काठमाडौँ : ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने १ सय १० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने १ सय १० वटा रोयल इनफिल्डको बुलेट मोटरसाइकल नियन्त्रणमा लिएको हो। महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए। “ठूलो आवाज…
काठमाडौँः भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले आगामी चैत मसान्तसम्म दोस्रो किस्ता लिइसक्नु पर्ने निर्णय गरेपछि पुनःनिर्माणले गति लिएको हो। शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा आइतबारसम्म प्राप्त तथ्यांकअनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको…
विराटनगर : ‘विराटनगरको साथ फुटबलको विकास’ नारासहित आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिता डे एण्ड नाइट( दिवा एवं रात्रि) चैत १७ गतेदेखि हुने भएको छ। गोल्ड आयोजक समिति–२०७४ का अध्यक्ष नवीन रिजालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा पहिलोपल्ट पर्याप्त प्रकाशको व्यवस्था गरी दिवा एवं रात्रि हुने उक्त प्रतियोगिता यही चैत १७ गतेदेखि २६ गतेसम्म स्थानीय शहीद रंगशालामा सञ्चालन हुने…
भक्तपुरः घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्पपीडितले दोस्रो किस्ता लिन निकै सास्ती भोग्नुपरेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवाधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा चैत १ गत ‘भूकम्पपीडितको राहत तथा पुनःनिर्माणको सवाल’ विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितले दोस्रो किस्ता लिनै नसक्ने अवस्था आएको गुनासो गरे। कार्यक्रममा सहभागी अधिकांश पीडितले दोस्रो र…
भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए। बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ। आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२…
चितवनः महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५०…
प्रकाश सिलवाल - काठमाडौँ : मुलुकको राजधानी काठमाडौँ जिल्लासमेत रहेको प्रदेश नं ३ को नामाकरणका सम्बन्धमा विभिन्न विकल्पबारे बहस शुरु भएको छ। प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सभामा औपचारिक प्रस्ताव पुगिनसके पनि सम्बन्धित दल र प्रदेश सदस्यबीच यी विषयमा अनौपचारिक छलफल शुरु भएको हो। प्रदेश सभामध्येकै पहिलो बैठक आयोजना गरेको प्रदेश नं ३ को प्रदेश सभामा काठमाडौँबाट निर्वाचित…
काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढिकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताएका छन्। संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि कांग्रेसद्वारा आज यहाँ आयोजित अभिमुखिकरण कार्यक्रममा उनले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा रहेको भन्दा बढी सबल हुने बताए। सभापति देउवाले विसं २००७ देखि प्रजातन्त्रका लागि लड्दै आएको कांग्रेस यतिखेर संघीय संसद् र…
सुरुङ्गा, झापा : झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको। घरेलु मैदानमा झापा-११ लाई सडेनडेथमा पराजित गर्दै आर्मीले उपाधि हात परेको हो। आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो। उपाधिसँगै त्रिभुवन आर्मीले १२ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र हात परेको छ। उपविजेता झापा ११ ले छ लाख नगदसहित ट्रफी हात परेको…
धनगढी : कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन्। प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताए। ‘पक्राउ परेकाहरुको नाम दिन अहिल्यै मिल्दैन,’ नेपालले भने 'आक्रमणकारी आज बेलुका वा भोलिसम्ममा पहिचान भइसक्छन्।’ घटनास्थलबाट…
उर्लाबारी (मोरङ) : मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गए राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो। घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरी शनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र…
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विभिन्न अस्पतालमा हाल उपचाररत यात्रु केशव पाण्डे, नेपाली, मेडिसिटी अस्पताल नख्खु, दिनेश हुमागाईँ, नेपाली न्यूरो अस्पताल बाँसबारी दयाराम ताम्राकार नेपाली ग्राण्डी अस्पताल टोखा किशोर त्रिपाठी, नेपाली, ग्राण्डी अस्पताल हरिप्रसाद सुवेदी, नेपाली, ग्राण्डी…
धनगढी : अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन्। नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले आज साँझ उनीमाथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए। उनको…
काठमाडौँः सत्तारुढ नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेले बनाउने उम्मेदवारले सहज विजय हासिल गर्ने…
काठमाडौँः सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो। डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका शब्दले अदालतको अवहेलना…
सप्तरीः जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका अाफन्तले अस्पताल तोडफोड गरेका छन्। आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ। मृतकका अाफन्त तथा स्थानीयबासीले राजविराज-भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेका छन्। सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका-१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको…
चितवन : नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ। सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दलीजस्तो बनाएर सडक चौडा बनाउने प्रविधि (क्यान्टी लिभर) राख्ने योजना प्रस्ताव गरिएको थियो। मुग्लिनबाट नारायणगढतर्फ ८०० मिटरदेखि एक किलोमिटर ३०० मिटरसम्मको ५०० मिटर लम्बाइको नौ ठाउँमा १२३ मिटर लम्बाइमा…
रमेश लम्साल - काठमाडौँ : विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो। चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै…
काठमाडौँ : जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अखिल नेपाल फुटबल संघ (एन्फा) मा विज्ञ चियाकी ताकेदालाई फुटबल सल्लाहकारको भूमिका निर्वाह गर्न एक वर्षका लागि नियुक्त गरेको छ। चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए। कार्यकाल सम्पन्न भएपछि उनलाई नै जाइकाले एक वर्षका लागि सल्लाहकारका रुपमा नियुक्त गरेको जनाएको छ। जाइकाले खेलकूदको क्षेत्रमा विभिन्न देशमा सहयोग पुर्याउने हेतुले सो…
लुम्बिनी : चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरी उनले सो उपाधि जितेका हुन्। शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्राली र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल…