PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • पाँच मिनेटको अन्तरमा एकै अस्पतालमा दुई संक्रमितको गयो प्राण

    पाँच मिनेटको अन्तरमा एकै अस्पतालमा दुई संक्रमितको गयो प्राण

    नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिवार…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले दियो साढे चार लाख राहत

    पहिरोमा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले दियो साढे चार लाख राहत

    वालिङ : स्याङ्जाको वालिङ-१४ तमादीको पहिरोमा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ। यही असोज ८ गते तमादीस्थित माया नेपालीको घरभन्दा माथिबाट आएको पहिरोमा पुरिएर एकै घरका नौ जनाको मृत्यु भएको थियो। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले शनिवार तमादी गएर पहिरोमा परी मृत्यु भएका नौ जनाका परिवारलाई राहतस्वरुप चार लाख पचास हजार रुपैयाँ उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्व मनाउँदा कोभिड-१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गरौँ : मन्त्रालय

    चाडपर्व मनाउँदा कोभिड-१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गरौँ : मन्त्रालय

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड-१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ। मन्त्रालयले सबै किसिमका चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नै पर्ने भए कम्तिमा…

    विस्तृतमा पढ्नुस्

  • घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

    झापा : कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले शनिवार साँझ श्रीमतीको हत्या गरेका छन्। उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थाहा पाउने वित्तिकै घटनास्थल पुगेको तोपगाछी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो। प्रहरीले अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • सन्धिखर्कमा एकै परिवारका आठ जनामा कोरोना संक्रमण पुष्टि

    सन्धिखर्कमा एकै परिवारका आठ जनामा कोरोना संक्रमण पुष्टि

    अर्घाखाँची : सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ। शीतगङ्गा नगरपालिका-७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका पुरुषको परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको उनले बताए। यससँगै शनिवार जिल्लामा थप ३४ जना कोरोना संक्रमित बिरामी थपिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला…

    विस्तृतमा पढ्नुस्

  • ३६ वर्षीय युवकसहित गण्डकीमा दुईको मृत्यु, थपिए ३१ नयाँ संक्रमित

    ३६ वर्षीय युवकसहित गण्डकीमा दुईको मृत्यु, थपिए ३१ नयाँ संक्रमित

    पोखरा : गण्डकी प्रदेशमा आज ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ। थपिने सङ्क्रमितमा बाग्लुङका ११, कास्कीका १०,…

    विस्तृतमा पढ्नुस्

  • यस वर्षको फूलपाती बढाई साङ्केतिक रुपमा मात्र मनाइने

    यस वर्षको फूलपाती बढाई साङ्केतिक रुपमा मात्र मनाइने

    काठमाडौंः यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना ‍गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ। कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • होम आइसोलेसनमा बसेका कोभिड संक्रमितको मृत्यु

    होम आइसोलेसनमा बसेका कोभिड संक्रमितको मृत्यु

    चितवनः कोभिड १९ सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो। क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित बढेपछि गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द गर्ने निर्णय

    कोरोना संक्रमित बढेपछि गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द गर्ने निर्णय

    ललितपुर : गोदावरी नगरपालिका आउँदो आइतवारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रवार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना संक्रमितको संख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिए। उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ। यसैबीच, गोदावरीमा शुक्रवारसम्म कोरोना संक्रमितको कुल…

    विस्तृतमा पढ्नुस्

  • दानामा भएको चर्को मूल्य वृद्धिका कारण अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

    दानामा भएको चर्को मूल्य वृद्धिका कारण अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

    रत्नननगर : दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन्। दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन्। सोही कारण लकडाउन यता अण्डा उत्पादनमा ४० प्रतिशतले गिरावट आएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ। संघका अनुसार लकडाउनअघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपाली कामदार चिन्तित

    दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपाली कामदार चिन्तित

    सोल: नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँको श्रम मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ। सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको…

    विस्तृतमा पढ्नुस्

  • एउटाको अस्पतालमा अर्काको अस्पताल नपुर्‍याउँदै गयो कोभिड १९ का कारण ज्यान

    एउटाको अस्पतालमा अर्काको अस्पताल नपुर्‍याउँदै गयो कोभिड १९ का कारण ज्यान

    दमक : कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ। दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो। गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए। यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन…

    विस्तृतमा पढ्नुस्

  • दुई करङ भाँचिनु, शरीरमा निलडाम र फोक्सो जमेको पानीले  रहस्यमय बनायो प्रतापको मृत्यु    

    दुई करङ भाँचिनु, शरीरमा निलडाम र फोक्सो जमेको पानीले  रहस्यमय बनायो प्रतापको मृत्यु    

    म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ। यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनास्थलको निरीक्षण, उनीसँगै गएका र घटनास्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको म्याग्दीका…

    विस्तृतमा पढ्नुस्

  • कुलेखानीबाट नियमित उत्पादन हुँदै आएको १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने

    कुलेखानीबाट नियमित उत्पादन हुँदै आएको १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने

    मकवानपुर : चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ। चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् प्रथम आयोजनाले जनाएको छ। वाग्मती प्रदेशको मकवानपुरमा स्थापित सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै…

    विस्तृतमा पढ्नुस्

  • तुलसीपुर उपमहानगर प्रमुखलाई कोरोना संक्रमण पुष्टि, एक साताका लागि कार्यालय बन्द

    तुलसीपुर उपमहानगर प्रमुखलाई कोरोना संक्रमण पुष्टि, एक साताका लागि कार्यालय बन्द

    तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। तुलसीपुरमा बिहीवार मात्रै २१ जना संक्रमित थपिएको फोकल पर्सन केसीले बताए। यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सबै…

    विस्तृतमा पढ्नुस्

  • जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको उपचारको क्रममा मृत्यु

    जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको उपचारको क्रममा मृत्यु

    भक्तपुर : जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा बिहीवार स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो। बुधवार साँझ भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • चाडबाड नजिकीएसँगै कालोबजारी र मूल्य वृद्धि रोक्न बजार अनुगमनमा तीव्रता

    चाडबाड नजिकीएसँगै कालोबजारी र मूल्य वृद्धि रोक्न बजार अनुगमनमा तीव्रता

    डोटी : दशैँ तिहारजस्ता चाड पर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, राजपुर, सिलगढी, गोपघाट, बीपीनगर तथा बुडरका बजारमा सरसामान किन्ने स्थानीयवासीको एकाएक चहल पहल बढ्न थालेको छ। कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका बजार, उद्योग तथा होटेल अहिले पूर्णरुपमा सञ्चालनमा आएका छन्। यसै सिलसिलामा दशैँ तिहारका लागि बजारमा स्थानीयवासीको सरसामान किन्नेको भीड लाग्न थालेपछि जिल्लाको सबैभन्दा पुरानो स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

    विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

    सिमकोट: नेत्रविक्रम चन्द ‘विप्लव’ समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन्। जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • पक्राउ परेका अभियुक्तको बयान, चार वर्षअघि चन्दननाथ मन्दिरबाट हराएको दाहिने शंङ्ख ओडारभित्र भेटियो

    पक्राउ परेका अभियुक्तको बयान, चार वर्षअघि चन्दननाथ मन्दिरबाट हराएको दाहिने शंङ्ख ओडारभित्र भेटियो

    कर्णाली : हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहिने शङ्ख भेटिएको छ। २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहिने शङ्ख भेटाएको हो। तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधवार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले मिटर रिडिङ नै नगरी जरिबाना असुलेको उपभोक्ताको गुनासो

    विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले मिटर रिडिङ नै नगरी जरिबाना असुलेको उपभोक्ताको गुनासो

    सर्लाही : नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले मिटर रिडिङ नगरिकन जरिबाना असुलेको स्थानीय उपभोक्ताहरुको गुनासो छ। कोभिड-१९ नियन्त्रणका लागि सरकारले लकडाउन गरेको समयमा आफूहरुको मिटर रिडिङ नगरी बसेको उक्त केन्द्रले जरिबानास्वरूप उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताहरुको भनाइ छ। उक्त केन्द्रका कर्मचारीले खपत शुल्कमा मनलाग्दो जरिबाना लिने गरेको स्थानीय उपभोक्ता श्याम लामाले बताए। विगत पाँच/छ महिनादेखि मिटर रिडिङ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell