काठमाडौं : काठमाडौंको टोखा नगरपालिका-५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो। धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले…
भरतपुर : चितवनमा कारको ठक्करबाट शुक्रवार एक महिलाको मृत्यु भएको छ। खैरहनी नगरपालिका-१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका-२ बस्ने ५० वर्षीया बुद्धिमाया दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी उनको उपचारको क्रममा…
काभ्रेपलाञ्चोक : कोरोना भाइरस संक्रमणका कारण शुक्रवार काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका-५ निवासी ५१ वर्षीय पत्रकार र बनेपा नगरपालिकाका ३९ वर्षीय एक पुरुष छन्। पत्रकारको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान ४ बजे मृत्यु भएको हो। उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि होम आइसोलेसनमा बसेका उनलाई…
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आलमपुरस्थित सडकमा बा ६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रवार बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
धादिङ : बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो जिप धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए। दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ। यसैबीच, चार वर्षीया…
काठमाडौं : सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोस्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ। गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष डा थापाको…
बुटवल : बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रवार बिहान मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले शुक्रवार जारी गरेको विज्ञप्तिमा यही कात्तिक १ गते कोरोना संक्रमण भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका-८ का ५५ वर्षीय पुरुषको शुक्रवार बिहान ८ बजे मृत्यु भएको जनाइएको छ। कात्तिक १ गते स्वास्थ्यमा समस्या देखिएपछि…
दमौली : तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका-२ घर बताउने १९ वर्षीय किरण बानियाँ रहेका छन्। व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…
नेपालगञ्ज : बाँकेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। दाङको राप्ती गाउँपालिका १ का ६५ वर्षीय पुरुषको बिहीवार दिउँसो कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। लामो समयदेखि मधुमेहका बिरामी उनमा कातिक १० गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका थिए। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १७ जनाको संक्रमणका कारण…
काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ। विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह गरिएको हो। यस्ता गिरोहले…
पोखरा : गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए। थप हुनेमा कास्कीका ९८, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका…
कैलाली : कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको बुधवार मृत्यु भएको छ। धनगढीमा निर्माणाधीन मोहना-अत्तरिया छ लेन सडक अन्तर्गत चटकपुरमा ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका-३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया…
पाँचथर : मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। मिक्लाजुङ-४ रबीका छ स्थानीयमा संक्रमण देखिएपछि बुधवारदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिए। गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका…
चितवन : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले संकलित कोभिड-१९ संक्रमण भई निको भएकाको प्लाज्मा अन्य जिल्लामा पठाउन थालेको छ। अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो। केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार कोभिड-१९ संक्रमण भई निको भएकाबाट यहाँ संकलन भएका ७१ युनिट प्लाज्मामध्ये ११ युनिट बाहिरी जिल्ला पठाइएको छ। पौडेलका अनुसार भैरहवामा छ युनिट र काठमाडौंमा पाँच युनिट पठाइएको हो। अन्य जिल्लाबाट…
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि शुक्रवारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो। संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालय यही कात्तिक १४ गतेसम्म बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। सो अवधिमा…
जलेश्वर : सशस्त्र प्रहरीले बुधवार महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका-९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताए। दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो झोलामा एक हजार ५०० पिस प्रतिबन्धित लागुऔषध…
डोटीः अरिङ्गालको टोकाइबाट दुई जना बालिकाको मृत्यु भएको छ। डोटी जिल्लाको सायल गाउँपालिका १ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको हो। मृत्यु हुनेमा भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको प्रहरीले जानकरी दिएको छ। घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा…
झापाः झापामा थप एक जना कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका वडा नम्वर ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको बुधवार बिहान कोभिड –१९ को सङ्क्रमणबाट मृत्यु भएको हो। बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा बिहान ९ बजे उनको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए। निमोनिया…
भरतपुर : चितवनमा थप एक कोरोना (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैँडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो। श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको मंगलवार बेलुका ५:२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो। उनको अवस्था…
उदयपुर : त्रियुगा नगरपालिका-१० बोक्सेका पानीट्याङकी निवासी एक बनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन्। पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए। उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ती धामीले आफूलाई…