काठमाडौं : आफ्नो मुलुकको संविधानमा धार्मिक राज्य लेख्ने केही पश्चिमा राष्ट्रहरु नेपालको संविधानमा धर्म निरपेक्ष लेख्न सक्रिय किन भए खोज्नुपर्ने आवाज उठेको छ। चैत्र नवरात्रका अवसरमा नेपाल मष्टो प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अन्तर धार्मिक परिषद्का सचिव केशवप्रसाद चौलागाईँले नर्वेको संविधानमा धार्मिक राज्य लेखिएको उल्लेख गर्दै नेपाललाई धर्म निरपेक्ष लेख्न नर्वेजियन सरकारी संस्था सक्रिय हुनुको कारण खोज्न बुद्धिजीवी र सरकारसँग माग…
सिवी अधिकारी - सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ। वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन्। सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए। सगरमाथाको दोस्रो…
काशीराम शर्मा बाँके : पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ। यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ। प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ। गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ। तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ। राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको…
जनकपुरधाम : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाएका छन्। नेता पौडेलले वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको आक्षेप पनि लगाए। उनले अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप लगाएका थिए। नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारविरुद्ध…
चितवन : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल…
दमौली : नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन्। पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन्। सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट…
विराटनगर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गरेको हो। यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले रु एक लाख तथा विराटनगर महानगरपालिकाले रु ५० हजार प्रदान…
दोलखा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन्। मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुगेका हुन्। मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिए। उनी करीब तीन घन्टा आयोजना निर्माणस्थलमा…
रीता लामा - घोराही : प्रतिनिधि सभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदैछिन्। गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो। कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्। अनि खुला विद्यालयमा…
सिन्धुपाल्चोक : चौतारा साँघाचोक गढी नपा–४ बतासेमा बाटो खन्ने क्रममा आज डोजर पल्टेर सहचालक २३ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको छ । सडकबाट करीब १५० मिटर तल सो डोजर खसेको थियो । सो दुर्घटनामा घाइते बलठी गाउँपालिका–६ निवासी तामाङलाई उपचारका लागि धुलिखेल अस्पतालमा लैजाँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताएका छन्। मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उनले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पारे। नेकपाका सचिवालय सदस्य पोखरेलले भने, 'एकता प्रक्रियालाई…
काठमाडौँ : रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ। तराईका जिल्लामा भने भोलि होली मनाइन्छ। चितवनलगायतका कतिपय जिल्लामा दुवै दिन होली मनाउने चलन छ। आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर…
काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कतारको दोहामा हुने एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनशिपको छनोट खेल खेल्न मंगलवार कतार प्रस्थान गरेको छ। एन्फाले मंगलवारै आयोना गरेको कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना, एन्फा पदाधिकारी लगायतले सहभागी २३ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए। नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अञ्जन विष्ट, विकास खवास, एरिक विष्ट, अर्पण…
काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची आज सार्वजनिक गरेको हो। लिगको उपाधि यात्रामा समावेश अधिकांश खेलाडीको नाम समावेश गर्दै मनाङले नाम पठाएको जनाएको छ। क्लबका अनुसार…
हेटौँडा : मकवानपुरमा निजगड–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि काटिएका रु २५ करोड मूल्य बराबरको काठ लिलाम हुन नसक्दा नष्ट हुन थालेको छ। जिल्ला वन कार्यालयका अनुसार जिल्लामा १८ सामुदायिक वनमा ट्रयाक निर्माणका लागि करीब एक लाख २५ हजार क्युफिट काठ दुई वर्षदेखि जङ्गलमा अलपत्र छ। सरकार र वन उपाभोक्ताबीच उक्त काठको लिलामी प्रक्रिया नमिलेकाले कटान गरिएका काठ जङ्गलमा रहेको…
मध्यप्रदेश ः इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन्। बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उाका छोरा सोमेश घाइते भएका हुन्। मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनि शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन्। घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको…
धनुषा : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन्। उनले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरे। उनी अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए। पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरीे निरीक्षण गरेको थियो। नेपाल रेल…
लहानः हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा आज दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करीब रु २६ लाख मूल्य बराबरको क्षति भएको छ। स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा प्रा डा देवनारायण साहलाई नियुक्त गरेका छन्। उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्रीले सुनसरीका साहलाई आज नियुक्त गरेका हुन्। यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि आजै नियुक्ति गरेका छन्। जसअनुसार पर्साका प्रा डा सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष, पाँचथरकी प्रा प्रमिला देवान…
काठमाडौं : नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि निमायनुसार गर्नुपर्ने काममा बाहना बनाइ रु २२ हजार घुस माग्दै गरेको अवस्थामा नायब सुब्बा रोकालाई पक्राउ गरिएको हो। सेवाग्राहीको उजुरीका आधारमा…