काठमाडौँ : घुस लिनेलाई पक्राउ गर्ने खबर सामान्य नै हो। तर, एउटा घुस प्रकरणमा कर्मचारीसँग उनकी छोरीसमेत पक्राउ परिन्। र, त्यसले नयाँ तथ्य पनि स्थापित गरेको छ - घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग हुन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्टार गीताकुमारी पन्थीलाई…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। आज बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उनका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिए। उक्त भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था र नेपालको कम्युनिष्ट पार्टी…
काठमाडौँ : काठमाडौँको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ) को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो। महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट सेतो मछिन्द्रनाथको बज्राचार्य गुरुहरुबाट स्नान गराउने काम भएको थियो। यस कर्मलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगु’ भनिन्छ। हरेक वर्ष पोहेलाथ्व अष्टमीका दिन महास्नान गराइन्छ। अष्टरत्न बज्राचार्यले धार्मिक विधिपूर्वक पुजा सम्पन्न गरेका थिए।…
काठमाडौँ : घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा लागातार तीन खेल जित्दै सेमिफाइनलमा पुगेको छ। थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली महिला क्रिकेटको चर्चा पुन: शुरु भएको छ। टी-२० स्म्यासको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपाली टोलीले दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा…
काठमाडौँ : “गैँडाको मुख्य खाना घाँस हो, फलफूल गेडागुडी स्याउला पनि खान्छ, चिडियाखानामा पुरै घाँसले पुर्याउन सकिँदैन, केरा, स्याउ, बन्दा, चना, पिठोलगायत १०-१२ प्रकारका खानेकुरा दिनमा ५-६ पटक खुवाइन्छ।” नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको जिज्ञासामा सदर चिडियाखानाका सहायक क्यूरेटर (प्राविधिक) गणेश कोइरालाले उक्त व्याख्या गरे। एकै छिनमा खुट्टा खोच्याउँदै एउटा गैँडा नजिक आयो। कप्तान पारसले फेरि चासो राखे, “गैँडाले…
हेटौंडा : प्रदेश नंं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक अर्ब १३ करोडको लागतमा दश जिल्लामा ४६ प्रहरी भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रहरीका लागि भवन नहुँदा समस्या भएकाले नयाँ भवन निर्माण गर्न लागिएको सो मन्त्रालयले जनाएको छ। प्रदेश नं ३ प्रहरी कार्यालयअन्तर्गत सिन्धुलीमा ६, धार्दिङमा ३, चितवनमा ५, मकवानपुरमा ७, नुवाकोटमा ३, दोलखामा ४,…
कुमार चौलागाईं काठमाडौँ : गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भनेका थिए, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग फुटबल बन्द भएको थियो। गत वैशाखमा एन्फामा नयाँ नेतृत्व आएसँगै उसको पहिलो प्रतिबद्धता नै लिग फुटबल शुरु गर्नु थियो। नभन्दै गत असोज १३ गतेदेखि उक्त लिग फुटबल…
काठमाडौँ : सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक-एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ। युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो। मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो। बालबालिका, युवा वयस्क तथा प्रौढको शारीरिक, मानसिक विकास तथा व्यवस्थापनका लागि खेलकूद अपरिहार्य रहेको हुन्छ। स्थानीय तह देखिनै योजनाबद्ध रुपमा…
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गरे। सांसद थापाले सरकारले केही मेडिकल…
काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय (ओडिआई) र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाइएको छ। तर राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्र ऐरीं अष्ट्रेलियामा रहेका कारण केही दिनपछि मात्र बन्द प्रशिक्षणमा सामेल हुनेछन्। बन्द प्रशिक्षणमा कप्तान…
काठमाडौँ : चन्द्रागिरि नगरपालिका–१६ सतुंगलस्थित दीपक कपास उद्योगमा आगलागी भएको छ। काठमाडौँ प्रहरी परिसरका अनुसार आज साँझ लागेको उक्त आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन्। आगो अझै नियन्त्रणमा आएको छैन। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दमकल र खानेपानीका ट्याङ्करको प्रयोग गरिएको छ। उक्त आगो कसरी लागेको र के–कति क्षति भएकोबारे विवरण आउन बाँकी…
काठमाडौँ : विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ। न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो। अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१…
बेत्रावती : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ। एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ। बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा…
काठमाडौँ : व्यापार प्रवर्द्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा मिस नेपाल २०१८ लाई नियुक्त गरेको छ। बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिए। यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास…
कुमार चौलागाईं - काठमाडौँ : देशकै एकमात्र अन्तर्राष्ट्रिय रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो। विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेको छैन। भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ। तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ। भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला…
चितवन : क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नेपाल हात्ती खेल सङ्घ गठन गरिएको छ। राष्ट्रिय खेलकूद परिषद्ले सङ्घ पुनर्गठन गर्दै नयाँ समिति गठन गरेको हो। यसअघि चितवनकै बद्री अधिकारीको अध्यक्षतामा सङ्घ गठन गरिएको थियो। राखेपको पुस ७ गतेको निर्णयअनुसार हात्ती खेल सङ्घ गठन गरी जिम्मेवारी तोकिएको हो। तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम श्रेष्ठ, उपाध्यक्षमा दीपक…
काठमाडौँ : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण आजबाट अवकास लिएका छन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उनले गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए। आज प्रेस विज्ञप्ति जारी गरी उनले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम…
दमौली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन्। नेपाली काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताए। उनले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिए। नेता पौडेलले…
काठमाडौं : मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सार मध्ये सात भन्सारबाट निर्यात शून्य रहेको पाइएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य रहेको छ। ती भन्सारबाट आयातको मात्रा समेत असाध्यै नगन्य मात्रामा भएको पाइएको छ। यस्तै कञ्चनपुर, गौर, सिराहा भन्सारबाट पनि नगन्य मात्रामा मात्रै…
राजु विश्वकर्मा - लहान : प्रदेश २ को स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ। प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ। प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन प्रदेश २ सरकारले कात्तिक ११ गते डा हरिवंश झाको संयोजकत्वमा…