काठमाडौं : हेलीको पुच्छ्रे ताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। यो पुच्छ्रे ताराका कारण वर्षमा दुई उल्का वर्षा हुन्छ। हेलीको पुच्छ्रे ताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षा हुने गर्छ। आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारा…
चितवन : पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ। निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा…
काठमाडौं : यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ। सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटीटी-मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष माग गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई बिहीवार नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका तर्फबाट एक ज्ञापनपत्र बुझाउँदै क्लिन फिड लागू गर्न सरकारले गरेको प्रभावकारी पहललाई धन्यवाद दिँदै इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणलाई…
काठमाडौं : गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ जनाको मृत्यु भएको छ। उक्त अवधिमा एक सय एक जना बेपत्ता भएका छन् भने सात सय ३९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात…
काठमाडौं : काठमाडौंको सामाखुशीमा बसको ठक्करबाट आइतवार एक पैदल यात्रुको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका-४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर…
वाग्मती : निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ। वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो। सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको छ। सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौँ–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार…
बाँके : बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना सङ्क्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको…
चितवन : चितवन मेडिकल कलेज भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ। विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट शनिवार छोराको जन्म भएको हो। अस्पतालका प्रसुति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा शनिवार शल्यक्रियामार्फत बच्चा जन्माइएको हो। नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिए। डा ताम्राकारले…
बुटवल : रुपन्देहीमा थप एक कोरोना संक्रमितको शनिवार मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएकोे हो। अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए। उनमा कुनै दीर्घ रोग थिएन। लुम्बिनी प्रदेश…
लहान : सिरहाको धनगढीमाई नगरपालिका-११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई शनिवार प्रहरीले पक्राउ परेको छ। चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका-१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए। उनलाई लहान नगरपालिका-१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन बन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले शनिवार पक्राउ गरेको हो। आयोगका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट…
चितवनः खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोभिड १९ सङ्क्रमणका कारण मृत्यु भएको छ। उनी क्यान्सर रोगबाट समेत पीडित थिए। भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो। आईसोलेसनमा रहनुभएकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। खोकी…
महोत्तरी : प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन्। असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो। प्रदेशका आठवटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार…
डोटी : लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा शुक्रवारदेखि साप्ताहिक रुपमा हवाइ सेवा शुरु भएको छ। समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो। शुक्रवार पहिलो उडानमार्फत सो एयरले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो। डोटीबाट निर्वाचित संघीय सासद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि पहिलो उडान भएको…
मोरङः पछिल्लो २४ घण्टामा प्रदेश नम्वर १ मा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुई जना रहेका छन्। योसँगै यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सइ २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र…
झापा : भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ११ औँ बीओपीको बुधवार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बलका प्रदेश नं १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बीओपी स्थापनाको लक्ष्य रहेको बताए।…
बागलुङः नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ। बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो। यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो । त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो। नेपाल प्रहरीमा पनि सङ्क्रमित…
काठमाडौं : नक्कली फेसबुक पेज बनाई अश्लील र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्बिरको स्वरुप बिगारेर असान्दर्भिक विषयवस्तु पोस्ट गर्ने व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ। प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको ब्युरोले बिहीवार विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनले ख्यातिप्राप्त महिला कलाकारको फोटोको स्वरुप…
काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। आफ्नो पद बहालीपछि बिहीवार मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै उनले अर्थतन्त्रलाई थप सबल बनाउनु्पर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए। कोरोनाका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक…
रुपन्देही : प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीवार सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार बुटवल…