PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • कोलकातामा साउन १२ मा भानुजयन्ती मनाइने, चन्द प्रमुख अतिथि

    कोलकातामा साउन १२ मा भानुजयन्ती मनाइने, चन्द प्रमुख अतिथि

    काठमाडौँ: नेपाली जनकल्याण समिति कोलकाताले साउन १२ गते २०६ औँ भानुजयन्ती मनाउने भएको छ। यस वर्षको भानुजयन्तीमा पूर्वप्रधानमन्त्री  तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द प्रमुख अतिथी हुने छन्। कोलकातामा सन् १९९७ देखि भानुजयन्ती मनाउन थालिएको हो। कोलकाताको अलिपुर रोडलाई सन् २००७ मा ‘भानुभक्त सरणी’ नामकरण गरिएको छ। यही साउन १२ गते कोलकाताको हावडा मैदानमा आयोजना भानुजयन्ती मनाइने छ। भारतको पश्चिम बंगाल राज्यका…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात सवारीको ठक्करबाट तनहुँमा एक वृद्धको मृत्यु

    अज्ञात सवारीको ठक्करबाट तनहुँमा एक वृद्धको मृत्यु

    दमौली: अज्ञात सवारीसाधनको ठक्करबाट आज बिहान तनहुँमा एक जना वृद्धको मृत्यु भएको छ। ठक्करबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवाका ७९ वर्षीय खड्कबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार अज्ञात सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। बिहान ५ बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने…

    विस्तृतमा पढ्नुस्

  • संसदमा नेपाली कांग्रेसको जरुरी सार्वजनिक प्रस्ताव

    संसदमा नेपाली कांग्रेसको जरुरी सार्वजनिक प्रस्ताव

    काठमाडौँ : प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका तर्फबाट केही दिनदेखि मुलुकका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार र राहतका कार्यक्रममा सरकारलाई सदनबाट निर्देशन होस् भनी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएकोे छ। प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले अप्ठेरो परेको बेलामा सबै राजनीतिक दल एक…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको पहिलो बैठक स्थगित, दोस्रो दिउँसो साढे २ बजे बस्ने

    प्रतिनिधि सभाको पहिलो बैठक स्थगित, दोस्रो दिउँसो साढे २ बजे बस्ने

    काठमाडौँ: प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्न तय गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ। संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचना अनुसार सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै दिउँसो २:३० का लागि तोकेका छन्। विशेष कारणवश पहिलो बैठक स्थगन गर्नुपरेको सो सूचनामा उल्लेख छ। प्रतिनिधि सभाको अघिल्लो (असार ३१ गते) को बैठक पनि सूचना टाँसेर नै स्थगन…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाली नेता किमले नयाँ पनडुब्बीको निरीक्षण गरे

    उत्तर कोरियाली नेता किमले नयाँ पनडुब्बीको निरीक्षण गरे

    प्योङयाङ: उत्तर कोरियाली नेता किम जोङ उनले भर्खरै मात्र निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन्। उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नवनिर्मित पनडुब्बी पूर्वी कोरियाली समुद्रमा तैनाथ गरिनेछ। यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ । केसिएनएका अनुसार नेता किमले उत्तर कोरियाको सैन्य क्षमता सुदृढ गर्न पनडुब्बीको सफल निर्माणले महत्वपूर्ण योगदान पु-याएको भन्दै पनडुब्बी निर्माण गर्ने टोलीलाई…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात समूहद्वारा डोटीमा वडा कार्यालयमा आगजनी

    अज्ञात समूहद्वारा डोटीमा वडा कार्यालयमा आगजनी

    डोटी: जिल्लाको जोरायल गाउँपालिका ४ लक्ष्मीनगरस्थित वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार अज्ञात समूहले गएराति करीब १ बजे आगजनी गरेको हो। आगजनी किन र कसले ग-यो अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता धामीले बताए। उनले भने, 'घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ, किन र कसले आगजनी…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग कुनै गोप्य सैन्य सम्झौता भएको छैन: कम्बोडियाली प्रधानमन्त्री हुन सेन

    चीनसँग कुनै गोप्य सैन्य सम्झौता भएको छैन: कम्बोडियाली प्रधानमन्त्री हुन सेन

    नोम्पेन्ह: कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग कुनै पनि गोप्य सैन्य सम्झौता नगरेको प्रष्ट्याएका छन्। कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एउटा सैनिक शिवर चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिने गोप्य सम्झौता चीनसँग गरेको समाचार हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले छापेको थियो। वाल स्ट्रिट जर्नलको समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले फ्रेस न्युज नामको एउटा अर्को…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदी अगस्टमा भुटान जाने

    भारतीय प्रधानमन्त्री मोदी अगस्टमा भुटान जाने

    नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही अगस्टमा भुटानको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन्। उनको भुटान भ्रमणले 'छिमेक पहिलो' नीतिप्रति मोदी नेतृत्वको भारतीय सरकारको उच्च प्रतिबद्धता प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन्। दुवै देशबीच रहेको विशिष्ट मैत्रीसम्बन्ध भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले अझै गतिशील र प्रगाढ हुने विश्वास भारतको छ। गत महिना भारतका विदेश मन्त्री एस जयशंकरले भुटानको दुईदिने भ्रमण गरेका…

    विस्तृतमा पढ्नुस्

  • निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

    निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

    फिदिम: पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ। टारीका स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सेटिङ निकाल्ने क्रममा पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको हो। घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्न प्रयास गरिरहेको छ। प्रहरी निरीक्षक अनिलकुमार पौडेलका…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका दुई आत्मघाती आक्रमणमा चार प्रहरीसहित सात जनाको मृत्यु

    पाकिस्तानका दुई आत्मघाती आक्रमणमा चार प्रहरीसहित सात जनाको मृत्यु

    पेसावर: पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान लडाकुले गरेका दुई आत्मघाती आक्रमणमा सात जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबान लडाकुले बिहान ७:४५ बजे आत्मघाती विस्फोट गराउँदा दुई प्रहरीको मृत्यु भएको थियो। विस्फोटमा केही प्रहरी र सर्वसाधारण समेत घाइते भएका थिए। घाइतेको उपचारका लागि स्थानीय अस्पताल लगिएकोमा त्यहाँ तालिबान लडाकुमा आबद्ध…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो ड्रोन सुरक्षित फर्केको इरानको दाबी

    आफ्नो ड्रोन सुरक्षित फर्केको इरानको दाबी

    तेहरान: इरानले आफ्नो ड्रोन सुरक्षित रहेको बताएको छ। इरानका उपविदेश मन्त्री अब्बास आरागचीले ड्रोन खसालेको अमेरिकी दाबी अस्वीकार गरेका छन्। इरानी सशस्त्र बलले पनि आफ्नो ड्रोन अमेरिकाले नखसालेको दाबी गरेको छ। सशस्त्र बललाई उद्धृत गर्दै सबै ड्रोन सुरक्षित फर्केको इरानी समाचार समिति इर्नाले जनाएको छ। अमेरिकी जल सेनाले स्ट्रेट अफ हर्मुज जलमार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दाबी…

    विस्तृतमा पढ्नुस्

  • सर्पले टोकेर ६८ बर्से वृद्धको मृत्यु

    सर्पले टोकेर ६८ बर्से वृद्धको मृत्यु

    कावासोती: नवलपरासी पूर्व नवलपुरमा सर्पले टोकेर एक जना वृद्धको मृत्यु भएको छ। कावासोती नगरपालिका–१७ का ६८ बर्से बुद्धिबहादुर थापाको सर्पको डसाइबाट आज बिहान मृत्यु भएको हो। सर्पले टोकेको थाहा नपाउँदा विषले उनको शरीरमा असर देखिएपछि मात्र उनलाई उपचारका लागि कावासोतीस्थित कालीगण्डकी अस्पताल पु-याइएको थियो। उनलाई अस्पताल ल्याउनासाथ परीक्षण गरी चिकित्सिकले मृत घोषणा गरेका थिए। थापालाई बिहान करिब साढे ५ बजे…

    विस्तृतमा पढ्नुस्

  • जब वडा अध्यक्षका सामु पुग्यो उनकै नक्कली हस्ताक्षर...

    जब वडा अध्यक्षका सामु पुग्यो उनकै नक्कली हस्ताक्षर...

    काठमाडौं : काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन्। आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो। वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै हस्ताक्षर गरेर फाइल पेश गरेको…

    विस्तृतमा पढ्नुस्

  • दुई जनाको शव फेला, नौ अझै बेपत्ता

    दुई जनाको शव फेला, नौ अझै बेपत्ता

    डोल्पा : शनिबार मुड्केचुला गाउँपालिका–१ काँशिला खोलाको बाढीले बगाएर बेपत्ता भएका ११ मध्ये दुई जनाको शव आज फेला परेको छ। नौ जना अझै बेपत्ता छन्। मुड्केचुला–१ काँशिला गाउँकी ४० वर्षीया चन्द्रकुमारी सार्कीको शव खोलादेखि तीन सय मिटर टाढाको घट्टेखोलाको किनारमा फेला परेको हो। सोही ठाउँका ३८ वर्षीय धनराज बोहराको शव शनिबार फेला परेको थियो। सदरमुकाम दुनैबाट प्रजिअ मुकेशकुमार केशरी, प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

    लाजिम्पाटमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं : काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो। दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन्। महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह…

    विस्तृतमा पढ्नुस्

  • नेत्रविक्रम चन्दका पोलिटब्युरो सदस्य कार्की पक्राउ, एनसेल टावर जलाएको आरोप

    नेत्रविक्रम चन्दका पोलिटब्युरो सदस्य कार्की पक्राउ, एनसेल टावर जलाएको आरोप

    बेत्रावती : एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई आज नुवाकोट ल्याइएको छ। धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि यहाँ ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। उनका अनुसार गत फागुन १० गते राति विदुर नपा–२ स्थित एनसेल टावरमा भएको आगजनीमा विप्लव समूहका…

    विस्तृतमा पढ्नुस्

  • प्रधान मन्त्री ओलीको पानी जहाज सपना पूरा गर्न दुई कम्पनीको प्रस्ताव

    प्रधान मन्त्री ओलीको पानी जहाज सपना पूरा गर्न दुई कम्पनीको प्रस्ताव

    शरद शर्मा - काठमाडौं : नेपालमा पानीजहाज कार्यालय स्थापनासँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा फरफराउने गरी व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूहले इच्छा देखाएका छन्। दर्ताका लागि कम्पनीको अनुमतिपत्र लिनका लागि ललितपुरस्थित नेपाल पानी जहाज कार्यालयमा ती समूह पुगेका छन्। कार्यालयबाट अनुमपतिपत्र प्राप्त गरेपछि मात्र कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकले कुटेका विद्यार्थीको उपचारका क्रममा मृत्यु

    शिक्षकले कुटेका विद्यार्थीको उपचारका क्रममा मृत्यु

    कञ्चनपुर : भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ। गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए। 'यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो,' प्रहरी निरीक्षक भट्टले…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न माग

    भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न माग

    काठमाडौं : नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ। भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै आज नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। नेविसङ्घका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनका लागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताए। 'विषादी तरकारी र फलफूल जाँच…

    विस्तृतमा पढ्नुस्

  • सेनाको संख्या घटाउने छैन योजना : रक्षामन्त्री पोखरेल

    सेनाको संख्या घटाउने छैन योजना : रक्षामन्त्री पोखरेल

    काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको कुनै नीति तथा योजना नरहेको स्पष्ट पारेका छन्। राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाको जनशक्तिको सङ्ख्या मुलुकको आवश्यकताको उपज रहेको बताए। उपप्रधानमन्त्री पोखरेलले भने, 'विगतको द्वन्द्वका बेला सेनाको सङ्ख्या बढेको हो, यसलाई कुनै डाउन साइज गर्ने नीति छैन,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell