खाँदबारी : संखुवासभाको खाँदबारीमा स्काभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो। तुम्लिङटार–चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई किचेको थियो। भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन्। टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए। उनले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेको बताए। 'सार्वजनिक खरीद ऐन…
काठमाडौँ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ। नसक्नेले पञ्चमीदेखि औँशीसम्म,…
काठमाडौं : सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ। भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ। यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम…
गौशाला : श्रीमतीको हत्या गरी १५ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ परेका औरही नगरपालिका-२ का विनोद सदा मुसहरलाई आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। मुसहरले विसं २०६१ कात्तिक १८ गते औरही नगरपालिका-२ (साविकका औरही गाविस वडा नम्बर ८) मा आफ्नी ४० वर्षीया श्रीमती बेचनी देवी सदाको हत्या गरेका थिए। प्रहरी…
काठमाडौं : प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। समूह ‘क’ मा रहेको आर्मीले अपराजित रहँदै शीर्ष स्थानमा…
नेपालगञ्ज : नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए। सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए। नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले उक्त कुराको खण्डन गरेका छन्। अध्यक्ष खरेलले…
जलेश्वर : महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो। बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको नाङ्गो तार छुन पुग्दा उनको करेन्ट लागेर ज्यान…
धनुषा : लामो समयदेखि तराईका आठ जिल्लामा वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेपछि किसानहरु चिन्तित बनेका छन्। समयमा वर्षा नहुँदा तथा सिँचाइको अभावमा अधिकांश जिल्लामा धान रोपाइँमा असर परेको छ भने रोपिएका धान पानीको अभावमा सुक्न थालेको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६४ हजार ६०० हेक्टरमा धानखेती हुँदै आएकामा करीब २५ हजार हेक्टर सिञ्चित क्षेत्र रहेको र बाँकी असिञ्चित…
महोत्तरी : प्रदेश नम्बर २ मा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना विरामी भएका छन्। सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगुको संक्रमणबाट मृत्य भएको प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयले जनाएको हो। प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीवार बिहानसम्म ७३ जनामा डेंगु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए। प्रदेशमा…
चितवन : बुधवार पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीहरु तारेखमा रिहा भएका छन्। चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधवार राति नै छुटेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार उनीहरु सबैलाई तारेखमा छोडिएको हो। शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधवार बहिरंग सेवा बन्द गराउन खोजेपछि…
सल्यान : माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत दुई बालिका एक हप्तादेखि बेपत्ता भएका छन्। वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन्। ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारले सबै ठाउँमा खोजेर नभेट्टाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए।…
भक्तपुर : देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ। एक साताको अवधिमा जिल्लामा ९९ जना विरामीमा डेंगु रोग भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना विरामीमा डेंगु रोग रहेको पुष्टि भएको जानकारी दिए। यो रोगको संक्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेंगु…
चितवन : भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन्। उपचारका लागि भरतपुर अस्पताल ल्याइएको उनलाई अस्पतालले मृत घोषणा गरेको हो। उनको शव…
बनियानी : झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका–२ की ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जी रहेका छन्। उनीहरुले सोही स्थानकी एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। 'पीडित महिलालाई ज्वरो आएको रहेछ' इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले…
बैतडी : चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ। शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो। शुक्रबार बेलुका ७ :३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालकको शव राति १० बजे घरभन्दा ५००…
हेटौँडा : मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशुसहित तीन जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्। आज भीमफेदीको जुरिखेतमा ना १ ज ३६४० नम्बरको जीप दुर्घटना हुँदा १० महिने शिशु माझीको…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रुपमा जुवा तास खेलेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई छुटाउन प्रहरीलाई घुस दिन खोज्ने गङ्गालाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउने व्यक्तिलाई पक्राउ गरेको थियो। प्रहरी कारवाहीपछि धरौटीमा रिहा भएका…
काठमाडौं : भारतको उडिशा र पश्चिम बगाल आसपासमा मनसुनको न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो क्षेत्र मनसुनी न्यून चापीय रेखा औसत स्थान भएकाले मनसुन सक्रिय भएको हो। मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई वर्षा हुने क्रम…
बागलुङ : आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ। गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट परिचयपत्र वितरण शुरु हुनेछ। बिहीवार बागलुङमा आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरणमा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दिनमा ४० हजार परिचयपत्र छाप्ने गरी उपकरण र जनशक्ति थप गर्न लागिएको बताए। 'अहिले परीक्षणस्वरुप एउटा यन्त्रबाट मात्र…