PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

  • टेनिसको उपाधि जापानका जेनी र चीनका लिउलाई

    टेनिसको उपाधि जापानका जेनी र चीनका लिउलाई

    चिप्लेढुङ्गा : पोखरामा सम्पन्न १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको उपाधि जापानका जेनी इनोले जितेका छन्। पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा हङकङका केल लोक इन ताङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै जेनीले सो उपाधि हात पारेका हुन्। जितसँगै उनले आइटीएफको ३० अङ्क प्राप्त गरेका छन्। दोस्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अङ्क प्राप्त गरे। प्रतियोगिताअन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • चित्रबहादुर केसीको खुलासा : कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल

    चित्रबहादुर केसीको खुलासा : कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल

    खस्यौली : राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका छन्। आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी लगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको बताए। अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • बन्दीपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    बन्दीपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु

    दमौली : तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा आज राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरुको उपचारका क्रममा मृत्यु भएको बन्दीपुर अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरपछि मुलपानी क्रिकेट मैदानमा आइसीसीका प्रतिनिधिको अवलोकन

    कीर्तिपुरपछि मुलपानी क्रिकेट मैदानमा आइसीसीका प्रतिनिधिको अवलोकन

    कुमार चौलागाईं - काठमाडौँ : सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा।  एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो। टि–२० मा समेत पहिलो शृङ्खला जितेको छ। तर, नेपालमै…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक बिदा नतोकी आउँदै २०७६ सालको पात्रो

    सार्वजनिक बिदा नतोकी आउँदै २०७६ सालको पात्रो

    काठमाडौँ : सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ।  समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाडसम्बन्धी निर्णय गरिएकाले…

    विस्तृतमा पढ्नुस्

  • लाओसबाट फर्किए पूर्व प्रम माधवकुमार नेपाल

    लाओसबाट फर्किए पूर्व प्रम माधवकुमार नेपाल

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्केका छन्।  लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा गत माघ १६ गते गएका नेता नेपाल आज स्वदेश फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।  नेकपा र रिभोलुसनरी पार्टीका साथै दुवै देशबीच सम्बन्ध सुधारबारे नेता नेपालले त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गरेको नेपालसँगै फर्किएका नेकपाका केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • चाँगुनारायण नगरपालिकामा अब इँटाभट्टा निषेध

    चाँगुनारायण नगरपालिकामा अब इँटाभट्टा निषेध

    भक्तपुर : चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ। इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पनि हटाइउने नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।  नगरपालिकाले आज आयोजना गरेको इँटाभट्टा व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा उनले नगर क्षेत्रभित्र उक्त नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अन्य वैकल्पिक पेशा सञ्चालन गर्न सुझाव दिए।  नगरप्रमुख मिश्रले भने,“इँटाभट्टाका…

    विस्तृतमा पढ्नुस्

  • हजयात्रीको संख्या बढाउने गृहमन्त्रीद्वारा जानकारी

    हजयात्रीको संख्या बढाउने गृहमन्त्रीद्वारा जानकारी

    काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताएका छन्।  विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताए। नयाँ हज कमिटी गठनपछि काठमाडौँको बबरमहलमा आज बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले भने, “जो हज यात्रामा जान…

    विस्तृतमा पढ्नुस्

  • क्यानमाथि प्रतिवन्ध फुकुवा हुने मन्त्रीको दावी

    क्यानमाथि प्रतिवन्ध फुकुवा हुने मन्त्रीको दावी

    काठमाडौँ : युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपाल क्रिकेट सङ्घ (क्यान)माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन्।  रिपोर्टस क्लब नेपालले आज गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको मार्ग चित्रअनुसार क्यानको पाँच सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जिकिर गरे।  साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले…

    विस्तृतमा पढ्नुस्

  • काम गर्न बसेको किशोरले खुकुरी हानी गरे घरवेटीको हत्या

    काम गर्न बसेको किशोरले खुकुरी हानी गरे घरवेटीको हत्या

    चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ। यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो। मगरले आफूलाई जन्त जान…

    विस्तृतमा पढ्नुस्

  • पत्नीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मध्यपुर थिमिबाट पति पक्राउ

    पत्नीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मध्यपुर थिमिबाट पति पक्राउ

    भक्तपुर: पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन्।  आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए।  यही माघ ४ गते आफ्नै पतिले जबर्जस्ती गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • जन्ती चढेको बसमा करेन्ट, ६ जनाको मृत्यु

    जन्ती चढेको बसमा करेन्ट, ६ जनाको मृत्यु

    धनुषा : जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ। सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ६ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।  सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो। बसमा सवार अन्य…

    विस्तृतमा पढ्नुस्

  • मुलुकभर मौसम बदली र उच्च ठाउँमा हिमपातको सम्भावना

    काठमाडौँ : मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताए।  उनका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ। राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य…

    विस्तृतमा पढ्नुस्

  • स्वीटजरल्यान्डमा प्रम ओलीले गरे लगानी सम्मेलन सफल बनाउन आह्वान

    स्वीटजरल्यान्डमा प्रम ओलीले गरे लगानी सम्मेलन सफल बनाउन आह्वान

    तीर्थप्रसाद भटृराई -  जुरिच : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका छन्। जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • एन्फा अनियमितताको छानबिन गर्न समिति गठन

    एन्फा अनियमितताको छानबिन गर्न समिति गठन

    काठमाडौँ : युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा उपसचिव समन्तमणि आचार्य र सङ्घसंस्था विभाग प्रमुख डेमबहादुर बस्नेत सदस्य रहेको सो समित गठन गरिएको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले…

    विस्तृतमा पढ्नुस्

  • आर्मी च्याम्पियन

    आर्मी च्याम्पियन

    पाल्पाको रामपुरमा भएको अन्तर्राष्ट्रिय इण्डो नेपाल खुला पुरुष भलिबल खेलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। सोमबार भएको फाइनलमा आर्मीले चापाकोट नगरपालिका स्याङ्जालाई ३–२ सेटले पराजित गर्दै उपाधि हात पारेको हो।फाइनल खेलमा लगातार आर्मीले पहिलो र दोस्रो सेट २५-१३, २५-१८ को सेटमा जित्दै २-० को अग्रता बनाएको थियो। तर तेस्रो र चौथो सेट चापाकोटले २५-२१, २५-२२ को सेटमा हारएपछि खेल…

    विस्तृतमा पढ्नुस्

  • १३औँ साग निर्धारित मितिमा नहुने

    १३औँ साग निर्धारित मितिमा नहुने

    काठमाडौँ : नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ। सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ। साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

    एएफसी यू-२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

    काठमाडौँ : थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ। एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो। कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ। छनोटको कठिन समूहमा परेको…

    विस्तृतमा पढ्नुस्

  • राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

    राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

    काठमाडौँ : राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ। राखेपको केही समयअघि बसेको सञ्चालक समितिले बैठकले अहिले अनुमति लिएर खेल सङ्घका पदाधिकारी बनेका कर्मचारीलाई समेत फिर्ता बोलाउने निर्णय गरेको छ। यसअघि खेलकूद विकास ऐन २०४८ तथा खेलकूद विकास नियम २०४९ अनुसार राखेपबाट अनुमति लिएर त्यस्ता सङ्घमा पदाधिकारी तथा सदस्य बन्न पाउने व्यवस्था थियो।…

    विस्तृतमा पढ्नुस्

  • एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

    एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

    काठमाडौँ : काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ। आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन शुरु गरेको जानकारी दिP। उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell