चितवन : चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेंगुका बिरामीको उपचार चितवन जिल्ला अस्पतालमा भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले संकलन गरेको तथ्यांकमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ। कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेंगुका बिरामीको यहाँ उपचार भएको छ। छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेको उनले बताए। यसैगरी नवलपरासी, लमजुङ, गुल्मी,…
मध्यपुरथिमि : भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय विजय नेपाल रहेको बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले…
काठमाडौं: सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. रुइतलाई ५ लाख रुपैयाँसहित सो पुरस्कार प्रदान गरेकी हुन्। सो पुरस्कार पहिलो पटक आज डा. रुइतलाई प्रदान गरिएको हो। सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय…
चरिकोट : दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबी (सडक निर्माणको लागि प्रयोग हुने डोजर) को ठक्करबाट एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिवार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन…
काठमाडौं : नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। 'यस…
काठमाडौं : राष्ट्रिय भूकम्प मापन केन्द्रले शनिवार बिहान गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको जनाएको छ। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको बताए। भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो। एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।
धनगढी : कैलालीको लम्की चुहा नगरपालिकामा लागुऔषध र प्रतिबन्धित औषधि बिक्री गरेको अभियोगमा स्थानीय एक स्वास्थ्य क्लिनिकका सञ्चालक आज पक्राउ परेका छन्। लम्की चुहा नगरपालिका–४ स्थित लक्ष्मी स्वास्थ्य क्लिनिकमा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्लिनिकका सञ्चालक मेसक कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीले उक्त क्लिनिकबाट ठूलो परिमाणमा लागुऔषध तथा…
राजविराज : विश्वकर्माको मूर्ति सेलाउने क्रममा बेपत्ता भएका एक युवक आज मृत फेला परेका छन्। सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित कोशी पश्चिमी नहरमा मूर्ति सेलाउने क्रममा २२ वर्षीय मनिष कुमार यादव बेपत्ता भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दासमेतको सहयोगमा मनिषको शव आज फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव राजविराज नगरपालिका–६ स्थित…
धादिङ : दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीवार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो। सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडक…
काठमाडौं : हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिएको छैन। मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन्। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटाले मात्र नाफा कमाइरहेका हुन्। अघिल्लो आर्थिक वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित १३ विमानस्थलले नाफा कमाए। चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा,…
काठमाडौं : भदौ अन्तिम सातादेखि लगातार ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको हो। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ। स्थानीय बजारमा छापावाला सुनको मूल्य रु ७० हजार ७०० निर्धारण गरिएको महासङ्घले जनाएको छ। बुधबार छापावाला सुन…
नेपालगन्ज : काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगन्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ। काठमाडौंबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगन्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगन्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए। उनका अनुसार,…
गोरखा : गोरखा मनास्लु क्षेत्रबाट काठमाडौंका लागि उडेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण गराइएको छ। खराब मौसमका कारण हेलिकप्टरले उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका– ८ सिउरेनिटारमा आकस्मिक अवतरण गराइएको हो। हेलिकप्टरमा तीन जना यात्रु सवार रहेको गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए। लगातार परेको झरीका मौसम खराब भएकाले दुई दिनदेखि उक्त हेलिकप्टर सामागाउँमै रोकिएको थियो। खराब मौसमका कारण…
कञ्चनपुर : बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका-१० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका…
काभ्रेपलाञ्चोक : अविरल वर्षाका कारण आज बिहान गएको पहिरोमा पुरिएर काभ्रेपलाञ्चोकमा एक बालकको मृत्यु भएको छ। जिल्लाको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पहिरोले पुरिँदा बालक पुरिएका हुन्। बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो। बालकका बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल…
सुरुङ्गा : नेत्रविक्रम चन्द 'विप्लव' समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले बिर्तामोडबाट आज पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन्। विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ…
सुरुङ्गा : तीन महिनाअघि देखा परेको डेंगु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दा बढी छन्। उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए। उनका…
फिक्कल : नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेको हुन्। उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालत…
भोजपुर : बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन्। स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले आज भैँसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको…
चितवन : सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ। क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए। उनका अनुसार सोमवारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल…