काठमाडौँ : लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको वायाँ भाग र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ। आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई आज साँझ १८:३० बजेबाट विद्युत् उत्पादन पुनः शुरु गरिएको छ। प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो। मर्मत यही फागुन ११…
चितवनः पूर्वी चितवनको राप्ती नगरपालिका-२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नंको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्तौलाको घटनास्थलमा नै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही…
दाङ : बेलझुण्डीमा रंगशाला निर्माणका लागि ३४ करोड नगद विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले निनियोजन गरेको उक्त बजेट बजेट हालसम्मकै धेरै हो। खेलकुद पूर्वाधारको अभावका कारण जिल्लामा राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालनमा समस्या भएको छ। पछिल्लो समयमा खेलकुद परिषद्ले विनियोजन गरेको उक्त रकमले जिल्लामा भौतिक पूर्वाधारमा सघाउने विश्वास खेलाडीले राखेका छन्। तुलसीपुर–१९ बेलझुण्डीस्थित खेलकुद विकास…
काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताएका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए। नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारतका संयोजक कोस्यारीले भने, “प्रजातान्त्रिक पद्धतिबाट…
रमेश लम्साल - काठमाडौं : तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृह मन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन्। बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए। संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रिय सभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्ने तहमा आइपुगेका छन्। नेकपा(एमाले)…
झापाः जिल्लाको कनकाई नगरपालिका-८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन्। मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक…
सिराहाः छोराले फलामे रडले हान्दा गम्भीर घाइते भएकी जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका-४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ। घरायसी विवादमा लक्ष्मीपुर पतारी-४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए। रड प्रहारबाट टाउकोमा गम्भीर…
चितवनः चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरको सहकार्यमा गोही गणना शुरु भएको हो। चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् लक्ष्मण पौडेलले गोही गणनाका लागि नारायणी र राप्ती नदीलाई ११…
नवलपरासीः पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा (टायर) पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो। …
सप्तरीः बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारले घर पाएका छन्। सर्वाेदय नेपालकाे पहलमा धर्म शान्ति नेपाल तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले घर बनार्इ बाढीपीडितलार्इ नयाँ घर बनार्इ हस्तान्तर गरेकाे हाे। जिल्लाको तिरहुत गाउँपालिकाका वडा नम्बर १, २ र ५ साविकको मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको हाे। एक घर…
बागलुङः जिल्लाकाे बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ। व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी दिए। बमलार्इ नेपाली सेनाकाे बम डिष्पाेजल टाेलीले निष्क्रिय पारेकाे उनले जानकारी दिए। …
कपिलवस्तु: यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन्। काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन्। घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका…
काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका छन्। “प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई जोगाउनका…
रत्ननगर: चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०:१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। गएराति ८:३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय…
रौतहट: पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताए छ। पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताए। रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग आज कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ। आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो। एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ।
मकवानपुरः हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको मृत्यु भएको छ। हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना ३ त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना ४५ प ३८२६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका-८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका-११ का २०…
नवलपरासी : झण्डै दुई सातादेखि बेपत्ता नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ। खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए। खोजतलासका क्रममा खरेलले मोबाइल प्रयोग नगरे पनि फेसबुक अनलाइनमा आउने गरेका कारण त्यसको स्थान भारतमा देखिएको अनुसन्धानका क्रममा…
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ। भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए। अध्यक्ष दाहालले भने–'पार्टी एकताका विषयमा कुराकानी भएको…
चितवन: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन्। सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए। नेता सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाए। वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा कांग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न नहुने बताउँदै नयाँ परिस्थितिअनुसार पार्टीलाई अगाडि बढाउन सक्नुपर्ने बताए। नेता…