PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त पक्राउ, आलमको आदेशमा बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको स्वीकार

    इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त पक्राउ, आलमको आदेशमा बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको स्वीकार

    रौतहट : रौतहटको राजपुर नगरपालिका-४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका-४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका-७ बंकुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले जानकारी दिए। भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष…

    विस्तृतमा पढ्नुस्

  • स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    पर्वत : पर्वत र कास्कीको सिमाना नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्गजा आँधीखोला गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय पुष्कर बस्नेत रहेको प्रहरीले जनाएको छ। पोखराबाट पर्वतको कुश्मातर्फ आउँदै गरेको ग १० प २१२२ नम्बरको स्कुटर कास्कीको अन्नपूर्ण गाउँपालिका-५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्की पुलको बारमा अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडि बसेका…

    विस्तृतमा पढ्नुस्

  • वर्षाका कारण अवरुद्ध सडक दशैँ पहिले खुलाउने यातायात मन्त्रालयको तयारी

    वर्षाका कारण अवरुद्ध सडक दशैँ पहिले खुलाउने यातायात मन्त्रालयको तयारी

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडा दशैँ पहिले खुलाउने तयारी गरेको छ। खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुक्रवार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा वर्षाका कारण अवरुद्ध सडक अधिकांश खुलिसकेको बताए। उनका अनुसार यस वर्ष वर्षाका कारण झण्डै २५० स्थानमा सडक अवरुद्ध भए…

    विस्तृतमा पढ्नुस्

  • एशियन अनलाइन बुद्धिचाल कपमा नेपालका १० खेलाडीले भाग लिने

    एशियन अनलाइन बुद्धिचाल कपमा नेपालका १० खेलाडीले भाग लिने

    काठमाडौं : एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्। नेपाल बुद्धिचाल संघले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो। छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको संक्रमणका कारण चितवनमा दुई जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणका कारण चितवनमा दुई जनाको मृत्यु

    भरतपुर : चितवनमा शुक्रवार दुई जनाको कोरोना संक्रणबाट मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनमा असोज १३ गते कोरोना पुष्टि भएको थियो। यस्तै, शुक्रवार नै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना…

    विस्तृतमा पढ्नुस्

  • २५ हजार सक्रिय संक्रमित पुगे पनि लकडाउन नगरिने, ‘निजी स्वास्थ्य संस्थासँगको सहकार्यमा संक्रमितको उपचार गर्छौँ’

    २५ हजार सक्रिय संक्रमित पुगे पनि लकडाउन नगरिने, ‘निजी स्वास्थ्य संस्थासँगको सहकार्यमा संक्रमितको उपचार गर्छौँ’

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पनि लकडाउन नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ। यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय संक्रमित भएमा सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले घर भत्किएपछि सुत्केरीको बास पौवामा, राहतमा पाएको खानाले चल्दैछ दैनिकी

    पहिरोले घर भत्किएपछि सुत्केरीको बास पौवामा, राहतमा पाएको खानाले चल्दैछ दैनिकी

    अर्घाखाँची : उन्नाइस दिनकी सुत्केरी २० वर्षीया विमला नेपालीले एक सातादेखि शितगङ्गा नगरपालिका­-१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहेकी छिन्। यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्नु बाध्य भएकी हुन्। ‘बस्दै आएको घर पहिरोले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ। बच्चालाई जेनतेन स्याहार गरेकी छु’, उनले भनिन्, ‘आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको…

    विस्तृतमा पढ्नुस्

  • नवलपुरको लामिचौर नजिकै मृत गैँडा फेला, खाग सुरक्षित

    नवलपुरको लामिचौर नजिकै मृत गैँडा फेला, खाग सुरक्षित

    भरतपुर : चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ। निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रवार मृतावस्थामा गैँडा फेला परेको हो। गैँडा एक/दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ। पोस्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए। गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ। यसअघि गत भदौ २१ गते…

    विस्तृतमा पढ्नुस्

  • कोभिड अस्पतालमा सङ्क्रमितले स्वस्थ शिशु जन्माइन्

    कोभिड अस्पतालमा सङ्क्रमितले स्वस्थ शिशु जन्माइन्

    धरान: यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना सङ्क्रमितले स्वस्थ शिशु जन्माएकी छन्। झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो। उनलाई यही असोज १२ गते सङ्क्रमण पुष्टि भएको थियो। बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको .शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए। साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा…

    विस्तृतमा पढ्नुस्

  • राँगाको मासु खाँदा १४ जना बिरामी

    राँगाको मासु खाँदा १४ जना बिरामी

    महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए। बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ। ‘स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्,’ डीएसपी थापाले भने, ‘त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ।’ धान…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा यातायात विभागले छाप्यो सबै चालक अनुमतिपत्र, एक लाख ४० हजार लाइसेन्स बाँड्न बाँकी

    लकडाउनमा यातायात विभागले छाप्यो सबै चालक अनुमतिपत्र, एक लाख ४० हजार लाइसेन्स बाँड्न बाँकी

    काठमाडौं: एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको जानकारी दिएको छ। लकडाउनमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो। कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ। लकडाउनकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • मादीमा ताल, डीपीआरको सम्झौता

    मादीमा ताल, डीपीआरको सम्झौता

    दमौली : तनहुँको व्यास नगरपालिका – ३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ। पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो। कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्यारागन जेभीसँग बिहीवार सम्झौता गरेको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेले इकोकोड नेपाल तथा प्यारागन जेभीका प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • आयल निगमका कार्यकारी निर्देशकमा कोरोना भाइरसको संक्रमण पुष्टि

    आयल निगमका कार्यकारी निर्देशकमा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीवार पोजिटिभ रिपोर्ट आएको उनले जानकारी दिए। ‘स्वास्थ्यमा समस्या देखिएपछि स्वाब दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु। सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन,’ उनले भने। निगमले बिहीवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षण निःशुल्क गराउन स्वास्थ्य मन्त्रालयका नाममा सर्वोच्चले जारी गर्‍यो परमादेश

    पीसीआर परीक्षण निःशुल्क गराउन स्वास्थ्य मन्त्रालयका नाममा सर्वोच्चले जारी गर्‍यो परमादेश

    काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पीसीआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बिहीवार सोसम्बन्धी परमादेश जारी गरेको हो। अदालतबाट सो फैसलाको पाठ आउन बाँकी छ। आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकभित्र पर्ने जनाउँदै पीसीआर परीक्षण निःशुल्क गर्न परमादेशको माग गरी…

    विस्तृतमा पढ्नुस्

  • दोलखाका शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्देशन

    दोलखाका शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्देशन

    दोलखा : जिल्लामा कोरोनाको लक्षणसहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवारदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ। जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र  सेमिनार पनि गर्न पाइने छैन। कोरोना संक्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ। प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले…

    विस्तृतमा पढ्नुस्

  • बडादशैँ : टीकाको उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटमा

    बडादशैँ : टीकाको उत्तम साइत कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटमा

    काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ बजेर ४६ बजे शुभ रहेको…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही र बाँकेमा चार जना कोभिड १९ संक्रमितको मृत्यु

    रुपन्देही र बाँकेमा चार जना कोभिड १९ संक्रमितको मृत्यु

    बुटवल : रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ। रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधवार बेलुका मृत्यु भएका पुरुषको आज मात्र कोरोना पुष्टि भएको छ। अर्का कोरोना सङ्क्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत रुपन्देही, कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधवार मृत्यु भएको थियो। मृतकको पीसीआर परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • थिएन दीर्घरोग तर गयो कोभिड १९ का कारण ज्यान

    थिएन दीर्घरोग तर गयो कोभिड १९ का कारण ज्यान

    धरान : यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो। उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो। ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधवार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए। कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत…

    विस्तृतमा पढ्नुस्

  • बली दिन भारत लैजाँदै गर्दा दुई किशोरीको सीमाबाट उद्धार, भिनाजुसहित २ जना पक्राउ

    बली दिन भारत लैजाँदै गर्दा दुई किशोरीको सीमाबाट उद्धार, भिनाजुसहित २ जना पक्राउ

    इनरुवा: सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ। बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको डीएसपी कार्कीले बताए। शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघीय सम्मेलनमा प्रमले भने: संरक्षित भूभाग ३० प्रतिशत पुर्‍याउने, बाघको संख्या दोब्बर बनाउने

    राष्ट्रसंघीय सम्मेलनमा प्रमले भने: संरक्षित भूभाग ३० प्रतिशत पुर्‍याउने, बाघको संख्या दोब्बर बनाउने

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन्। संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न आवश्यक भएको बताए। जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell