काठमाडौः नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् । अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय…
अछाम : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाएका छन्। नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनःविचार गर्ने बताए। कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान्य नहुने चेतावनी दिंदै उपाध्यक्ष रावलले सामाजिक सुरक्षा भत्ता…
रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ : सरकारले पर्यटन क्षेत्रको प्रवर्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन्। पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २ सय पुगेका छन्। यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ। हाल होटलको ‘बेड’ संख्या ४२…
ललितपुर: महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ। परिसरका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए। उनले भने, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ ।” फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च…
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराए। प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले छपकैया सीमा अतिक्रमणबारे…
धनगढी: ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ बजे आह्वान गरेका छन्। यहाँस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले आज जानकारी दिए। सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय…
वीरेन्द्र कर्ण - वीरगञ्ज : छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक ओछ्याउने काम द्रुतगतिमा भइरहेको छ। जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग विस्तार…
बैतडी : गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ। हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ। जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ। यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ। जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ। चिसोबाट बच्नका लागि व्यासको छाङरु र तिंकरका बासिन्दा…
हेटौँडा : त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङमा आज दिउँसो पानीसँगै बाक्लो हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको छ। अहिले पनि सो स्थानमा हिउँ परिरहेको र अहिले बाटोमा दुई फिट हिउँ जमेकाले हेटौडाबाट काठमाडौं आउँदै गरेका र काठमाडौँबाट हेटौँडा जाँदै गरेका सवारीसाधन दामन र सिमभञ्ज्याङमै रोकिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। यसैबीच, राजमार्गमा रहेको हिउँ हटाउन हेटौँडाबाट प्रविधिज्ञसहित नून र बालुवा…
सुर्खेत: राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ। यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन्। राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ दुई, महिला सदस्यतर्फ चार, अपाङ्ग÷अल्पसंख्यकतर्फ दुई र अन्यमा चार जनाको उम्मेदवारी परेको छ। काँग्रेसबाट…
जनकपुरधाम: राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराएका छन्। महिला सदस्यतर्फ कांग्रेसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा (माओवादी केन्द्र)का…
इटहरी : विभागीय टोली त्रिभुवन आर्मीलाई टाइबरेकरमा हराउदै रुस्लान थ्री स्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमिफाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेल थ्री स्टारले ५-३ ले जित्यो। निर्धारित समयको खेलमा त्रिभुवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले खेलको २५औँ मिनेटमा भरत खवासको…
काठमाडौँ : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक-अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। उक्त निर्वाचनका लागि प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश…
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन्। राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गरे। यादवले भने, “निर्वाचनको इतिहासमा एकै वर्ष स्थानीय निकाय तथा प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न…
काठमाडौं: राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ। पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं ४ बाट तथा नेपाली प्रदेश नं ५ बाट उम्मेदवार हुने जनाइएको छ ।
सिआन : चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ। स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १:३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए। प्रान्तीय राजधानी सियानको यान्टा जिल्लामा रहेको पाँच तले यस भवनमा अझै पनि १९ व्यक्ति फसेर रहेको अनुमान अग्नि नियन्त्रकले गरेका छन्। यस अपार्टमेन्ट भवन…
काठमाडौं: संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु¥याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ। देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिए। उनले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको बताए। संविधानको अनुसूची–८ बमोजिम स्थानीय तहका २२ वटा कामका आधारमा…
काठमाडौँ : संघीय संसद् सचिवालयका दुवै सचिवले स्वेच्छिक अवकाशका लागि राजीनामा दिएका छन्। सरकारले बीस वर्ष सेवाअवधि र ५० वर्ष उमेर नाघेका स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई बाँकी सेवाअवधिको सुविधासहित अवकाश योजना ल्याएपछि उनीहरुले राजीनामा दिएका हुन्। तीन सय ३० को हाराहारीमा दरबन्दी रहेको संसद् सेवामा कर्मचारीको सेवा उमेरहद ६० वर्ष रहेको छ। संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सचिवद्वय हिमलाल…
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छ। पद्मकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै सिंहले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताए। “हिजोमात्र प्रदेशसभाका सदस्यले शपथ ग्रहण गर्नुभएको छ, उक्त समारोहसँगै मुलुक एकात्मक केन्द्रीय शासनबाट संघीयतामा प्रवेश गरेको छ, अब…
काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ। निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका…