गलकोट : बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा आज साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए सडकदेखि करीब ७०० मिटर तल खसेको…
कास्की : तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन्। भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नग एक लाख पुरस्कार प्राप्त गरेका छन्। पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन पोखराका विभिन्न स्थान परिक्रमा गर्दै पुन रङ्गशालामा नै आएर टुङ्गिएको थियो। त्यस्तै सशस्त्र…
चितवन: नेपाली काङ्ग्रेसले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ। गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको काङ्ग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो। हरेक वडा समितिका नेतृत्व तहलाई प्रशिक्षक झिकाएर बन्दकोठामा प्रशिक्षण शुरु गरेको हो। नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गत महिनाबाट अभियान शुरु गरिएको जानकारी दिए। गत माघ १२…
काठमाडाैं: पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा साँझ मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मौसममा केही सुधार भई घाम लागे पनि भोलि (सोमबार)बाट देशभरीकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ। यसले गर्दा देशका अधिकांश…
दमौली: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन्। तनहुँको दमौलीमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्ने माग गरे। देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने…
काठमाडौँ : प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ। भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाधीनतालाई सर्वाेपरी राख्दै भूपू गोर्खा सैनिकले उठाएका माग…
रुपन्देही : पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मक स्थल निर्माण प्रक्रिया शुरु गरिएको हो। नेपालको बाटो हुँदै वर्षेनी हजारौँ पर्यटकले तिब्बतमा पर्ने मानसरोवर कैलाशको भ्रमण गर्ने गर्दछन्। उद्योग, पर्यटन, वन तथा वातावरण…
काठमाडौँ : व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिष सम्बद्ध संस्थाहरूले आह्वान गरेका छन्। विश्व ज्योतिष महासङ्घ, दक्षिण एशियाली ज्योतिष महासङ्घ र नेपाल ज्योतिष परिषद्ले संयुक्तरुपमा गठन गरेको अनुगमन समितिले एक वक्तव्य जारी गर्दै सो आग्रह गरेको हो। ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख नभएका तथा पुराना ज्यातिषको अनुभव भन्दा फरक किशिमले फलादेशबारे प्रचार–प्रसार गरिएको पाइएको अनुगमन समिति संयोजक एवं…
काठमाडौँ : घाम लाग्दालाग्दै काठमाडौंको मौसम एकाएक बदलियो। चट्याङसहित पानी पर्न थालेपछि चिसो एकाएक बढ्यो। र, आकाश उघ्रिन पनि समय लागेन। खण्डवृष्टि काठमाडौंमात्र मात्र होइन, देशका धेरै भागमा भइरहेको छ। पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो। पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि…
कृष्ण आचार्य - भरतपुर : नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ। सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ। ‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ”, खनालले भने, “जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत माथि छ।” जलवीरे पुल निर्माणको ठेक्का रौताहा…
नयाँ दिल्ली: भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी ४० जना सैनिकको मृत्यु भएको छ। भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो। श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ वटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो। यद्यपी भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणमा…
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन्। घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ। दुबै जनाको अवस्था सामान्य रहेको छ। घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको…
वीरगञ्ज: गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सक्ने सम्भावना रहेको छ। करिब ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएका हुन। प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि…
बेत्रावती: सडक विस्तारसँगै दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम नपाएको भन्दै नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न वडाका बासिन्दाले निर्माणमा अवरोध पुर्याएका छन्। ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत विदुर नपा–१ र १० मा मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै प्रभावित बासिन्दाले काममा अवरोध गरेका हुन्। सडक विस्तार गर्न नदिएको भन्दै बिहीबार वडा नं–१० का वडाध्यक्ष गणेशकुमार नेपाल र वडा सदस्य विष्णुप्रसाद प्याकुरेलसहित १०…
काठमाडौँ : ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर बिहीबार साँझ ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन्…
कुमार चौलागाईं काठमाडौँ : संयुक्त अबर इमिरेट्स (युएई)मा सम्पन्न एकदिवसीय अनर्राष्ट्रिय सिरिज र टी-२० सिरिज जित्न सफल क्रिकेट खेलाडीलाई सरकारले जनही रु पाँच लाख दिने निर्णय गरेको छ। यही माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सिफारिशमा सरकारले १६ जना खेलाडीलाई जनही…
कुमार चौलागाईं काठमाडौँ : प्रदेश नम्बर ५ मा आयोजना गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन। कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेन। बैठकले प्रतियोगिताका लागि प्रदेश छनोटको…
काठमाडौँ : सरकारले क्रिकेट, साग, फुटबल एवं वर्ल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ। यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति…
काठमाडौँ : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ। चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन्। उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी रु…
काठमाडौँ : नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ। ‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार प्रतियोगितमा…