काठमाडौँ : श्रम अदालतले साउनयता ६९ मुद्दा फर्छौंट गरेको छ। अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फर्छौंट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी गराए। दर्ता भएका ९२ मुद्दा फर्छौंट गर्न बाँकी छ। साउनयता अदालतमा ३५ मुद्दा दर्ता गरिएका छन्। श्रमिकले जहाँ काम गरेको हो त्यहाँ छिनोफानो नभएपछि न्यायका लागि श्रम अदालतमा मुद्दा दर्ता गराउँछन्। उनका अनुसार…
भीष्मराज ओझा/रासस काठमाडौँ : झट्ट हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर होला। वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा भने लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ। वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ। मानव स्वास्थ्यमा…
धनगढी: माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ। वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो। उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको…
लहान: अबदेखि सिरहाको कल्याणपुर वडा कार्यालयले नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित जरिवाना गर्ने भएको छ। साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ। कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले कल्याणपुर नगरपालिका वडा नं ४, ५ र ६…
हेटौँडा: प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरको नयाँ भवनमा आज स्थापना गरिएको छ। सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा नियुक्त गरेका रेश्मीराज पाण्डेले आजै पदवहाली गरे। पद बहालीपछि आयोजित कार्यक्रममा उनले प्रदेश नं ३ मा मन्त्रिपरिषद्सहित सात वटा मन्त्रालय रहने जानकारी दिँदै राष्ट्र सेवक कर्मचारीले आ–आफ्नो क्षेत्रबाट इमान्दारी र जिम्मेवार भएर स्थानीय…
काठमाडौँ : चार वटा प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेलाई र दुई वटा प्रदेशमा माओवादी केन्द्रलाई दिने गरी प्रदेश सभाको शक्ति बाँडफाँट गर्ने निर्णयलाई दुई पार्टीको एकता संयोजन समितिले आज अनुमोदन गरेको छ। आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई पार्टी सम्मिलित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको हो। बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष एवं कार्यदलका…
धनुषा : जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठकका लागि तीव्रगतिमा तयारी भइरहेको छ । यही माघ २१ गते आइतबार बिहान ११ बजे बस्न लागेको पहिलो बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ। गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको…
वासिङ्टन: अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ। अमेरिकी अधिकारीहरुले सोमबार प्रतिबन्ध हटाइएको जानकारी गराएका छन्। उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ। त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने बारेमा केही बताइएको छैन। तर ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न…
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ। एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए। बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ। पैसाका लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा “तैँले आजकल…
वासिङ्टन: गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ। ती व्यक्तिलाई निगरानीमा राखिने बताइएको छ। त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ। तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा भने केही बताइएको छैन। अमेरिकी आर्थिक विभागले सो सूची सार्वजनिक गरेको…
सुर्खेत : प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ। जिल्ला समन्वय समितिको हलमा बस्ने तय भएको प्रदेश सभाको पहिलो बैठक महोत्सवका कारण सिँचाइ डिभिजनको हलमा सारिएको हो। प्रदेश सभाको पहिलो बैठक माघ २१ गते दिनको १ बजेका लागि आह्वान गरिएको छ। “जिल्ला समन्वय समिति नजिकैको खुल्ला मञ्चमा…
ललितपुर : नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ। यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ। यस कारागारमा रहेका झण्डै ८०० जना कैदी/बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताए। उनले भने, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने…
काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ। आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। यसैबीच आयोगले प्रदेश सभा…
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन्। प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रचण्डले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए। राष्ट्रिय एकता र समृद्धिका लागि…
काबुल: अफगानिस्तानको राजधानी काबुलस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ। पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए। त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा तीन आतङ्ककारीसहित ११ को मृत्यु भएको छ। यस आक्रमणमा परी १६ सुरक्षा अधिकारी र तीन आतङ्ककारी घाइते भएका छन। बिहान विश्वविद्यालय खुलेपछि…
विराटनगर: राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ। प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भए। त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा (मोरङ), नेकपा…
रियाद: भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएका छन्। गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएका हुन्। अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका खबरहरु प्राप्त भएको जनाइएको छ। गएका…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ। रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन्। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले बताउनुभयो। यसअघि सडक विस्तारको…
महेन्द्रनगर (धनुषा) : गणेशमान चारनाथ नगरपालिकाको सडकखण्डमा आज बिहान भएको जीप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ। काठमाडौँबाट झापा जाँदै गरेको बा९च ३३१४ नंको टाटासुमो आज बिहान २:३० बजे पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ पोर्ताहामा तीव्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर कमला पुल नजिकै सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको…
पर्वत: वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन्। पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो। २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो…