दोस्रो हाफमा गरेको थियो। मध्यमाञ्चलका लागि निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले गोल गरे। विहिबारै भएको पहिलो…
मोरङ : संविधान संशोधन प्रस्तावको विषयमा मौन रहेका नेकपा एमालेका नेता माधव कुमार नेपालले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन् । संशोधन प्रस्ताव दर्तासंगै अमेरिका लागेका नेपाल स्वदेश फर्किए पनि उनले जारी राजनीतिक गतिरोधबारे आफ्नो धारणा सार्वजनिक गरेका थिएनन् । बिहीबार मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै नेपालले दलबीच छलफल गरी सहमतिमै संविधान संशोधन प्रस्ताव स्थगन…
काठमाडौं : बंगलादेशमा आजबार सुरु भएको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो। प्रतिस्पर्धात्मक पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट भने २५-१५ ले गुमाएको थियो। तर त्यसपछिका दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले खेल जितेको हो। नेपालले तेस्रो सेट २५-१९ तथा चौथो सेट २६-२४…
जापान : कडा हावा, हुरीका कारण फैलिएको आगोका विशाल लप्काले जापानको सामुन्द्रिक तटवर्ती एक सानो नगरको १ सय ४० घर जलाएको छ । जापानको निगाता जिल्लाको इतोइगावा उपनगरको स्थानीय एक रेस्टुराँबाट बिहीबार बिहान आगो सल्केको थियो । आँधीबेहरीले आगो फैलाएपछी उग्ररूप लिँदै ठुलो लप्का बनेपछी इतोइगावाका १ सय ४० आवासीय र अन्य ठूला भवन जलेका छन् । इतोइगावा उपनगर राजधानी…
काठमाडौँ : फेसबुकलाई माध्यम बनाई अपराध गर्नेहरुको संख्या बढ्दै गए पनि त्यस्ता उजुरीको अनुसन्धान गरी फेसबुक हेडक्वार्टरमै जानकारी माग गर्नेको संख्या भने एकदमै न्युन देखिएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार चालु आर्थिक वर्षमा ४ सय ५६ वटा उजुरी फेसबुकसँग सम्बन्धित छन्। फेसबुकले वर्षको अन्तमा जारी गरेको जनवरी २०१६ देखि जुन २०१६ अर्थात् ६ महिनाको तथ्याङ्कमा भने कानुनी प्रक्रियाका…