भक्तपुर : भक्तपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको छ। दशैँलाई लक्षित गरी भक्तपुर नगरपालिकाले बिहीवार यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमन गर्दा व्यवसायीले जथाभावी मूल्य राखी उपभोक्ता ठग्ने र बासी तथा कुहिएको मासु बिक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए। अनुगमन टोलीले…
दिलकुमार लिम्बू- फुङलिङ : कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्याजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ। विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट ६० हजार रुपैयाँ ऋण लिएका बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशीनु पर्यो। त्यस्तै, तिरैतो खेती गर्न साहूबाट त्यति नै ब्याजदरमा…
महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिहीवार खोलामा डुबेर भूपू प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नम्बर ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो। ‘बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन्’, उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ।’ प्रहरीका अनुसार शव…
बैतडी : सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ। उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने, 'बिहान घरमै रहेका बेला एक्कासी मुर्छा परेर ढलेपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्याएपछि दिउँसो ३ बजेतिर निधन भएको हो।' वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली संघ (ईयू)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। मन्त्रालयमा बुधवार भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा ईयूले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे। सो अवसरमा राजदूत…
डोटी : शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर पुगेका छन्। छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशैँ, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइन राखिएकामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १२ मध्येका सात जना भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको…
झापा : कनकाई नगरपालिका-३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो। उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए।
चितवन : चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका वडा नम्बर १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको मंगलवार निधन भएको हो। इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना संक्रमण पोजिटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन्। श्वासप्रश्वासमा समस्या देखिएको उनको मंगलवार…
बागलुङ : दशैँको लागि च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनी हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन्। हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन्। यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन्। व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुगेका छन्। ‘१८ गते गएको बल्ल आज आइपुगियो’, क्षत्रीले भने। जोमसोमदेखि दुई दिनको बाटोमा पर्ने चमर भन्ने ठाउँमा पुगेर च्याङ्ग्रा ल्याएको उनको भनाइ छ।…
हेटौँडा : विगत १२ वर्षदेखि अलपत्र रहेको २२० केभीको हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु भएको छ। हेटौँडा-भरतपुर र भरतपुर-बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ कम्पनीको ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो। सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए। हेटौँडा-भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल…
नवलपुर : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो। करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने…
बागलुङ : जिल्लामा कोरोना संक्रमितको संख्या ५२५ पुगेको छ। केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ। पछिल्ला दश दिनमा मात्र १२१ जना संक्रमित थपिएका हुन्। शनिवार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा संक्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए। ‘सेनाको ब्यारेकलगायत खासखास ठाउँ…
धादिङ : कोरोना भाइरस संक्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ। निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका-३ का २२ वर्षीय युवकलाई यही असोज २२ गते संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको सोमवार बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ। यससँगै धादिङका सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
रुपन्देही : कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए। यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु…
काठमाडौं : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेको छ। अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आइतवार विज्ञप्ति जारी गर्दै आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गरेर प्राध्यापक जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्। यही असोज २० गते आफ्नो नियमित कामका सन्दर्भमा त्रिवि परिसरमा हिडिरहेका उपप्राध्यापक चलाउनेमाथि एक समूहले…
घोराही : कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन्। बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन्। दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवा रोकेको छ। अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम…
काठमाडौं : राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षापोस्ट (बीओपी) थप गरेको छ। भारतसँगको सीमा क्षेत्रमा सुरक्षापोस्ट थप्ने पूर्वनिर्णयानुसार आइतवार मरुवाहीमा नयाँ पोष्ट स्थापना गरी सञ्चालनमा ल्याएइको हो। सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ बाहिनीपति कृष्णभक्त ब्रह्मचार्यले नयाँ सीमा सुरक्षापोस्टको आइतवार उद्घाटन गरे। नवस्थापित सीमा सुरक्षापोस्ट मरुवाही नेपालभारत सीमासँगै जोडिएको एकडारा गाउँपालिकामा पर्छ। नयाँ पोस्ट सञ्चालनमा…
चितवन : भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए। उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए। डा पौडेलका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३…
कास्कीः पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग १ ज ५८९६ नम्बरको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छे गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब…
चितवनः चितवनमा थप एक जना कोभिड १९ सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान…