अङ्कारा (टर्की) : टर्कीका लागि रसियाली राजदूत एन्ड्रेई कार्लोभको हत्याबारे छानबिन गर्न रसियाको १८ सदस्यीय अनुसन्धान टोली अङ्कारा पुगेको छ। टर्कीसँग समन्वय गरी सो टोली अनुसन्धान गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रसियाली टोलीमा एक अभियोजनकर्ता र दुई नागरिक रक्षा सम्बद्ध अधिकारी रहेको र टर्कीका अधिकारीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिने यहाँको निजी एनटीभी च्यानलले जनाएको छ। यसैबीच टर्कीले…
दोलखा : कतारमा रहस्यमय रुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परे पनि स्वदेश ल्याउने पहल हुन सकेको छैन। वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दुको गत मङ्सिर २४ गते रहस्यमय मृत्यु भएको थियो। कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई…
धनगढी : कैलाली कारागारमा रहेका मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले कारागारबाटै पार्टीको सदस्यता त्यागेका छन्। आफू जेलमा बस्दा पार्टी नेतृत्वले कुनै वास्ता नगरेकाले पार्टीको सदस्यबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने मनसाय राखेको थारुले बताए। पार्टीको सदस्यता त्याग गरेकोसम्बन्धी जानकारी फ्याक्समार्फत सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पठाइएको छ। स्वतन्त्र जीवनयापन गर्दा कानुनी उपचारका साथै अनुसन्धान एवम्…
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले काभ्रेपलाञ्चोक सानो बाङ्थलीकी लक्ष्मी परियारको मृत्युको विषयमा स्थलगत अनुगमन गरेको छ। आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक अनुगमनबाट प्राप्त तथ्यअनुसार गत मङ्सिर २० गते परियारलाई स्थानीय चार जनाको संलग्नतामा भनाभन र गालीगलौज पश्चात् कुटपिट गरिएको, बोक्सीसमेत भनी निजलाई स्थानीय श्री सूर्योदय माविको चौरको खम्बामा बाँधी मुखमा मलमुत्र समेत दल्ने,…
काठमाडौँ : काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ। थप ४० वटा ठूला सिटी बस भित्र्याउने प्रालिको तयारी छ। यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको प्रालिका अध्यक्ष मधुसुदन अधिकारीले बताए। महानगरले अब…
रियल मड्रिडमाथि लागेको खेलाडी अनुबन्धन प्रतिवन्ध अवधि एक सिजनमा घटाइएको छ। यसअघि फिफाले दुई सिजनका लागि खेलाडी अनुबन्ध गर्नबाट रोक लगाएपछि रियलले कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गरेको थियो। जस अनुसार कासले रियलको प्रतिबन्ध घटाएको हो। रियलले यस सिजनको जनवरी विन्डोमा खेलाडी किन्न पाउनेछैन तर आगामी समरमा भने अनुबन्ध गर्न सक्नेछ। यस्तै रियलमाथि लगाइएको जरिवाना पनि घटाइएको छ। यसअघि…
काठमाडौँ : भाषा आयोगले आफ्ना काममा सहयोग लिन विज्ञहरुको एक समूह गठन गरेको छ। आयोगले सो समूहमा वैरागी काइँला (तिलविक्रम नेम्वाङ), प्राडा योगेन्द्रप्रसाद यादव, प्राडा चूडामणि बन्धु, प्राडा नोवलकिशोर राई, प्राडा माधवप्रसाद पोखरेल, प्राडा तेजरत्न कंसाकार, प्राडा जीवेन्द्रदेव गिरी, प्राडा दानराज रेग्मी र प्राडा रुद्रलक्ष्मी श्रेष्ठलाई राखेको छ। आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा क्षेत्रमा लामो समयसम्म योगदान…
काठमाडौं : बानेश्वरमा मोटरसाइकल र मिनी ट्रकले एकैसाथ ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा ओखलढुङ्गा घर भई हाल काठमाडौं थापागाउँ बस्ने १४ वर्षीय सुमन राई रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा निजामती अस्पताल मीनभवनमा मंगलबार बेलुकी मृत्यु भएको हो। घाइते बर्दियाका दिपेश थारु र अनिल थारुको भने सोही…
सुदर्शन सापकोटा/प्रभात भट्टराई नुम (संखुवासभा) : दलानमा घाम ताप्दै दिलकुमारी अधिकारी कराहीमा दालभात खाँदै थिइन्। १० वर्षअघि पेट पाल्न नुम दोभान झरेकी दिलकुमारीको हातमा अहिले साढे २ करोड रुपैयाँ परेको छ। तर, उनको रासोबासोले त्यसको छनक दिँदैन। अरुण किनारको दोभान, जहाँ १६ घर छन्। यहीँ बन्दै छ आयोजनाको ड्याम दोभान अरुण पूर्व र पश्चिम जोड्ने जक्सन हो। खाँदवारीबाट…
काठमाडौं : बंगलादेशमा बुधबारबाट सुरु हुने एभिसी सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालसहित ५ राष्ट्रको सहभागिता रहने भएको छ। जसमा आयोजक बंगलादेश, नेपाल, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्थान छन्। नयाँ प्रशिक्षक जगदिश भट्टको कमाण्डमा रहेको नेपाली राष्ट्रिय भलिबल टोली च्याम्पियनसिपमा सहभागि हुन मंगलबारै बंगलादेश पुगिसकेका छन्। इम रानाको कप्तानीमा रहको नेपाली टोलीमा यस पटक ३ नयाँ अनुहार छन्। नरेन्द्र गिरी, भुवन…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दाको सुनुवाइ बिहीबारदेखि हुँदै छ। यसअघि नै न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासले मुद्दाको लगातार सनुवाइ गर्ने आदेश गरिसकेको छ। गत मंसिर १६ गतेका लागि तय भएको कार्कीको मुद्दाको पेशी उनका तर्फबाट नियुक्त वकिल वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी परेका…
काठमाडौं : चलचित्र होस्टेलबाट चर्चामा आएकी नायिका रिस्ता बस्नेतको परिचय फेरियो बुधबारबाट । अर्धकट्टी, आधापेज लगायतका चलचित्रमा अभिनय गरेकी उनी अब नायिका मात्रै रहिनन्, नेपाली कांग्रेस सदस्य समेत भइन्। निर्देशक रमेश बुढाथोकी सहित १० कलाकार एकाविहानै काग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे र कांग्रेस प्रवेश गरे। नक्कली हिसिला बनेर चर्चामा आएकी विपना बस्नेत पनि कांग्रेस प्रवेश गरिन्। आफ्नाे निवास…
विश्व फुटबलमा यो कहिल्यै नटुंगिने बहस हो, को उत्कृष्ट रोनाल्डो की मेसी। सबैको आ-आफ्नै फेभरेट हुन सक्छन्, तर स्पानिस ला लिगामा गरेको गोललाई तुलना गर्ने हो भने दुवै खेलाडीलाई अलग गर्न मिल्दैन। सन् २००९ मा इंगलिस महारथी म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिय आएयता रोनाल्डो र बार्सिलोनाका लिायेन मेसीले ला लिगामा समान २७० गोल गरेका छन्। २००९ यता रोनाल्डोले २४७ खेलमा २७०…
पोखरा : पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पिम्फ आजदेखि पोखरामा सुरु भएको छ। पोखरा सभागृहमा तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाललगायत २२ देशका ५२ वटा चलचित्र देखाइनेछ। गत वर्ष वैशाख १२ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको विषयलाई केन्द्रित गरी बनाइएको वृत्तचित्र ‘बारपाक’बाट महोत्सवको शुभारम्भ गरी जुम्लाको सिञ्जा क्षेत्रको एउटा गाउँको बारेमा बनाइएको वृत्तचित्र…
काठमाडौं : संविधान संशोधनको प्रस्तावसंगै प्रमुख दलविच दुरी बढिरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाहले क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भएको आरोप लगाएका छन्। बुधबार अकस्मात विज्ञप्ती जारी गरेर उनले यो आफुलाई असैहृय बनिरहेको छ उल्लेख गरेका छन्। मुल्य मान्यतामा आधारित राजनीति नहुनु शक्ति पृथकिकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको दावी…
काठमाडौं : सातौं राष्ट्रिय खेलकुद–२०७३ अन्तर्गत महिला फुटबलमा बुधबार भएको दुवै लिग खेल बराबरीमा टुंगिएको छ। समूह ‘क’ को खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब र नेपाल प्रहरी क्लबले १-१ को बराबरी खेले। धीमकुमारी गुरुङले १८ औं मिनेटमा गोल गर्दै प्रहरीलाई अग्रता दिलाएकी थिइन्। तर एपीएफकी तेजकुमारी गुरुङले ३८ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो। बराबरीसंगै प्रहरी विजेता र…
काठमाडौं : संविधान संशोधनको प्रस्तावले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेतृत्वविच दुरी बढ्दो छ । बढ्दो दुरीसँगै नेपालको संविधानले स्विकार गरिसकेको संघियतालाई चुनौती दिन प्रमुख दलका नेता नै अग्रसर देखिएका छन्। संविधान संशोधनको प्रस्ताव नेपाल र नेपालीको हितमा नआई छिमेकी मुलुकको इसारामा आएको दावी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मात्रै हैन, सत्ताधारी दल माओवादी केन्द्र…
तुल्टेपेक (मेक्सिको): मेक्सिकोको ठूलो पटाका बजारमा मङ्गलबार भएको भीषण विस्फोटमा परी ३१ व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ७२ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। मेक्सिको राज्यमा प्रमुख अभियोक्ता एलेजन्ड्रो गोमेजका अनुसार सुरुमा यस विस्फोटमा परी नौ मृत्यु भएको जानकारी दिइएको थियो। तर पछि यो सङ्ख्या बढेर ३१ पुगेको हो। घाइते मध्ये घेरैको अवस्था चिन्ताजनक…
काठमाडौं: बन्द भएको टेलिश्रृङ्खला 'तीतो सत्य' पुन: प्रसारणमा आउने भएको छ। हास्यकलाकार दीपकराज गिरीका अनुसार टेलिश्रृङ्खला पुन: संचालनको तयारी गरिएको हो। फिल्म छक्कापञ्जाको सय दिन कटेको उपलक्ष्यमा आयोजित 'कलाकार सम्मान' कार्यक्रममा उनले तीतो सत्य प्रसारणमा आउने जानकारी दिए पनि सिरियलमा आफू देखिने नदेखिने निश्चित नभएको बताए। उनले अप्रत्यक्ष रुपमा तीतो सत्यमा भूमिका निभाउने खुलाए। 'स्क्रिनमै देखिनु आवश्यक छ जस्तो लाग्दैन,'…
जर्मनीको बर्लिनमा क्रिसमस बजारमा ट्रकले कुल्चिदा १२ जनाको ज्यान गयो भने ४८ जना गम्भिर घाइते भए । आतंकी हमलाको आशंका गरिएको उक्त घटनापछी बर्लिन विस्तारै ब्युझिने प्रयासमा छ । हेरौं केही तस्विर बर्लिनमा सोमबार ट्रक आक्रमणमा मारिएकाको सम्झनामा फुलको विचमा बालिएको मैनबत्ति जर्मनको बर्लिनमा क्रिसमसको सजावटका लागी राखिएको सामाग्रिमा देखिएको क्यान्डल, फुल र मेमोरियल चर्चको छाँया । क्रिसमस बजार जहाँ…