PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

  • बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि गरियो दाहसंस्कार

    बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि गरियो दाहसंस्कार

    बझाङ : बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधवार आठ दिनपछि दाहसंस्कार गरिएको छ। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन्। शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर शव बुझेको र…

    विस्तृतमा पढ्नुस्

  • तेजाब आक्रमणविरुद्धको अध्यादेशलाई विभिन्न संघ-संस्थाले गरे स्वागत

    तेजाब आक्रमणविरुद्धको अध्यादेशलाई विभिन्न संघ-संस्थाले गरे स्वागत

    काठमाडौं : एम्नेस्टी इन्टरनेसनल नेपाल र जुरी नेपाललगायतका संघ-संस्थाले तेजाब हिंसासम्बन्धी अध्यादेशको स्वागत गरेका छन्। असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड हिंसासम्बन्धी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएका दुई अध्यादेशलाई प्रमाणीकरण गरी कानुनको रूपमा जारी गरेकी थिइन्। ‘लामो समयदेखि एसिड हिंसाको अन्त्यका लागि अवाज उठाउँदै आएका हामी गैरसरकारी संस्थाहरू सरकारको यस कदमलाई स्वागत गर्दछौं र यसलाई हामीले एसिड हिंसालाई सम्बोधन गर्न कानुनमा…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको घटनामा मेलमिलाप गराउनेलाई मतियारका रुपमा कारबाही गर्न सुशासन समितिको निर्देशन

    बलात्कारको घटनामा मेलमिलाप गराउनेलाई मतियारका रुपमा कारबाही गर्न सुशासन समितिको निर्देशन

    काठमाडौं : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले बलात्कारको घटनामा मेलमिलाप गराउने र त्यसको लागि मध्यस्थकर्ताको भूमिका खेल्ने जो कोहीलाई पनि मतियारका रुपमा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायतका जिल्लामा बालिका तथा महिलामाथि भइरहेका बलात्कार, हत्या हिंसा र केन्द्रीय कारागारमा कैदी बन्दीको मृत्युबारे छलफल गरेपछि समितिको बुधवारको बैठकले उक्त निर्देशन दिएको हो। मुलुकका ती…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदमा अड्कियो कक्षा १२ को परीक्षा सञ्चालन प्रस्ताव, कहिले होला विकल्पसहितको एक्जाम?

    मन्त्रिपरिषदमा अड्कियो कक्षा १२ को परीक्षा सञ्चालन प्रस्ताव, कहिले होला विकल्पसहितको एक्जाम?

    काठमाडौं: कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कुल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलमा तारपिन तेल मिसाउने चालक थानकोट डिपोबाट पक्राउ, दुई सातामा ६ जना पक्राउ

    पेट्रोलमा तारपिन तेल मिसाउने चालक थानकोट डिपोबाट पक्राउ, दुई सातामा ६ जना पक्राउ

    काठमाडौं: प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक…

    विस्तृतमा पढ्नुस्

  • अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादी पक्राउ

    अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादी पक्राउ

    बागलुङ : प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ। फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागुऔषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र…

    विस्तृतमा पढ्नुस्

  • हिरासतमा भएको मृत्युको घटनामा छानबिन गर्न संसदीय टोली धनुषामा

    हिरासतमा भएको मृत्युको घटनामा छानबिन गर्न संसदीय टोली धनुषामा

    धनुषा : धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न संघीय सांसदको टोली मंगलवार धनुषा आइपुगेको छ। धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न संघीय सांसदको टोली धनुषा आइपुगेको हो। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलवार धनुषा पुगेर सरोकारवालासँग छलफल शुरु गरेको छ। देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि…

    विस्तृतमा पढ्नुस्

  • जीपले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

    जीपले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

    झापा : शिवसताक्षी नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलवार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई बिर्तामोडको बी एन्ड सी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझ ७ः३५ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • बढी शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारबाही गर्न गृहलाई स्वास्थ्य मन्त्रालयको पत्र

    बढी शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारबाही गर्न गृहलाई स्वास्थ्य मन्त्रालयको पत्र

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकिएको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए। सरकारले पीसीआर परीक्षणका लागि दुई हजार निर्धारण गरेपनि केही निजी…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुका सुनचाँदी व्यवसायी बर्माको शव फेला

    कपिलवस्तुका सुनचाँदी व्यवसायी बर्माको शव फेला

    चन्द्रौटा : कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ। उनी गत शनिवार साँझ घरबाट घुम्न भनी निस्किएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा मंगलवार फेला परेका जानकारी दिए। उनले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए।

    विस्तृतमा पढ्नुस्

  • कोभिड महामारीसँगै राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

    कोभिड महामारीसँगै राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

    काठमाडौं: राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ। गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरेका छन्। बुढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका–५ लाई ३०० गुर्जोका…

    विस्तृतमा पढ्नुस्

  • झापामा एक महिलाको हत्या, दुवै हात बाँधेको अवस्थामा खाटमुनि भेटियो शव

    झापामा एक महिलाको हत्या, दुवै हात बाँधेको अवस्थामा खाटमुनि भेटियो शव

    सुरुङ्गा : झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ। गौरादह नगरपालिका-१ का ६५ वर्षीया मनमाया भण्डारीको सोमवार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ। हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • जमीन भासिएर पहिरो जाँदा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका ३०० घर जोखिममा

    जमीन भासिएर पहिरो जाँदा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका ३०० घर जोखिममा

    अर्घाखाँची : शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ। वडा नम्बरर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेकोे निर्णय गरेको छ। सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै छोरीको पटक-पटक बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

    आफ्नै छोरीको पटक-पटक बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

    धादिङ : आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। चौध वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन्। प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • सडक निर्माण गर्ने क्रममा पहिरो खस्दा जेसीबी चालकको मुत्यु

    सडक निर्माण गर्ने क्रममा पहिरो खस्दा जेसीबी चालकको मुत्यु

    झिमरुक : प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमवार जेसीबी चालकको मुत्यु भएको छ। माण्डवी गाउँपालिका-१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग)मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा सीतगङ्गा नगरपालिका-८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिरोले जेसीबी पनि पुरेको छ।

    विस्तृतमा पढ्नुस्

  • माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

    माछापोखरीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

    बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका-५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर सोमवार मृत्यु भएको छ। बढैयाताल गाउँपालिका-५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको डुबेर मृत्यु भएको हो। घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • विषाक्त रसायन भेटिएपछि स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    विषाक्त रसायन भेटिएपछि स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

    काठमाडौं: औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ। विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो। भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री…

    विस्तृतमा पढ्नुस्

  • कोभिड १९ को संक्रमणपछि हवाई जहाजबाट फर्किए ८० हजार नेपाली

    कोभिड १९ को संक्रमणपछि हवाई जहाजबाट फर्किए ८० हजार नेपाली

    काठमाडौं : कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का अनुसार शनिवारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन्। मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन्। उनीहरु अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • निरन्तरको वर्षाका कारण बागलुङका ७७ घरमा क्षति, २१५ घर उच्च जोखिममा

    निरन्तरको वर्षाका कारण बागलुङका ७७ घरमा क्षति, २१५ घर उच्च जोखिममा

    गलकोट : निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ भने २१५ घर उच्च जोखिममा रहेका छन्। बागलुङ नगरपालिकामा ६५ घर पहिराले पूर्ण रुपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा  छन्। निरन्तरको वर्षातका कारण नगरपालिकाभित्र बाढी पहिरो तथा जमिन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्यांक…

    विस्तृतमा पढ्नुस्

  • हत्या मुद्दाका दोषी ३४ वर्षपछि पक्राउ

    हत्या मुद्दाका दोषी ३४ वर्षपछि पक्राउ

    सिन्धुपाल्चोक : आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका-७ का एक जना ३४ वर्षपछि पक्राउ परेका छन्। फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए। फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell