काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई तीन लाख घुस रकमसहित पक्राउ गरेको छ। आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो। बुटवलमा कार्यरत रहँदा खड्काले एक एक करोड…
वासिङ्टन : अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएको भन्दै अमेरिकी उप राष्ट्रपति माइक पेन्सले सिनेटको आलोचना गरेका छन्। खर्च सम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी कङ्ग्रेसमा राजनीति भएको भन्दै उनी आक्रोशित बनेका हुन्। विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रभाव पर्ने भन्दै उनले भने,…
बुटवलः प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गरेका छन्। उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई ७ नं प्रदेशका सचिव सनतकुमार दवाडीले पदबहाली गराए। रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आज हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन उहाँ शनिबार मात्र यहाँ आइपुगेका हुन्। पदबहालीपछि आफ्नै कार्यकक्षमा…
काठमाडौँ: रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ। पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ। यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि…
काठमाडौं: नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ। क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए। उनका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने…
ललितपुर : यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन्। पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए। विभागको अहिलेको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना…
प्रकाश सिलवाल - काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड र निःशुल्क वाइफाइको प्रबन्ध शुरु गरेको छ। विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रति क्याम्पस रु एक लाखका दरले रकम व्यवस्था गरेको छ भने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय, केन्द्रीय विभाग र क्याम्पसमा निःशुल्क वाइफाइ एवं विद्युतीय शासन (इ गभर्नेन्स)का लागि कूल रु १० करोड विनियोजन गरेको…
कैलाली: वाणिज्यमन्त्री मीन विश्वकर्माले सम्पूर्ण अधिकार स्थानीय तहमा पुगेको अवस्थामा प्रदेशको अस्थायी मुकाम तोकिँदा आन्दोलन गरिरहनु आवश्यक नरहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर भएका आन्दोलन औचित्यहीन भएको बताए। संविधानको पूर्ण कार्यान्वयन गराउन राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बाध्यता छ र त्यसका लागि वर्तमान सरकारले अस्थायीरुपमा राजधानी तोकेको…
रमेश लम्साल/सिबी अधिकारी – काठमाडौँ : आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन्। आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पुर्याइरहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने रकम बुझाउन नमानेका हुन्। उड्डयन कार्यालयका अनुसार…
चितवन : रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो। बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने छ। …
भक्तपुर : हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरी घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गर्दै आज महानगरीय प्रहरीवृत्त जगातीमा घेराउ गरिएको छ। माटो व्यवसायी चाँगुनारायण नगरपालिका– ९ ताँथली बस्ने ५५ वर्षीय सीताराम सैंजुको भक्तपुर नगरपालिका– ९ ब्रह्मायणीमा मंगलबार राति भएको हत्यामा संलग्न मुख्य दोषी फरार रहेको भन्दै मृतकका आफन्तले निष्पक्ष छानबिन गर्न माग गरेका छन्। प्रहरीले हत्यामा संलग्न…
काठमाडौँ : कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ। कम्पनीको सम्पूर्ण आर्थिक विवरण र शेयर संरचनाका बारेमा कम्पनी रजिष्टार कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको र सोही प्रावधान पुर्याउन केही समय लागेका कारण बिक्रीको समय सरेको हो। शेयर…
डोटी : सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ। क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ। दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी…
काठमाडौं : सर्वोच्च अदालतले एकै प्रकृतिका मुद्दालाई एकै ठाउँमा राखेर आजदेखि दैनिक पेशी तोकी समूहगत सुनुवाइ शुरु गरेको छ। समूहगत सुनुवाइका क्रममा आज चार वटा छुट्टाछुटै इजलास तोकी समूहगत सुनुवाइ शुरु गरिएको हो। समूहगत सुनुवाइका लागि न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको संयुक्त इजलासमा जग्गा दर्ता, नामसारी, गुठीजस्ता मुद्दामा र न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा लागूऔषध…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ। आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। यस्तै आयोगले आजै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत…
चितवन: चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट…
काठमाडौँ : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन…
लहान : करेन्ट लागेर सिरहाको सुखिपुर नगरपालिका–४ पोखरभिण्डामा गएराति एक युवकको मत्यु भएको छ। विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर पोखरभिण्डा निवासी २३ वर्षीय गोविन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरमा बिजुली बत्ती बाल्नका लागि हुकिङ गर्ने क्रममा अचानक एक फेज तार चुँडिएर करेन्ट लाग्दा यादवको तत्काल मृत्यु भएको प्रत्यक्षदर्शीले बताए। -रासस
काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पार्टीको आन्तरिक गृहकार्य शुरु गरेको छ। पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको पार्टी कार्यालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी…
रमेश लम्साल - काठमाडौं : सरकारले बाढी पहिरो र भूकम्पको चपेटामा परेको कोदारी राजमार्गको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेको छ। तातोपानीसँग सम्पर्क विच्छेद भएकाले सरकारले लार्चा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर राजमार्गको मर्मत सम्भार तथा पुनःनिर्माणको काम थालेको हो। सडक विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार आगामी सात दिनभित्र लार्चा पुल पुनःनिर्माण हुनेछ। सरकारले तत्कालका लागि बेलिब्रिज राखेर उक्त पुल सञ्चालनमा…