PahiloPost

Mar 24, 2025 | १० चैत्र २०८१

  • सांसद भन्छन् प्रदेश ३ को राजधानी हेटौडा गलत, सार्नुपर्छ

    सांसद भन्छन् प्रदेश ३ को राजधानी हेटौडा गलत, सार्नुपर्छ

    भक्तपुर : प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन्।  उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटौडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन्।      रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं…

    विस्तृतमा पढ्नुस्

  • पदभार सम्हाले लगत्तै शंकर पोखरेलले सार्वजनिक गरे आफ्ना योजना 

    पदभार सम्हाले लगत्तै शंकर पोखरेलले सार्वजनिक गरे आफ्ना योजना 

    भरत केसी - बुटवल : संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बनेका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन्।       पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकपछि उनले प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गरे।  मुख्यमन्त्री पोख्रेलले  प्रदेश नं ५ का जिल्लाको विकासमा समान हिसाबले अघि बढ्ने सरकारको योजनासमेत रहेको र जनचाहनालाई सम्बोधन गर्ने ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने

    दोलखाको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने

    पूर्णप्रसाद मिश्र खरिढुंगा, दोलखा : समुद्री सतहबाट तीन हजार ३ सय मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ। चलचित्र विकास बोर्डले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सेतीदेवी सामुदायिक वनको एक हजार ५ सय रोपनी क्षेत्रफलमा अतिथि गृह र छायाङ्कनस्थल लगायत संरचनाको निर्माण गर्न लागेको हो। यो ठाउँमा अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवनमा सिलबन्दी

    नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवनमा सिलबन्दी

    भक्तपुरः मध्यपुर थिमि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरेको छ।  स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को तालीम भवन निर्माण गरेको भन्दै निर्माणाधीन भवनमा बुधबार सिलबन्दी गरेको हो। प्राधिकरणले भवन निर्माण गर्दा नगरपालिकासँग भवन निर्माण स्वीकृति नलिई, नगरपालिकालाई कुनै जानकारीसमेत नगराएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।  प्राधिकरणले करिब…

    विस्तृतमा पढ्नुस्

  • अब पालो राष्ट्रपति निर्वाचनको, फागुन २१ गर्न दलहरु सहमत

    अब पालो राष्ट्रपति निर्वाचनको, फागुन २१ गर्न दलहरु सहमत

    काठमाडौं : राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिए।  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसंग…

    विस्तृतमा पढ्नुस्

  • विशाल चौधरी अपहरण : पाण्डे र विकलाई १६ वर्ष कैदको फैसला

    काठमाडौँ : जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ।  न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा शरीर बन्धक मुद्दामा सुनुवाइपछि आज चौधरीलाई अपहरण गर्ने पाण्डे र विकलाई १६ वर्ष कैद, रु एक/एक लाख जरिवाना र जनही दुई/दुई हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • जाँदा जाँदै स्वास्थ्य मन्त्री बोहराले श्रेष्ठलाई बनाए स्वास्थ्य विभागको महानिर्देशक

    काठमाडौँ : स्वास्थ्यमन्त्री दीपक बोहराले आज मन्त्रिस्तरीय निर्णय गर्दै डा  विनोदमान श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयका उपसचिव डा बाबुराम खनालले मन्त्री बोहराले प्रमुख विशेषज्ञ डा श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएको जानकारी दिए। बाह्रौ तहका डा श्रेष्ठले आउँदो चैतमा अवकाश पाउँदै छन्। नियमानुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा १२ औँ तहको कर्मचारी नियुक्त हुनुपर्ने व्यवस्था छ। मन्त्री बोहराले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संशोधित सूची : पाण्डेको ठाउँमा विष्ट, शर्माको ठाउँमा शाही

    कांग्रेसको संशोधित सूची : पाण्डेको ठाउँमा विष्ट, शर्माको ठाउँमा शाही

    काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ।  कांग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाइ रंगमती शाहीको नाम राखेको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।   नाम थपिएका विष्ट र शाही दुवै पिछडिएका क्षेत्रबाट परेका हुन्। यस अघिको सूचीमा नाम…

    विस्तृतमा पढ्नुस्

  • विभागीय मन्त्रालयबाट कमल थापाको विदाइ

    विभागीय मन्त्रालयबाट कमल थापाको विदाइ

    काठमाडौं : उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिएका छन्। ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनको बिदाइ गरिएको हो। ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गरे।   उनले भने– “मन्त्रालयमा आउँदा मैले आफ्नो मर्यादा र सीमा बुझेको थिए, धेरै महत्वकांक्षी थिइन, बूढीगण्डकीजस्तो राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • भोलिसम्म पार्टी एकताको टुंगो लाग्छ, ढिलोचाँडो मै प्रधानमन्त्री: प्रचण्ड 

    भोलिसम्म पार्टी एकताको टुंगो लाग्छ, ढिलोचाँडो मै प्रधानमन्त्री: प्रचण्ड 

    चितवन: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने बताएका छन्।  आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताएका हुन्। पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास उनले व्यक्त गरे।  भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथग्रहण

    प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथग्रहण

    हेटौँडा: प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छन्।     प्रदेश नं ३ मा बहुमत ल्याएको एमालले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन्। नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित भएका पौडेल प्रदेश नं ३ को संसदीय दलका…

    विस्तृतमा पढ्नुस्

  • श्रीलङ्काको स्थानीय निर्वाचन सम्पन्न: मतगणना जारी

    श्रीलङ्काको स्थानीय निर्वाचन सम्पन्न: मतगणना जारी

    कोलोम्बो: श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका श्रीलंकाको निर्वाचन आयोगले जनाएको छ। आज मतगणना जारी छ। स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह् ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोग तथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन्।  निर्वाचन पर्यवेक्षकका अनुसार निर्वाचनमा ७० प्रतिशत अर्थात् १५ करोड आठ लाख…

    विस्तृतमा पढ्नुस्

  • आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई बुझायो

    आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई बुझायो

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो। राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सम्पन्न भएको थियो।  उक्त अवसरमा राष्ट्रपति भण्डारीले आयोगले स्थानीय,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को मुख्यमन्त्री नियुक्तिका लागि शंकर पोखरेलले पेश गरे दाबी 

    प्रदेश ५ को मुख्यमन्त्री नियुक्तिका लागि शंकर पोखरेलले पेश गरे दाबी 

    बुटवल: प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन्।  एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्रदेश प्रमुखसमक्ष पत्र बुझाइएको हो। …

    विस्तृतमा पढ्नुस्

  • सचिव यादवको शव त्रिशूलीबाट निकालियो, छोरा सञ्जय अझै वेपत्ता

    सचिव यादवको शव त्रिशूलीबाट निकालियो, छोरा सञ्जय अझै वेपत्ता

    धादिङ : सिंचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा दुर्घटनामा परेको छ। सचिवलाई त्रिशूलीबा मृतअवस्थामा बाहिर निकालिएको छ। सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो। बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन्। जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • एक अर्बको राडर थाल्यो घुम्न, हवाई क्षेत्र थप सुरक्षित

    एक अर्बको राडर थाल्यो घुम्न, हवाई क्षेत्र थप सुरक्षित

    रमेश लम्साल/सिवी अधिकारी- काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ।  अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ। यही माघ १८ गतेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो।  एयर ट्राफिक कन्ट्रोलर सीताराम भण्डारीका अनुसार दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको उचाई नाप्न सिरहा जाँदै मापन टोली

    सगरमाथाको उचाई नाप्न सिरहा जाँदै मापन टोली

    काठमाडौं: सर्वोच्च शिखर सगरमाथा मापनको कार्यले गति लिन शुरु गरेको छ।  सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले  आज लेभलिङका लागि पहिलो चरणमा पाँच सदस्यीय प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पठाएको हो।  सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले १३ सदस्यीय प्राविधिक टोली सो कामका लागि जाने जानकारी दिँदै बाँकी प्राविधिक माघ…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही

    कांग्रेस प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही

    सुर्खेत: नेपाली कांग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ।  आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिए। अन्य संसदीय दलका पदाधिकारी अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उनले बताए।  नेपाली काँग्रेसका तर्फबाट शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुन्।…

    विस्तृतमा पढ्नुस्

  • एमाले प्रदेश १ संसदीय दलको नेता शेरधन राई कि भीम आचार्य : मतदान ३ बजे 

    एमाले प्रदेश १ संसदीय दलको नेता शेरधन राई कि भीम आचार्य : मतदान ३ बजे 

    विराटनगर: नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज मतदान हुने भएको छ।   संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री शेरधन राईले आज बिहान ११:३० बजे जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका छन्।  आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी…

    विस्तृतमा पढ्नुस्

  • चीनमा अपार्टमेन्टमा आगो लगाउनेलाई मृत्युदण्डको सजाय

    चीनमा अपार्टमेन्टमा आगो लगाउनेलाई मृत्युदण्डको सजाय

    चीन: चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ।  ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो। स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन्।  मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो।  सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell