पर्वत : जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलवारदेखि कोरोना परीक्षण गर्न थालिएको छ। संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर-एक पीपीआर जाँच’ अभियान शुरू गरिएको हो। गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गरे। उनले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई…
राँझा : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसनमा बसेका छन्। प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफूमा संक्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग…
डोटी : अछामको ढकारी गाउँपालिका-३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहार गरी अन्दाजी २० वर्षीय देवेन्द्र थापाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन्। हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ। मंगलवार बिहान देवेन्द्रको शव तथा उनीसँगै रुद्र गम्भीर अवस्थामा फेला परेकामा…
राजविराजः कोभिड १९ संक्रमित संविधानसभाका पूर्वसदस्य(सभासद्) मानपुर चौधरीको मृत्यु भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए। घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा…
लुम्बिनीः बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ बजेर १७ मिनेटमा र बुटवल उपमहानगरपालिका– १३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब ६ बजे मृत्यु भएको हो । महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी…
कैलाली : नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आइतवार मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए।
पोखरा : गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन्। मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीन/तीन तथा म्याग्दीका दुई जना छन्। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड-१९ बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक…
रौतहट : नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ। विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपड़ालगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने गरिन्छ। नेपालतर्फ सीमावर्ती क्षेत्रका बेलबिछवा, महादेवपट्टी, बंजरहा, मठ्ठिया, जयनगर, रामपुरखाप, नरकटिया र…
काठमाडौं : विश्वव्यापी महामारी कोभिड-१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो। एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएको…
बलेवा : ‘गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैँ आएजस्तो हुन्थ्यो,’ बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए। आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त…
कञ्चनपुर : बेलडाँडी गाउँपालिका नजिक नेपाल-भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागुऔषध र सुनसहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोस्ट भुडा र बोर्डर आउट पोस्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक…
चितवन : कोभिड-१९ को संक्रमणबाट चितवनमा थप दुई जना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाबाट ज्यान गएको हो। चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना…
जनकपुर : जनकपुरमा गएराति कोरोना संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका-१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए। एकाएक ज्वरोका साथै श्वासप्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उनको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको…
पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ४५९ पुगेको छ। अद्यावधिक विवरण अनुसार शनिवार मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४७७ पुगेको छ। प्रदेशमा तीन हजार ८१५ जना कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ।
बलेवा : बागलुङ नगरपालिका वडा नम्बर १ खनियाबास सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ। कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो। विसं २०४८ तिर बागलुङ-पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन्। विस्थापित परिवारका पुस्तौँ पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन्। दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा छ। दशैंँको विशेषता जमरा…
गलकोट : थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन्। अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेरसमेत अलैँची लगाएका थिए। बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैँची खेतीको विस्तार गरेका कृषकले शुरुमा भने जस्तो मूल्य पाउँदा खेतीयोग्य जमीनमा समेत अलैँची खेती विस्तार भइरहेको छ। अहिले अधिकांश…
झापा : विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड-१९ का संक्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ। शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ जना संक्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गरेका हुन्। उनले कोभिडका संक्रमितहरु निको भएर आएकाले प्लाज्मा दान…
बैतडी : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ। यस्तै, देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ। पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुई दिनका लागि सिल गर्ने निर्णय गरेको हो। शनिवार बिहान १० बजेदेखि आइतवार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो। पाटनस्थित उदयदेव…
धरानः कोभिड १९ संक्रमण भएको पाँच महिनाको शिशु सहित दुई जनाको मृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको मृत्यु भएको हो। मोरङ, सुन्दर हरैँचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो। पाँचमहिने छोरीलाई दिमागसम्बन्धी…
राँझाः बाँकेमा थप एक कोभिड १९ सङ्क्रमितको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो। नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई असोज २६ गते अस्पताल भर्ना गरिएको थियो। भर्ना गरे लगत्तै उनमा कोभिड १९ सङ्क्रमण…