PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • कर्मचारीमा कोरोना पुष्टि भएपछि रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित

    कर्मचारीमा कोरोना पुष्टि भएपछि रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित

    परासी : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरेको छ। नगरपालिका र वडा कार्यालयमा कार्यरत ११ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलवारदेखि एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको नगरपालिकाले जनाएको छ। संक्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले कात्तिक २४ गतेसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा पहिलोपटक सञ्चालनमा आयो कोभिड-१९ अस्पताल

    भोजपुरमा पहिलोपटक सञ्चालनमा आयो कोभिड-१९ अस्पताल

    भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीयवासी हर्षित भएका छन्। ‘हाम्रो स्थानीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माण गरेकोमा हामी धेरै नै हर्षित छौँ,’ स्थानीय विष्णु…

    विस्तृतमा पढ्नुस्

  • रेडपाण्डाको छालाको मोलमोलाइ गर्दागर्दै ४ जना पक्राउ, ग्राहक बनेर समात्यो प्रहरीले

    रेडपाण्डाको छालाको मोलमोलाइ गर्दागर्दै ४ जना पक्राउ, ग्राहक बनेर समात्यो प्रहरीले

    राँझा : जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ। कोहलपुरस्थित न्यू राप्ती गेष्ट हाउसबाट बिहान करीब १०:३० बजेतिर रेडपाण्डाको छालासहित लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्कीलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

    कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

    धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय स्वास्थ्यकर्मीको सोमवार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। सप्तरीको महादेवा-६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि सोमवार नै अस्पतालमा भर्ना गरिएको थियो। प्रतिष्ठानका सह-प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो…

    विस्तृतमा पढ्नुस्

  • स्वीचगियर फेर्न काठमाडौंका यी स्थानमा भोलि हुँदैछ विद्युत् कटौती

    स्वीचगियर फेर्न काठमाडौंका यी स्थानमा भोलि हुँदैछ विद्युत् कटौती

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले मंगलवार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलवार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ। प्राधिकरणका अनुसार उक्त सबस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु,…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ बजार एक साताका लागि बन्द

    कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ बजार एक साताका लागि बन्द

    बागलुङ : कोरोना रोकथामका लागि बागलुङ नगरपालिकाको बडा नम्बर १, २, ३ र ४ वडा सोमवार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो। बैंक तथा वित्तीय संस्था पनि बन्द हुने जनाइएको छ। यसअघि बागलुङ…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण नेपालगञ्जमा महिला वडा सदस्यको मृत्यु

    कोरोना संक्रमणका कारण नेपालगञ्जमा महिला वडा सदस्यको मृत्यु

    नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ की महिला वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ६७ वर्षीया वडा सदस्य शान्ति परियारको सोमवार बिहान साढे १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो। नेपालगञ्जको घरबारी टोल निवासी परियारलाई यही कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो। उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन्। विभिन्न विधिबाट…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर र घोडाघोडी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि

    टीकापुर र घोडाघोडी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि

    भजनी : कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ। टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो। दुवै जना होम आइसोलेसनमा छन्। टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमवार १७ जनामा कोरोना पुष्टि भएको छ।

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरको आइसोलेसनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क

    भरतपुर महानगरको आइसोलेसनमा रहेकाको पीसीआर परीक्षण निःशुल्क

    चितवन : भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेसनमा रहेका संक्रमितको पुनः गरिने पीसीआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ। महानगरले सो आइसोलेसनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्क रुपमा गर्दै आएको छ। महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना संक्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ। महानगर प्रमुख रेनु दाहालले आइसोलेसनमा रहेकाको पीसीआर परीक्षण पनि…

    विस्तृतमा पढ्नुस्

  • बागलुङ पहिरोको दुई महिना पूरा, १० महिने शिशुसहित हराएका १५ जना अझै भेटिएनन्

    बागलुङ पहिरोको दुई महिना पूरा, १० महिने शिशुसहित हराएका १५ जना अझै भेटिएनन्

    बलेवा : बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ। भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो। लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ। खोला…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग सीमा विवाद देखिएको हुम्ला लिमीमा खाद्य संकट, नाका नखुल्दा समस्या

    चीनसँग सीमा विवाद देखिएको हुम्ला लिमीमा खाद्य संकट, नाका नखुल्दा समस्या

    सिमकोट: हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ। विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ। लिमीमा हालै चीनसँग सीमा विवाद देखिएको थियो। गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष…

    विस्तृतमा पढ्नुस्

  • दमकमा कोरोना संक्रमणका कारण एकै दिन तीन जनाको मृत्यु

    दमकमा कोरोना संक्रमणका कारण एकै दिन तीन जनाको मृत्यु

    दमक : यहाँ आइतवार साँझ फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ। आइतवार साँझ ६ बजे दमक नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया महिलाको मृत्यु भएसँंगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ। नगरपालिका, स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनको उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश प्रमुख प्रसाईँ कोरोनामुक्त, मुख्यमन्त्री पौडेल डिस्चार्जपछि घर फिर्ता

    वाग्मती प्रदेश प्रमुख प्रसाईँ कोरोनामुक्त, मुख्यमन्त्री पौडेल डिस्चार्जपछि घर फिर्ता

    हेटौँडा : वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँ कोरोनामुक्त भएका छन्। कोरोना संक्रमण पुष्टि भएर यही कात्तिक १२ गतेदेखि झापास्थित निजी निवासमा आइसोलेसनमा रहेका प्रसाईँको आइतवार भएको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ। यसैबीच, कोरोनालाई पराजित गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आइतवार घर फर्किएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिवार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा सशस्त्र प्रहरी जवान पक्राउ

    घुस लिएको अभियोगमा सशस्त्र प्रहरी जवान पक्राउ

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १७ हजार ६०० रुपैयाँ घुस लिएको अभियोग लागेको छ। आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले चौहानलाई गौशाला…

    विस्तृतमा पढ्नुस्

  • बोक्सी भन्दै छोराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु

    बोक्सी भन्दै छोराले कुटपिट गर्दा एक वृद्धाको मृत्यु

    लहान : बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गत मंगलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बोक्सीको आरोपमा कुटपिट गरी आमाको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा ४२३ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    गण्डकी प्रदेशमा ४२३ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    पोखरा : गण्डकी प्रदेशमा आइतवार ४२३ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशमा थप दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। पोखरा महानगरपालिका वडा नम्बर १७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • भारतीय सेनाध्यक्षको नेपाल भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना

    भारतीय सेनाध्यक्षको नेपाल भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना

    काठमाडौं : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधवारदेखि नेपाल भ्रमणमा आउँदैछन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन्। भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ। भारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो। यसको दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला

    चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आइतवार थप एक गैँडा मरेको छ। निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो। गैँडाको खाग र खुर सुरक्षित रहेका छन्। निकुञ्जमा यस आर्थिक वर्ष शुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ को परीक्षण र उपचार नगर्ने अस्पतालको अनुगमन गर्न झापामा गठन भयो समिति

    कोभिड-१९ को परीक्षण र उपचार नगर्ने अस्पतालको अनुगमन गर्न झापामा गठन भयो समिति

    झापा : झापाका निजी अस्पतालले कोभिड-१९ को परीक्षण र उपचार नगरी फर्काउने गरेको गुनासो बढेपछि अनुगमन समिति गठन गरिएको छ। कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनीकरण समितिको बैठकले निजी अस्पतालको सेवा अनुगमन गरी एक साताभित्रै प्रतिवेदन बुझाउन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही रहेका छन्। पीसीआर किटको अभाव झापामा पीसीआर…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा बाघको आक्रमणमा परी एक जनाको मृत्यु

    बर्दियामा बाघको आक्रमणमा परी एक जनाको मृत्यु

    बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका-४ मा बाघको आक्रमणमा परी एकको मृत्यु भएको छ। पालिकाको राजीपुर गाउँका चौकीदार समेत रहेका ६८ वर्षीय लहानु थारुको शनिवार साँझ आवादी जग्गामा चरिचरणका लागी छोडिएका गोरु फर्काउने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ निकुञ्जबाट आएको हुनसक्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell