PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

  • कर्णाली प्रदेश कप टी-२० क्रिकेटको उपाधि सुर्खेतलाई

    कर्णाली प्रदेश कप टी-२० क्रिकेटको उपाधि सुर्खेतलाई

    रुकुम (पश्चिम) : कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो। फाइनलमा सुर्खेत १४ रनले विजयी भयो। टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो। विजयका लागि भविन सारु मगरले नट आउट ४० र टेक…

    विस्तृतमा पढ्नुस्

  • नेत्रविक्रम चन्दका कार्यकर्ता पार्टीमा भित्र्याउँदै प्रचण्डले भने : उद्देश्यप्राप्तिका लागि कहिले उकालो कहिले ओरालो

    नेत्रविक्रम चन्दका कार्यकर्ता पार्टीमा भित्र्याउँदै प्रचण्डले भने : उद्देश्यप्राप्तिका लागि कहिले उकालो कहिले ओरालो

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन्।  नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताए।  अध्यक्षले दाहालले भने, 'हामी नयाँ बाटोमा भए…

    विस्तृतमा पढ्नुस्

  • टिपर गुल्टिँदा ५ जना घाइते

    टिपर गुल्टिँदा ५ जना घाइते

    चौतारा : लामोसाँघु–जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको बा ४ ख ८२९७ नम्बरको टिपर सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको…

    विस्तृतमा पढ्नुस्

  • विदेशी लिगमा आफ्नो बलिङले ब्याट्सम्यानलाई घुमाउँदै सन्दीप, यस्तो छ अहिलेसम्मको यात्रा

    विदेशी लिगमा आफ्नो बलिङले ब्याट्सम्यानलाई घुमाउँदै सन्दीप, यस्तो छ अहिलेसम्मको यात्रा

    काठमाडौँ : दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन्। उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा लगातार १० खेल जित्ने मनाङ पहिलो क्लब, एकै सिजनको सबै खेल जितेर नयाँ कीर्तिमान बनाउने अबको लक्ष्य

    ए डिभिजन लिगमा लगातार १० खेल जित्ने मनाङ पहिलो क्लब, एकै सिजनको सबै खेल जितेर नयाँ कीर्तिमान बनाउने अबको लक्ष्य

    काठमाडौँ : सर्वाधिक सात पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले ‘ए’ डिभिजन लिग २०७५ मा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ। जारी लिगको १० औँ चरणसम्म आइपुग्दा डिफेण्डिङ च्याम्पियन समेत रहेको मनाङ मर्स्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ। मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, “उपाधि…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियामा हुने एक्स्पर्ट क्रिकेट फेस्टिभलमा राष्ट्रिय टिमका कप्तान पारस र दीपेन्द्र सहभागि हुने

    अष्ट्रेलियामा हुने एक्स्पर्ट क्रिकेट फेस्टिभलमा राष्ट्रिय टिमका कप्तान पारस र दीपेन्द्र सहभागि हुने

    काठमाडौँ : अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन्। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने उक्त महोत्सवमा नेपाली क्रिकेट टोलीले अष्ट्रेलियामा रहेका क्रिकेट समर्थक र खेलाडीसँग अन्तर्क्रिया गर्नाका साथै खेल गतिविधि आयोजना गरिने सोमवार आयोजितथ पत्रकार सम्मेलनमा नेपालय…

    विस्तृतमा पढ्नुस्

  • दाङ दुर्घटना : मृत्यु भएका २२ जनाको शव अस्पतालमा, पाँच जनाको सनाखत

    दाङ दुर्घटना : मृत्यु भएका २२ जनाको शव अस्पतालमा, पाँच जनाको सनाखत

    दाङ : तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ। मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उनले बताए। सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका…

    विस्तृतमा पढ्नुस्

  • उपाधि होडमा मनाङलाई संकटाको मुख्य चुनौती

    उपाधि होडमा मनाङलाई संकटाको मुख्य चुनौती

    काठमाडौँ : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ। बुधबार त्रिभुवन आर्मी क्लब र थ्री स्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ। यसअघि उपाधि होडमा रहेको थ्री स्टारलाई उक्त बराबरीले धक्का लागेको हो। नवौँ चरणपछि थ्री स्टार भन्दा मनाङ ५ अंकले अगाडि…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय शवदाह गृहमा पूर्व प्रधानमन्त्री गिरीको अन्त्येष्टि

    विद्युतीय शवदाह गृहमा पूर्व प्रधानमन्त्री गिरीको अन्त्येष्टि

    काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।  डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले जानकारी दिइन्। “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, गिरीले भनिन्।  पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डा, हस्ताक्षर संकलन अभियान चल्दै

    कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डा, हस्ताक्षर संकलन अभियान चल्दै

    काठमाडौँ : नेपाली काङ्ग्रेसको जारी महासमिति बैठक परिसरमा वैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि हिन्दू राष्ट्रको एजेण्डा बनाउन हस्ताक्षर सङ्कलन अभियान शुरु भएको छ।  अभियानमा हालसम्म करीब ७०० महासमिति सदस्यले हस्ताक्षर गरिसकेको दावी अभियानका अभियन्ता दिवस ढुंगेलले गरे। बैठकमा पनि महासमिति सदस्यले काङ्ग्रेसले हिन्दू राष्ट्रको एजेण्डामा छलफल गर्नुपर्ने आवाज उठाएका छन्। डोल्पाका महासमिति सदस्य देवीकृष्ण न्यौपानेले ८१ प्रतिशत हिन्दू धर्मालम्बी भएको मुलुकको संविधानमा…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास

    काङ्ग्रेस विधान मस्यौदामा सहमतिको प्रयास

    काठमाडौँ : नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको काङ्ग्रेस  महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ। केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि काङ्ग्रेस संसदीय दलको…

    विस्तृतमा पढ्नुस्

  • गत वर्ष बाढीले बगाएर भारत पुर्‍याएको गैँडा यसरी नेपाल ल्याइयो

    गत वर्ष बाढीले बगाएर भारत पुर्‍याएको गैँडा यसरी नेपाल ल्याइयो

    चितवन : विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करीब १५-२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो। यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो। केही गैँडा भारतको तल्लोभागमा पुगेकाले…

    विस्तृतमा पढ्नुस्

  • महिला क्रिकेट टोलीको प्रशिक्षकमा विनोद दास

    महिला क्रिकेट टोलीको प्रशिक्षकमा विनोद दास

    काठमाडौँ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय टोलीका कप्तान विनोद दासले पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आइसिसीले पत्र पठाई दासलाई महिला टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो। दासकै प्रशिक्षणमा नेपाली टोलीले थाइल्याण्डमा हुने टी-२० प्रतियोगिता र महिला विश्वकपको एशिया छनोट खेल्नेछ। अगामी पुस २८ देखि माघ ४ गतेसम्म थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय टी-२०…

    विस्तृतमा पढ्नुस्

  • दुई नेपाली क्रिकेटर कतार प्रस्थान

    दुई नेपाली क्रिकेटर कतार प्रस्थान

    काठमाडौँ : कतार क्रिकेट सङ्घले आफ्नो राष्ट्रिय दिवसका उपलक्ष्यमा मङ्गलबार आयोजना गर्न लागेको कतारको राष्ट्रिय टोली र एशिया ११ बीचको मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन नेपालबाट दुई क्रिकेटर आज त्यसतर्फ गएका छन्। एशियाका विभिन्न देशका खेलाडीलाई समावेश गरेर आयोजना हुन लागेको खेलमा नेपालबाट स्पिनर सञ्जम रेग्मी र हसिम अन्सारी कतार प्रस्थान गरेका छन्। नेपाली राष्ट्रिय टोली र अन्य खेलाडी एभरेस्ट प्रिमियर…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने १९ जनाको सामूहिक अन्तिम संस्कार हुने

    नुवाकोटमा मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउने १९ जनाको सामूहिक अन्तिम संस्कार हुने

    बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाइएको छ।  दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनाका क्रममा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • चिर्पटले हानेर नातिद्वारा ८४ वर्षीय बाजे र ७६ वर्षीया बज्यैको हत्या

    चिर्पटले हानेर नातिद्वारा ८४ वर्षीय बाजे र ७६ वर्षीया बज्यैको हत्या

    बैतडी :  बैतडीमा आफ्नै बाजे र बज्यैको हत्या गरेको अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ।   सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।  लोकेन्द्रले आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिर्पटले हानेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • विद्युत चुहावट रोक्न धमाधम कार्य सम्पादन सम्झौता

    रमेश लम्साल - काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधार गर्ने लक्ष्यका साथ देशव्यापी रूपमा नै क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रका प्रमुखसँग कार्यसम्पादन करार सम्झौता गर्दै आएको छ।   सोही क्रममा आज वितरण तथा ग्राहक सेवा निर्देशनालयको हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गतका शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो।   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग क्षेत्रीय…

    विस्तृतमा पढ्नुस्

  • रुखमा पानी छ्याप्दै कांग्रेसको महासमिति बैठक सुरु

    रुखमा पानी छ्याप्दै कांग्रेसको महासमिति बैठक सुरु

    काठमाडौँ : सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक शुरु भएको छ। सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरे।  सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ। उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशका सभामुख चितवनमा, महराले भने : सङ्घीयता असफल भए मुलुक असफल

    भरतपुर : सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला भएका छन्। प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे।  कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राखे। उनले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए। सरकारलाई सफल बनाउन ऐन,…

    विस्तृतमा पढ्नुस्

  • निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा, कम्पनी रजिष्टार कार्यालयका कर्मचारी समातिए ७ हजार घुससँगै

    निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा, कम्पनी रजिष्टार कार्यालयका कर्मचारी समातिए ७ हजार घुससँगै

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।   ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ। यस्तै कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई रु सात हजार घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell