PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

  • देशभर बढ्यो चिसो

    देशभर बढ्यो चिसो

    काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो। जल तथा मौसम पुर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो सोमवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो। मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली…

    विस्तृतमा पढ्नुस्

  • कार्यालय सहयोगीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ

    कार्यालय सहयोगीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ

    घोडाघोडी : कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन्। कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन्।  पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • खोरमा पर्‍यो बालबालिका खाने चितुवा

    खोरमा पर्‍यो बालबालिका खाने चितुवा

    दमौली : तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जंगलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ। भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा परेको हो। चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • एउटै बोकाको मूल्य तीन लाख, माग पुर्‍याउन किसानलाई धौ-धौ

    एउटै बोकाको मूल्य तीन लाख, माग पुर्‍याउन किसानलाई धौ-धौ

    बेनी : एउटै बोकाको मूल्य करिव तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई दुई लाख ९० रुपैयाँ हजारमा बिक्री गरेका छन्। बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताएका छन्। उनले सञ्चालन गरेको धवलागिरि बोयर…

    विस्तृतमा पढ्नुस्

  • उत्तराखण्डमा भूकम्प जाँदा नेपालको सुदूरपश्चिममा धक्का महसुस

    उत्तराखण्डमा भूकम्प जाँदा नेपालको सुदूरपश्चिममा धक्का महसुस

    बैतडी : भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प आज बिहान ७ः४५ बजे गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिइन्।

    विस्तृतमा पढ्नुस्

  • नेपालमा ६६ प्रतिशत मानिसको मृत्युको कारण नसर्ने रोग

    नेपालमा ६६ प्रतिशत मानिसको मृत्युको कारण नसर्ने रोग

    ललितपुर : नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ। विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्यांक छ। आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नम्बर ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको छ। नेपालमा पनि नसर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा विधानअनुसार तदर्थ समिति बनाउन माग, नबनाए सशक्त आन्दोलन गर्ने चेतावनी

    नेविसंघमा विधानअनुसार तदर्थ समिति बनाउन माग, नबनाए सशक्त आन्दोलन गर्ने चेतावनी

    काठमाडौं : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा विधानअनुसार तदर्थ समिति बनाउन माग गरिएको छ। नेविसंघले सोमवार यहाँ आयोजना गरेको ‘मातृ पार्टीको प्रवृत्ति र नेविसंघको विधानसम्बन्धी’ अन्तर्क्रियामा विद्यार्थी नेताले विधानको पालना गर्न मातृ पार्टी कांग्रेसलाई आग्रह गरेका हुन्। नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले कांग्रेसको नर्सरीका रूपमा रहेको नेविसंघको अधिवेशन चाँडो गर्नुपर्ने बताए। 'पार्टी बलियो बनाउन भ्रातृ संस्थाको अधिवेशन…

    विस्तृतमा पढ्नुस्

  • बिदापछि हाजिर हुन नआएका सेनानी तिवारीको जागिर चैट

    बिदापछि हाजिर हुन नआएका सेनानी तिवारीको जागिर चैट

    काठमाडौं : नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ। दुई वर्ष अवधिको विद्यावारिधी अध्ययन गर्न बेतलबी बिदामा विदेश गएका सेनानी तिवारी अध्ययन पूरा गरेर नआएपछि कारवाहीमा परेका हुन्। समरी जनरल सैनिक अदालतले प्राविधिक सेनानी तिवारीलाई छ महिना कैद र भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनाबाट प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • सीमा विवादमा सरकार अल्मलिँदैन : संचार मन्त्री बाँस्कोटा

    सीमा विवादमा सरकार अल्मलिँदैन : संचार मन्त्री बाँस्कोटा

    वालिङ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन्। देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए। 'सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई…

    विस्तृतमा पढ्नुस्

  • अपर मुस्ताङतिर हिउँ

    अपर मुस्ताङतिर हिउँ

    ठिनी : उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो। चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए। चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए। पानी र हिमपातका कारण चिसो बढेको छ। जनजीवन प्रभावित भएको छ। डाँडाहरुमा बाक्लो हिउँ जमेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बाँके र बर्दियामा बढ्दै बाघको आक्रमण, ज्यान गुमाउँदै स्थानीयवासी

    बाँके र बर्दियामा बढ्दै बाघको आक्रमण, ज्यान गुमाउँदै स्थानीयवासी

    बाँके : पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ। बाघको आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन्। अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणमा मंगलवार एक जना माउतेको मृत्य भएको छ। निकुञ्जभित्र गैँडा…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा जिप व्यवसायीको मनोमानी, ६५ किलोमिटरको भाडा २५ सय

    बाजुरामा जिप व्यवसायीको मनोमानी, ६५ किलोमिटरको भाडा २५ सय

    बाजुरा : बाजुरामा जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन्। कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा २ हजार ५०० रुपैयाँसम्म भाडा लिने गरेका छन्। महँगो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ। जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ। उक्त बाटोमा एक यात्रुबाट २ हजार ५०० रुपैयाँसम्म भाडा असुली गर्ने गरेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा भोलिदेखि पाँचौं विश्व पोषण सम्मेलन, ८० देश सहभागी हुँदै

    काठमाडौंमा भोलिदेखि पाँचौं विश्व पोषण सम्मेलन, ८० देश सहभागी हुँदै

    काठमाडौं : पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि पाँचौँ विश्व सम्मेलन भोलिदेखि काठमाडौंमा शुरु हुँदैछ। चारदिने सो अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एशियामै नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो। राष्ट्रिय योजना आयोगले संयोजन गरेको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका १ हजार २०० प्रतिनिधि सहभागी हुँदैछन्। उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन्।  सम्मेलनको आवश्यक तयारी पूरा भएको…

    विस्तृतमा पढ्नुस्

  • सेनाको कार्गो विमान काठमाडौं ओर्लियो, विपद् र सैन्य तालिममा प्रयोग गरिनेे

    सेनाको कार्गो विमान काठमाडौं ओर्लियो, विपद् र सैन्य तालिममा प्रयोग गरिनेे

    नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो।   विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालिमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। जम्मा ५१ यात्रु सिट क्षमताको उक्त…

    विस्तृतमा पढ्नुस्

  • छठको दोस्रो दिन आज निर्जल उपवास 'खरना', सकियो पूजाको तयारी

    छठको दोस्रो दिन आज निर्जल उपवास 'खरना', सकियो पूजाको तयारी

    काठमाडौं : छठ पर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन्। जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ। षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो। यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ। चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन्। यसलाई खरना…

    विस्तृतमा पढ्नुस्

  • चुनावी चटारो : आज देउवा निवासमा पदाधिकारी बैठक, भोलि केन्द्रीय समिति

    चुनावी चटारो : आज देउवा निवासमा पदाधिकारी बैठक, भोलि केन्द्रीय समिति

    काठमाडौं : नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा…

    विस्तृतमा पढ्नुस्

  • लेनिन विष्टविरुद्ध सरकारी कदम गैरसंवैधानिक : सर्वोच्च

    लेनिन विष्टविरुद्ध सरकारी कदम गैरसंवैधानिक : सर्वोच्च

    काठमाडौँ : सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व माओवादी कार्यकर्ता लेनिन विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधिक भएको फैसला गरेको छ। थाइल्याण्ड जान लागेको बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले गरेको हो। फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा उनीविरुद्ध कुनै पनि यस्ता कार्य…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले डाक्यो देउवा निवासमा पदाधिकारी बैठक, के उम्मेदवार तय होलान्?

    कांग्रेसले डाक्यो देउवा निवासमा पदाधिकारी बैठक, के उम्मेदवार तय होलान्?

    काठमाडौं : नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ। जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटना, चालक र सहचालकै मृत्यु

    जीप दुर्घटना, चालक र सहचालकै मृत्यु

    गलकोट : बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ। वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तमानखोला–१ निवासी चालक झकबहादुर विक र सोही स्थानका सह–चालक ओमबहादुर गोतामेको घटनास्थलमानै मृत्यु भएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ओर्लिइन् राष्ट्रपति भण्डारी

    काठमाडौं ओर्लिइन् राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार र जापानको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र संघका राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell