PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • इलेक्ट्रिक गाडी भित्रिएसँगै चर्जिङ स्टेसन बनाउने तयारी

    इलेक्ट्रिक गाडी भित्रिएसँगै चर्जिङ स्टेसन बनाउने तयारी

    रमेश लम्साल - काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ। विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालु आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारी साधनको…

    विस्तृतमा पढ्नुस्

  • महिला र बालकको शव त्रिशूली नदीमा

    दमौली : तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ। नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन। नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • राम्रो काम गरे सरकारलाई सघाउने देउवाको भनाइ

    राम्रो काम गरे सरकारलाई सघाउने देउवाको भनाइ

    स्याङ्जा : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताएका छन्। सभापति देउवाले भने, ‘सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न सकिँदैन, यो प्रतिपक्षको धर्म नै हो।’ नेपाली काङ्ग्रेस जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत…

    विस्तृतमा पढ्नुस्

  • प्रसारण लाइन चुँडियो, चिलिमे जलविद्युतको उत्पादन बन्द

    प्रसारण लाइन चुँडियो, चिलिमे जलविद्युतको उत्पादन बन्द

    रसुवा : राष्ट्रिय प्रसारण लाइनको तार चुडिएका कारण २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको छ। आज अपरान्ह उत्तरगया गाउँपालिका–५ लहरे गाउँमा रहेको ८४ नम्बरको टावरमा एक्कासी प्रसारण लाइन चुडिएपछि उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ। विद्युत उत्पादन बन्द भएपछि रसुवा जिल्ला यतिखेर अन्धकारमय भएको नागरिक समाजले जनाएको छ। राष्ट्रिय प्रसारण लाइन मर्मतको लागि नेपाल…

    विस्तृतमा पढ्नुस्

  • गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु

    गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु

    काठमाडौं : गुडिरहेको मोटरसाइकलबाट खस्दा एक किशोरीको मृत्यु भएको छ। टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आज बिहान बा५३प ९६५४ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृत्यु भएको हो। महानगरीय प्रहरी प्रभाग गोँगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोष सिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजिक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको जानकारी दिए। मोटरसाइकलका…

    विस्तृतमा पढ्नुस्

  • रणनीति कि यथार्थ : कागज गर्दै रिहा हुँदै विप्लवका कार्यकर्ता

    रणनीति कि यथार्थ : कागज गर्दै रिहा हुँदै विप्लवका कार्यकर्ता

    जाजरकोट : विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन्। जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुटेको प्रहरीले जनाएको छ।  सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ। उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर…

    विस्तृतमा पढ्नुस्

  • 'विप्लव' नेतृत्वको नेकपाले गरेको आगजनीबाट एनसेल र नेपाल टेलिकमका दुई दर्जन टावरमा क्षति

    'विप्लव' नेतृत्वको नेकपाले गरेको आगजनीबाट एनसेल र नेपाल टेलिकमका दुई दर्जन टावरमा क्षति

    काठमाडौं: टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका विभिन्न जिल्लाका झन्डै दुई दर्जन टावरमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले आगजनी गरेको छ। आगजनीबाट टावरमा क्षति पुगेको छ।  प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र नेपाल टेलिकमको एउटा टावरमा यसरी आगजनी भएको हो । प्रहरीका अनुसार बुधबार साँझदेखि आज बिहानसम्मको विवरण बमोजिम धेरै ठाउँमा जुटको बोरा सल्काएर…

    विस्तृतमा पढ्नुस्

  • नदीले बगाएर विद्यार्थी बेपत्ता

    नदीले बगाएर विद्यार्थी बेपत्ता

    मेलम्ची: सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। विद्यालयको छेउमै रहेको नदीले आज बिहान ९:१५ बजे बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्। प्रहरीले विजयको खोजी गरिरहेको जानकारी दिएको छ। लामोसाँघुस्थित प्रहरी चौकीबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीय बासिन्दाले सुनकोसीमा बेपत्ता विजयको खोजी गरिरहेका छन्। बल खेलिरहेका बेला बल…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा दुईको मृत्यु

    भक्तपुरमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा दुईको मृत्यु

    भक्तपुर: भक्तपुरमा भएका दुई बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट खसेको थियो। दुर्घटनामा चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा बोलेरो…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

    नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

    काठमाडौँ: नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट लागुऔषधसहित एक जनालाई आज बिहान पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ४१९१ नम्बरको बस जाँच गर्दा लागुऔषधसहित बारा कलैयाका १६ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो।  प्रभाग प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर खड्काले पक्राउ चौधरीसँग नुर्फिन ९६ एम्पुल, फेनारगन ९८ एम्पुल र डाइजेपाम ९८ एम्पुल बरामद…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षमा नारायणी र राप्तीमा ९ घडियाल गोही मरे

    एक वर्षमा नारायणी र राप्तीमा ९ घडियाल गोही मरे

    चितवन: नारायणी र राप्ती नदीमा गएको एक वर्षमा माछा मार्ने (तिहारी जाल)मा परेर ९ वटा घडियाल गोही मरेका छन्। सङ्कटापन्न घडियाल गोही माछा मार्ने नारायणी र राप्तीमा थापिएका जालमा परेर मरेपछि यसको संरक्षणमा चुनौती अझै बढेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ९ वटा घडियाल गोही जालमा परेर मरेको जानकारी दिए। प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • ज्येष्ठ नागरिक विधेयक: छोराछोरीले बाबुआमाको नाममा बैंक खातामा रकम जम्मा गर्नुपर्ने

    ज्येष्ठ नागरिक विधेयक: छोराछोरीले बाबुआमाको नाममा बैंक खातामा रकम जम्मा गर्नुपर्ने

     काठमाडौं :  सरकारले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने गरी ज्येष्ठ नागरिकसम्बन्धी विधेयक संशोधन गरी कानून ल्याउने तयारी गरेको छ। संघीय संसद सचिवालयले छलफलका लागि ल्याएको उक्त विधेयकको नाम ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक, २०७५’ रहेको छ। नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

    सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

    सिरहाः सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरका बासिन्दा विमल यादवको १० वर्षीय छोरा दीपक यादव र ७ वर्षीया छोरी नन्दनी यादवको गाउँकै पोखरीमा डुबेर मृत्यु भएको छ। दुवै दाजुबहिनी आइतबार घरबाट खेल्न गएका तर बेलुकासम्म घर नफर्किएपछि अभिभावकले खोजी गरेका थिए। अभिभावकले खोज्दै जाँदा स्थानीय पोखरीमा दाजुबहिनी दुवै मृतावस्थामा…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षसम्म पनि बनेन कमलविनायक-नगरकोट सडक

    ६ वर्षसम्म पनि बनेन कमलविनायक-नगरकोट सडक

    नगरकोटः ठेक्का भएको छ वर्षसम्म पूरा हुन नसकेको पर्यटकीयस्थल कमलविनायक–नगरकोट सडकको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार स्थलगत अनुगमन गरेको छ। विसं २०७० मा सुरु भई दुई वर्षमा पूरा हुनुपर्ने १७ किमि सडक छ वर्ष बित्दा पनि निर्माण हुन नसक्दा पर्यटकमार्फत विश्वव्यापी रुपमा नकारात्मक सन्देश गएको स्थानीयवासीको गुनासो छ। राजधानी नजिकैबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै धेरै हिमाल एवं सूर्योदयको दृश्य…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वी राजमार्गमा ट्रकको पछाडि बस ठोक्किएर एकको मृत्यु, पाँच घाइते

    पृथ्वी राजमार्गमा ट्रकको पछाडि बस ठोक्किएर एकको मृत्यु, पाँच घाइते

    चितवन: पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ फिस्लिङमा आज बिहान ट्रकको पछाडि बस ठोक्किँदा बसका एक यात्रुको मृत्यु भएको छ। बिहान ४:४५ बजे भएको दुर्घटनामा बसका पाँच यात्रु घाइते भएका छन्। दुर्घटनाका घाइतेहरुको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको जानकारी प्रहरीले दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिनाको मृत्यु भएको हो। घाइते भानु तिमिल्सिनालाई उपचारका…

    विस्तृतमा पढ्नुस्

  • विप्लव समूहका कास्की सेक्रेटरी सुजन पक्राउ

    विप्लव समूहका कास्की सेक्रेटरी सुजन पक्राउ

    कास्कीः नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ। सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी दानबहादुर कार्कीले जानकारी दिए। यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ। विकले आफू लडाकु…

    विस्तृतमा पढ्नुस्

  • पौडी पोखरीमा डुबेर चितवनमा एकको मृत्यु

    पौडी पोखरीमा डुबेर चितवनमा एकको मृत्यु

    चितवनः पौडी पोखरी (स्विमिङपुल)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन्। काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो। स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८ः४०…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले कहाँको सडकमा कस्तो क्षति?

    पहिरोले कहाँको सडकमा कस्तो क्षति?

    सञ्चिता घिमिरे- काठमाडौं : वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन्। डिभिजन सडक कार्यालयले सडकमा रहेको अवरोध हटाइरहँदा कतिपय सडक दुई सातादेखि अवरुद्ध छन्। निर्माणाधीन कान्ति लोकपथ अन्तर्गत धेरै स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ। सो सडक अहिले बगुवाबाट प्युटारसम्म अवरुद्ध रहेको महानगरीय प्रहरीवृत्त चापागाउँले जनाएको छ। बिहीवारसम्म चापागाउँबाट टीकाभैरव उता सवारी साधन चल्न…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य सङ्घको ५५ लाख सहयोग

    अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य सङ्घको ५५ लाख सहयोग

    चितवन : धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ। सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई बिहीवार सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पुर्‍याउने जानकारी दिए। यसअघि नै सङ्घले रङ्गशालाका लागि एक करोड सहयोग…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारमा डुंगा पल्टिँदा १३ तीर्थयात्रीको मृत्यु

    याङ्गुनः म्यान्मारको मन्डाले क्षेत्रमा तीर्थयात्री चढेको डुंगा बुधबार दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। डुंगा दुर्घटनामा एक जना तीर्थयात्री बेपत्ता भएका छन्। म्यान्मारको गृह मन्त्रालयले सो डुंगामा २५ जना तीर्थयात्री रहेको जानकारी दिएको छ। महालाइङ नगरस्थित एउटा बौद्ध बिहारमा गइरहेका बेला सार ताउङ (जिता) भन्ने ठाउँमा डुंगा पल्टिएको थियो। म्यान्मारी गृह मन्त्रालयको विज्ञप्तिमा उद्धार गरिएका ११ जना तीर्थयात्री सकुशल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell