PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

  • जसले व्यापारको गर्‍यो बद्‍नाम, चोरी भन्दै बीमाको 'क्लेम'

    जसले व्यापारको गर्‍यो बद्‍नाम, चोरी भन्दै बीमाको 'क्लेम'

    हेटौँडा : बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो। उनले गत जेठ ८ गते…

    विस्तृतमा पढ्नुस्

  • सांसदलाई सास्ती : कुन सक्कली कुन नक्कली 'बीएमसी मसला' छुट्याउन सकेन संसदीय समितिले

    सांसदलाई सास्ती : कुन सक्कली कुन नक्कली 'बीएमसी मसला' छुट्याउन सकेन संसदीय समितिले

    अशोक घिमिरे – काठमाडौं : बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेन। नक्कली मसलाको टुङ्गो लगाएर सम्बन्धित निकायलाई कारवाहीको निर्देशन दिन आज बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकले सक्कली र नक्कली…

    विस्तृतमा पढ्नुस्

  • आज देशभर वर्षाको सम्भावना, मेघ गर्जन र हावाहुरी पनि

    आज देशभर वर्षाको सम्भावना, मेघ गर्जन र हावाहुरी पनि

    काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। उनका अनुसार अहिले पश्चिमी…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा एकैदिन दुई परिवारका नौजनाको हत्या

    पाँचथरमा एकैदिन दुई परिवारका नौजनाको हत्या

    काठमाडौः पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ। घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था…

    विस्तृतमा पढ्नुस्

  • पार्टीभित्रै एकले अर्कालाई हराउने प्रवृत्तिले बेहोरियो पराजय : देउवा

    पार्टीभित्रै एकले अर्कालाई हराउने प्रवृत्तिले बेहोरियो पराजय : देउवा

    काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्‍ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्‍ने बताएका हुन्। 'पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो,' उनले…

    विस्तृतमा पढ्नुस्

  • जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा, २६ वर्षसम्म घटना रहस्यमै

    जेठ ३ मा मात्रै सम्झिने दासढुङ्गा, २६ वर्षसम्म घटना रहस्यमै

    कृष्ण आचार्य- भरतपुरः आज जेठ ३ गते, मदन-आश्रित स्मृति दिवस। विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो। यो २६ वर्षमा नारायणीमा धेरै पानी बग्यो, तर दासढुङ्गा जस्ताको त्यस्तै रह्यो। यो बीचमा भण्डारीको विचार र सिद्धान्त बोकेको पार्टी…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनजङ्घा चढ्दा दुई भारतीयले गुमाए ज्यान, एक हराए

    कञ्चनजङ्घा चढ्दा दुई भारतीयले गुमाए ज्यान, एक हराए

    ताप्लेजुङ : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ। पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताए। उनका अनुसार अर्का एक जना सम्पर्कविहीन छन्। आठ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए। चुचुरोमा पुगेर…

    विस्तृतमा पढ्नुस्

  • एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता : सन्दर्भ एकताको एक वर्ष

    एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता : सन्दर्भ एकताको एक वर्ष

    प्रकाश सिलवाल र शरद शर्मा - काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको छ। मुलुकका क्रियाशील दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा भएको एक वर्ष व्यतीत हुँदा प्रदेश र जिल्ला तहको नेतृत्व माक्रै…

    विस्तृतमा पढ्नुस्

  • समयमा काम पुरा नगर्ने आठ ठेकदार कारबाहीमा: ठेक्का रकम फिर्ता लिइयो

    समयमा काम पुरा नगर्ने आठ ठेकदार कारबाहीमा: ठेक्का रकम फिर्ता लिइयो

    लहान: ठेक्का अवधिमा निर्माण कार्य पुरा नगरेको भन्दै सडक डिभिजन कार्यालय सिराहाले आठ ठेकदारलाई कारबाही गरेको छ। सडक डिभिजन कार्यालय लहानका अनुसार सिराहासहित सप्तरी र उदयपुरमा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौताअनुसारको समयमा काम नगरेपछि ती ठेकदारलाई कारबाही गरिएको हो। सम्झौताबमोजिम ठेक्काको काम शुरु नै नगरेको, काम शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएपछि पटकपटक मौखिक पत्र तथा सूचनामार्फत जानकारी गराउँदापनि निर्माण कार्यमा आलटाल…

    विस्तृतमा पढ्नुस्

  • अब प्लस टूमै कानुन पढ्न पाइने

    अब प्लस टूमै कानुन पढ्न पाइने

    काठमाडौं : प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ। दस जोड दुई (‘प्लस–टु’) उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ। स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन्। विसं २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाडौँको बानेश्वरस्थित सो…

    विस्तृतमा पढ्नुस्

  • मिडिया काउन्सिलको विधेयक फिर्ताको माग

    मिडिया काउन्सिलको विधेयक फिर्ताको माग

    काठमाडौँ : नागरिक समाजका अगुवाले सरकारले सङ्घीय संसद्मा दर्ता गराएको तीन वटा विधेयकप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। राष्ट्रिय मानवअधिकार ऐन–२०६८ को संशोधन गर्न बनेको विधेयक–२०७५, मिडिया काउन्सिल सम्बन्धी विधेयक–२०७५ र सामाजिक संघसंस्था ऐन–२०७५ को सन्दर्भमा संयुक्त नागरिक अभियानद्वारा आज यहाँ आयोजित नागरिक संवाद कार्यक्रममा उनीहरुले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी ती…

    विस्तृतमा पढ्नुस्

  • अप्रत्यासित रुपमा सितलो भयो काठमाडौं, पश्चिमी न्यून चापीय प्रणालीले पार्‍यो असर

    अप्रत्यासित रुपमा सितलो भयो काठमाडौं, पश्चिमी न्यून चापीय प्रणालीले पार्‍यो असर

    काठमाडौं : गर्मी बढ्दै जाँदा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियसतिर उक्लिँदै थियो। तर, एकाएक भएको मौसम परिवर्तनले काठमाडौंको तापक्रम ह्वात्तै घट्यो। हिजो साँझदेखि आज मध्य दिनसम्म पनि गर्मी अप्रत्यासित रुपमा नियन्त्रण भएको छ। पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ। साथै मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • कृषिमुलक तराई : नेपालगञ्जबाट मात्रै नौ महिनामा पाँच अर्बको चामल आयात

    बाँके : चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ। गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो। नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म रु ३९ करोड २६ लाख ५१ हजार २३२ राजश्व…

    विस्तृतमा पढ्नुस्

  • आफैँ गर्भपतन गराउन खोज्दा १३ वर्षीया किशोरीको ज्यान जोखिममा

    आफैँ गर्भपतन गराउन खोज्दा १३ वर्षीया किशोरीको ज्यान जोखिममा

    बाँके : नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन्। यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले आफैँ गर्भपतन गर्न खोजेकी थिइन्। गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा…

    विस्तृतमा पढ्नुस्

  • शिक्षक भर्ती कहाँबाट? शिक्षा मन्त्री भन्छन् के?

    शिक्षक भर्ती कहाँबाट? शिक्षा मन्त्री भन्छन् के?

    काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाका लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र आयोगले विज्ञापन गर्ने बताए। कतिपय स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बसपार्कमा करिडोर : टहरा पसल हटाइयो

    नयाँ बसपार्कमा करिडोर : टहरा पसल हटाइयो

    काठमाडौँ : ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो। करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ। करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालीमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • लोकसभा चुनावले नेपाल भारत सीमामा संयुक्त गस्ती

    लोकसभा चुनावले नेपाल भारत सीमामा संयुक्त गस्ती

    बाँके : भारतमा हुन लागेको लोकसभा निर्वाचन तथा सीमा क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर नेपाल–भारत सीमाक्षेत्रको दशगजामा दुई देशका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन्। नेपाल–भारत सीमाक्षेत्रको जङ्गे पिलर नं २६ देखि २९ सम्म संयुक्त गस्ती गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बटालियन नं ४२…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा स्थानीयले बुझाए बन्दुक

    बाजुरा : अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन्। पछिल्लो दुई महिनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। जिल्लामा गत चैत १ गते सरकारले अवैध हातहतियार बुझाउन ३५ दिने सूचना जारी गरेको थियो। सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा हावाहुरी : बालाजुमा रुख भाँच्चिदा पजेरोमा क्षति

    काठमाडौँमा हावाहुरी : बालाजुमा रुख भाँच्चिदा पजेरोमा क्षति

    काठमाडौँ : काठमाडौँ उपत्यकामा बुधबार साँझ आएको भिषण हावाहुरीले केही बेर जनजीवनमा प्रभावित भयो। हावाहुरी र पानीका कारण यात्रा गरिरहेका यात्रुलाई निकै सास्ती बनाएको थियो।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद गङ्गा नगरकोटीका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिय भएको हो। यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ। प्रि मनसुनका अवस्थामा हुने यो नियमित प्रक्रिया नै हो। हावाहुरीका…

    विस्तृतमा पढ्नुस्

  • वाइस बर्षीया युवतीमाथि पोखरामा बलात्कार, ४ युवक समातिए

    वाइस बर्षीया युवतीमाथि पोखरामा बलात्कार, ४ युवक समातिए

    पोखरा : पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। सोमबार ती युवतीमाथि जबर्जस्ती भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell