केशवचन्द्र महरा – डोटी : नेपाल आयल निगमबाट चलान भएर आउने टयांकरमा पेट्रोलियम पदार्थ कम निस्कँदै आएको छ। व्यवसायीका अनुसार निरन्तर रुपमा प्रतिट्यांकर चार प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ निस्किरहेको छ जसले आफूहरुलाई मर्का परिरहेको व्यवसायीको गुनासो छ । “म प्रत्येक पटक पेट्रोल उठाउँदा छ हजार लिटरको भुक्तानी दिएर चलान मगाउँछु । आयल निगमले पनि छ हजारकै बिल बनाउँछ”, दिपायल सिलगढी…
काठमाडौँ : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई ६ मतले पराजित गरे। कूल ४२० मत खसेकामा पाण्डेले २१२ र शर्माले २०६ मत प्राप्त गरेका थिए। चार सय ६७ मतदाता रहेको नाट्टामा ४२० मतदाताले आफ्नो मताधिकार…
काठमाडौं: सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए। कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो। अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि…
म्याग्दी: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताएका छन्। माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए। “धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पार्यौँ”, पूर्व…
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हाइटी र अफ्रिकी देशका नागरिकको बारेमा प्रयोग गरेको भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा उहाँले ती नागरिकप्रति हेपाहा भाषा प्रयोग गरेको बताइएको छ। सो सम्झौता प्रस्ताव पनि खारेज गर्नुपर्ने भन्दै उहाँले उक्त प्रस्तावको खारेजीका क्रममा हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक…
शेरबहादुर सिंह/कुमार चौलागाईं भीमदत्तनगर : डेढ दशकअघिदेखि प्रतिभावान् राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको कञ्चनपुरको भीमदत्तनगरस्थित भलिबल प्रशिक्षण केन्द्र पछिल्लो समय आर्थिक अभावबाट गुज्रिरहेको छ। भलिबल प्रशिक्षक एवं वर्तमान भलिबल संघका सचिव जगदीशप्रसाद भट्टको पहलमा स्थापित उक्त केन्द्रले अहिलेसम्म सयौँ प्रतिभावान् महिला तथा पुरुष खेलाडी उत्पादन गरिसकेको छ। प्रशिक्षण केन्द्रमा अहिले पनि विभिन्न जिल्लाका करिब २० जना खेलाडी आवासीय प्रशिक्षणमा छन्।…
डोल्पा: हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन्। आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए। आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड बराबरको क्षति भएको प्रहरीले…
चितवन: उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन्। चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताए। “देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन्। राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथ ग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले भने, “विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा,…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताएका छन्। पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि आज कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक फरक धारणा आउनु स्वभाविक भएको बताए। निर्वाचनपछिको अवस्थाका बारेमा समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक कहिले बस्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता शर्माले भने,…
रियाद : साउदी अरबको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ। फुटबल प्रतियोगिता हेर्नका लागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ। 'साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन्। आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिश्पर्धा हुन लागेको…
नुवाकोट: सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटमा उम्मेदवारलाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नं ‘ख’ का उम्मेदवार रमेश महतलाई लक्षित गर्दै बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान…
काठमाडौं: सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग आज बयान लिएको छ। अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो। बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ। प्रा डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश…
काठमाडौं: निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी दिए। ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका…
मनाङ : देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ। रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन्। पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ। अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन्। सबैजसो ढोका…
जुम्ला : चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ। कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। शौचालय वरिपरि राखेको दाउराको खतान (चाङ) र सुकेको खरमा आज बिहान ५ बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगो लागेपछि गाउँलेले प्रहरीलाई खबर गर्नेबित्तिकै सशस्त्र प्रहरी,…
विराटनगर: नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन्। बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए। एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए। बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि…
चितवन: गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडौं सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ। दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो। यही पुस २७ देखि यहाँ शुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरेका हुन्। महोत्सवको…
काठमाडौं: सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत एकता दिवसमा बिदा हुने जनाएको हो। उक्त दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ। विसं २०६३ देखि अघिल्लो सालसम्म यो बिदा कटौती गरिएको थियो।
काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ। प्याब्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा शोक मनाउन निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए। प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो।