PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • खारेजमा परे पनि सि लिङ्क ओभरसिजको ठगी धन्दा जारी, ५ सयभन्दा धेरै राहदानी जफत

    खारेजमा परे पनि सि लिङ्क ओभरसिजको ठगी धन्दा जारी, ५ सयभन्दा धेरै राहदानी जफत

    काठमाडौं : वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ। विभागको सूचीबाट खारेजीमा परेको कामपा-४ चप्पल कारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो। सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै परेको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा दुर्घटनामा दुई जनाको मृत्यु

    ललितपुरमा दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं : ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नंको बसले स्थानीय नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार गाडीले बसले ब्रेक लगाउँदा घिमिरे ढोकाबाट खसेका थिए। चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। आजै ललितपुर महानगरपालिका–८ ग्वार्कोमा बा४ख ९०५५ नंको…

    विस्तृतमा पढ्नुस्

  • जापानमा राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता, कोविन्दले स्वीकारे नेपाल भ्रमणको निम्तो

    जापानमा राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपतिबीच भेटवार्ता, कोविन्दले स्वीकारे नेपाल भ्रमणको निम्तो

    टोकियो : जापानका सम्राट नोरुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जापानमा छिन्। त्यसक्रममा राष्ट्रपति भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज भेटवार्ता भएको छ। कोविन्द राष्ट्रपति भएपछि दुई समकक्षीबीच भएको पहिलो भेटमा भण्डारीले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्।  कोविन्दले भ्रमणको निमन्त्रणा स्वीकार्दै कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने बताएका थिए। कोविन्द सन् २००६ मा सांसद हुँदा नेपाल भ्रमणमा…

    विस्तृतमा पढ्नुस्

  • के कारण ह्वात्तै बढ्यो काठमाडौंमा चिसो?

    के कारण ह्वात्तै बढ्यो काठमाडौंमा चिसो?

    काठमाडौं : पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ। उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य…

    विस्तृतमा पढ्नुस्

  • बाबुलाई दिए छोराले कलेजो, शिक्षण अस्पतालमा तेस्रो प्रत्यारोपण पनि सफल

    बाबुलाई दिए छोराले कलेजो, शिक्षण अस्पतालमा तेस्रो प्रत्यारोपण पनि सफल

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको तेस्रो पटकको कलेजो प्रत्यारोपणले पनि सफलता प्राप्त गरेको छ। शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो। प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ। अस्पतालका प्रत्यारोपण चिकित्सक प्राडा रमेशसिंह भण्डारीको टोलीले करीब आठ घण्टा लगाएर सो प्रत्यारोपण गरेको थियो। प्राडा भण्डारीका…

    विस्तृतमा पढ्नुस्

  • बीस बुँदे घोषणापत्रसहित बेइजिङ समीक्षा सम्मेलन सकियो

    काठमाडौं : संवैधानिक व्यवस्था, नीति र व्यवहारमुखी कानूनी प्रक्रिया बनाएर लैङ्गिक समानता र सशक्तीकरणमा ध्यान दिन कानून, ऐन र नीति निर्माण गर्नुपर्नेलगायत २० बुँदे घोषणापत्र जारी गरी बेइजिङ प्लस २५ समीक्षा सम्बन्धमा नागरिक प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ। बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालद्वारा आयोजित बेइजिङ प्लस २५ समीक्षा सम्बन्धमा नागरिक प्रतिवेदनमाथिको राष्ट्रिय परामर्श कार्यशाला गोष्ठी विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • आज हुने भनिएको एमडी, एमएस र एमडिमएस प्रवेश परीक्षा स्थगित

    आज हुने भनिएको एमडी, एमएस र एमडिमएस प्रवेश परीक्षा स्थगित

    काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा सञ्चालन गर्न शुक्रबार न्याम्सलाई निर्देशन दिएपछि परीक्षा स्थगित भएको थियो। पूर्व सूचनाअनुसार आज परीक्षा सञ्चालन हुँदै थियो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै स्कुल बसले ठक्कर दिँदा पाँच वर्षीया बालिकाको मृत्यु

    आफ्नै स्कुल बसले ठक्कर दिँदा पाँच वर्षीया बालिकाको मृत्यु

    कावासोती : नवलपरासी पूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो। विद्यालयको पर्खालभित्र ना ५ ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो। गम्भीर रुपमा घाइते भएकी उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • हुण्डी कारोवारको १३ लाख बरामद

    हुण्डी कारोवारको १३ लाख बरामद

    विराटनगर : विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं. ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा उक्त रकम फेला परेको हो। यसैगरी प्रहरीले गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी चोकमा अवैध हुण्डी कारोवार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • आलमलाई ७ दिने हिरासत राख्न अदालतको अनुमति

    आलमलाई ७ दिने हिरासत राख्न अदालतको अनुमति

    गौर : रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ। अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो। विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट…

    विस्तृतमा पढ्नुस्

  • हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

    हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

    सप्तरी : सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा आज पक्राउ परेका छन्। कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ। आइतवार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो गफुर पमरियाको मृत्यु भएको बताइएको छ। गफुरलाई उनकै…

    विस्तृतमा पढ्नुस्

  • मिनीबस र बाइक ठोक्किँदा मोटरसाइकलको पछाडि बस्नेको मृत्यु

    मिनीबस र बाइक ठोक्किँदा मोटरसाइकलको पछाडि बस्नेको मृत्यु

    भक्तपुर : काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल…

    विस्तृतमा पढ्नुस्

  • सुँगुरको मासुले लियो दुई कैदीको ज्यान, दुईजना सिकिस्त

    सुँगुरको मासुले लियो दुई कैदीको ज्यान, दुईजना सिकिस्त

    पाँचथर : सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ। दुईजना सिकिस्त भएका छन्। आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो। उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले जनाएको छ। बिरामी परेका अर्का एकजना जिल्लाको फिदिम नगरपालिका–१०, याङनामका अन्दाजी ३३/३४…

    विस्तृतमा पढ्नुस्

  • रक्सीको नसा : मुक्का प्रहारबाट गयो बलबहादुरको ज्यान

    रक्सीको नसा : मुक्का प्रहारबाट गयो बलबहादुरको ज्यान

    भोजपुर : कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ। छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट…

    विस्तृतमा पढ्नुस्

  • बौद्धनाथको लफडा अध्ययन गर्न समिति

    बौद्धनाथको लफडा अध्ययन गर्न समिति

    काठमाडौं : बौद्धस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालसहितको सहभागितामा आज गृह मन्त्रालयमा भएको बैठकले अध्ययन समिति बनाएको हो। बौद्धनाथ क्षेत्र विकास समिति,…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली हात्तीले लियो ज्यान

    जङ्गली हात्तीले लियो ज्यान

    चितवन: जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार राति ९:४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो। तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ।

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगाउँदा दलबहादुरको मृत्यु

    बाढीले बगाउँदा दलबहादुरको मृत्यु

    खोटाङ : बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ। केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो। खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन्। घटनाका बारेमा जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कानूनी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री ज्ञवालीको सम्बोधन : कुनकुन विषय उठाए उनले?

    राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री ज्ञवालीको सम्बोधन : कुनकुन विषय उठाए उनले?

    शरच्चन्द्र भण्डारी -   न्युयोर्क : नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहोर्‍याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवर्द्धनमा  राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकलाई शुक्रबार साँझ सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इतिहासको दोबाटोबाट हेर्दा शान्ति, सुरक्षा र विश्व व्यवस्थाको सुनिश्चितताका लागि बहुपक्षीयतावादको…

    विस्तृतमा पढ्नुस्

  • बिहानै बस दुर्घटना, एक्काइस जना घाइते

    बिहानै बस दुर्घटना, एक्काइस जना घाइते

    बैतडी : बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन्। यस्तै गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउँद र ५५ वर्षीय भारतीय…

    विस्तृतमा पढ्नुस्

  • कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरणमा संलग्न एक एजेण्ट स्याङ्जाबाट पक्राउ

    कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरणमा संलग्न एक एजेण्ट स्याङ्जाबाट पक्राउ

    काठमाडौं : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिए। उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौं ल्याएर घटनाको अनुसन्धान गरिने उनले बताए। उनको बैंक खातामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell