वाग्मतीः कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसिरहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि काठमाडौं लगिएको छ। मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो। एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो। नेपाली सेनाको हेलिकप्टरमार्फत थप…
मोरङः प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कोभिड १९ सङ्क्रमण भएको छ। मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्दा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए। मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएको हो। उनको अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसिरहेका छन्। मन्त्री कार्कीको…
पाँचथरः तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ। नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने…
काठमाडौं : बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको बिहीवार मृत्यु भएको छ। कञ्चन गाउँपालिका-३ की ४८ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। कात्तिक ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलामा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो। यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कोरोना संक्रमणबाट नेपाली कांग्रेस रामग्राम…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि बिहीवार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीद्वारा नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र संक्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्। उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका हुन्। सभापति देउवाले बिहीवार एक विज्ञप्तिमार्फत कोरोनाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई…
कैलाली : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन्। मन्त्री सुवेदीले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताए। उनले भने, ‘स्वेच्छाले नमुना संकलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने…
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप एक/एक लाख जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख…
काठमाडौं : शङ्खरापुर नगरपालिका स्थित साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी काभ्रेको मण्डन देउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए। १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो। दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको…
खोटाङ : चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ। हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो। गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु रु…
प्रभु जिरेल- चरीकोट : हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवर्द्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। समुद्री सतहदेखि ८९१ मिटरदेखि ७१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिका पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गर्दै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याई…
पाल्पा : कोरोना संक्रमणबाट पाल्पामा बुधवार एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा वगनासकाली गाउँपालिका-७ का ७८ वर्षीय पुरुष छन्। स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना संक्रमण देखिएको थियो। लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए। उनी दम र मधुमेहबाट पीडित थिए।
फुङ्लिङ : ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक बुधवारदेखि उडान शुरु गरेको छ। कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो। नेपाल एयरलाइन्स ताप्लेजुङका स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौंदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङ सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए। यात्रुको अनिवार्य कोरोना नेगेटिभ…
चितवन : कोरोना भाइरसको संक्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन्। उनको चितवन मेडिकल कलेजमा बुधवार साँझ ४ः३० बजे मृत्यु भएको हो। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो। असोज २३ गते कोरोना…
धनुषा : प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन्। मन्त्री साहले जनताको कोरोनाको परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताए। मन्त्री साहले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पीसीआर मेसिनमार्फत कोरोनाको परीक्षण भइरहेको जानकारी दिए। उनले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल…
नेपालगञ्ज : बाँकेमा बुधवार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट कञ्चनपुर बेलाडी-५ का २४ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति नरेश श्रेष्ठले मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर आएका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिए। उनलाई गत असोज ३० गते थप…
डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ मम्मे गाउँका घर आँगनमै खानेपानीको धारा पुगेपछि खुशीयाली छाएको छ। लामो समयदेखि खोनेपानीको अभाव झेल्दै आएका सो गाउँका एक सय ५० परिवारले २६ वटा धारा पाएपछि करिब अढाइ घण्टा हिँडेर खानेपानी बोक्नुपर्ने बाध्यता सोलार लिफ्ट प्रविधि जडानसँगै अन्त्य भएको छ। कोराल खोला नजिक सकालय नदीबाट सोलार प्रविधि जडान गरी ६९ लाख रुपैयाँको लागतमा करिब साढे…
दार्चुला : सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ। बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो। महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। अहिले नेपाल प्रहरी…
काठमाडौँ : नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी…
दैलेख : मंगलवार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। सुर्खेतबाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाँध जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटना १४ जना घाइते भएका छन्। सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएकोे दैलेख प्रहरीले जनाएको छ। मृत्यु…