विदुर : नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका आरोप लगाइएको छ। विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको हो। विसं २०२१ मा निर्माण भएको सो पुललाई स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै…
हेटौँडा : प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्। डेंगु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गरेका हुन्। हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिशय्या दुई जनाका दरले बिरामीलाई राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। सो अवसरमा…
डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भीर चट्टानमा मार्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ। उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ। सेती नदीको चट्टानमा कसैले फालेर फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मंगलवार साँझ उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको डोटीका प्रमुख जिल्ला…
खलंगा : जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे १ ज ७९६ नम्बरको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी…
देवराज सुवेदी- चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन्। चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ। भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो। अहिले नाका खुलेको दुई महिना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ। केही…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेंगु परीक्षण तथा उपचार गर्न आउने विरामीसँत शुल्क नलिन निर्देशन दिएको छ। पछिल्लो समय काठमाडौँलगायत देशभर डेंगु रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले आज नि:शुल्क उपचार गर्ने निर्देशन दिएको हो। अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना…
गौशाला : महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा बनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए। छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए। त्यस्तै गौशाला नगरपालिका–११ का विन्देश्वर प्रसाद शर्माले पनि आफ्नी एक महिने छोरी अंशिकाको…
जुम्ला : कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो। मुगुका धनबहादुर बुढाले सोमबार राति जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि सुरक्षा संयन्त्रमार्फत…
इनरुवा : जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। कोशी गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए। कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो। गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको नेतृत्वमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले…
भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेशमा निषेध गरेका छन्। देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमल कुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो। अस्पतालमा आज आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर…
बाजुरा : जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ। आव २०७५/७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको तीन लाख रुपैयाँ उक्त वर्गलाई नदिइकनै उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप…
भरतपुर : चितवनका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ। भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव…
चितवन : भरतपुर महानगरपालिका–१ आँपटारीमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आज बिहान २:४० बजे ना ६ ख ७६८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ। मृतक अधिकारीको…
गाईघाट : उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ। अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बुद्धिप्रसाद चौलागाईंले…
बनेपा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई आयोगले नियन्त्रणमा लिएको थियो। आयोगले उनीहरुबाट दुई हजार रुपैयाँ…
चितवन : गएराति जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। रत्ननगर नगरपालिका वडा नम्बर ४ शिवचोकमा ना ७ ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा…
लोकन्थली : मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःसडक भासिँदा ६ घर उच्च जोखिममा परेको छ। मध्यपुरथिमि १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति सडक भासिएपछि रोकथामका प्रयास भएपनि वर्षाक कारण फेरि सडक अवरुद्ध भएको हो। पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति सडक भासिंदा १६ फिट…
खस्यौली : पूर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका–१ स्थित वनकट्टामा बोलेरो गाडीले ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सैनामैना नगरपालिका–१ निवासी ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नम्बरको बोलेरो गाडीले सडक छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको हो। ठक्कर…
काठमाडौं : बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्। ‘अहिले मनसुनको कुनै प्रभाव छैन,’ मौसमविद् कँडेले भनिन्। उनका अनुसार वर्षा अझै केही दिन लम्बिने छ तर लगातार भने हुने…
जलेश्वर : पूर्व युवा तथा खेलकूदमन्त्री गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ। जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उनका छोरा बजरंग नेपालीले बताए। विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनी प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री भएका थिए। पाँच वर्ष पहिले…