हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ। हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ। प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो। ठेक्का…
कावासोती : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका-३ मा टिपर भिरबाट खस्दा बिहीवार दुई जनाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका-३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २-०३-००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो। भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने…
सल्यान : प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई प्रक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीको हत्या अभियोगमा उनकी श्रीमती ४३ वर्षीया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो। बुधवार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि बिहीवार पक्राउ गरिएको जिल्ला…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीवार अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरिन्। संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्। नेपाल र भारतीय सेनाबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा…
कास्की : नेपाल ह्याण्डबल संघले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ। कोरोनाका कारणले विगत सात महिनादेखि खेलकुद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले बताए। ह्याण्डबल खेलको विकासमा योगदान गर्ने पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषाका पवनलाल कर्ण, उदयपुरका मातृका राई, सुर्खेतका भुवन शाही, सशस्त्र प्रहरीबलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी…
जलेश्वर : प्रदेश नम्बर २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुमाल समुदायको माटाका भाडा बनाउने पुर्ख्यौली पेशा हाल संकटमा पर्न थालेको छ। परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुमाल समुदाय आधुनिकतासँगै आफूले निर्माण गरेको माटोका सामग्री बिक्री हुन छाडेपछि पेशा नै संकटमा पर्दै…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६ औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ। त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो। पुसमा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र…
नवलपुर : चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए। मृत पोथी…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधवार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा…
डोल्पा : हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ। जिल्लामा कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिनानै नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो। हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। ‘जिल्लाका…
वीरगंज : रौतहटको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको एक अर्ब रुपैयाँ फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन्। सङ्घीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको सो रकम शहरी विकास तथा भवन कार्यालय अन्तरगत गौरमा रहेको सो एकाइले खर्च गर्न नसेर फ्रिज भएपछि आक्रोसित नेपाल राष्ट्रिय मुसहर संघ र…
पर्वत : कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ। कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो। कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमवार रातिदेखि लकडाउन जारी रहेको छ। त्यसैगरी, जलजला गाउँपालिकामा मंगलवार रातिदेखि लागू हुने गरी कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको…
पाँचथर : पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्याक्ट ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा संक्रमण देखिएको हो। फिदिमका ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजिटिभ आएको हो। जसमा तीन जना बन्दीसमेत रहेका छन्। बुधवार…
बनियानी: झापाको मेचीनगर–१० स्थित शान्ति समाज टोलबाट पटकासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर–५ का २९ वर्षीय प्रशन्नजीत दर्जी र टेम्पोचालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन्। भारतबाट नेपालतर्फ लुकाइछिपाई मे१ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मङ्गलबार साँझ ६:४५ बजे अटोलाई नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा अटोभित्र १३ बोरा विभिन्न किसिमका पटका…
इनरुवा: छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए। भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए। छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१…
राँझा : बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ। घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका–४ दैलेख निवासी धनबहादुर रोका, कुमाख…
डोटी : बालिका बलात्कारको अभियोगमा डोटीको जोरायल गाउँपालिका-५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन्। सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बालिकाका आफन्तले मुद्दा दर्ता गरेपछि पक्राउ परेका हुन्। प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्पर्कविहीन भएपछि उनलाई गएराति कैलाली जाँदै गर्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीमा…
किमाथाङ्का : सङ्खुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले सडकदेखि करीब ४००…
पर्वत : पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको आधा किलोमिटर लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ (पिङ) व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एकमात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यावसायिक रुपमा सञ्चालन आएका हुन्। झण्डै २८ करोड रुपैयाँको लगानीमा साहसिक खेलका परियोजना तयार भएका हुन्।…
सर्लाही : कोभिड-१९ का कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ। माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ को परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि पुनः शुरु हुँदैछ। उक्त परीक्षामा सामेल हुन विद्यार्थीले ५०० रुपैयाँ थप दस्तुर बुझाउनुपर्ने विद्यालयले नियम बनाएका हुन्। यसअघि गत वर्ष नै परीक्षा दस्तुरबापत प्रतिविद्यार्थी ६००…