PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • चिसोका कारण एक बालकसहित तीन जनाको मृत्यु

    चिसोका कारण एक बालकसहित तीन जनाको मृत्यु

    लहान : पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिराहामा एक नाबालकसहित तीन जनाको मृत्यु भएको छ। अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो। जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले बताए। यस्तै चिसोकै कारण…

    विस्तृतमा पढ्नुस्

  • भोकमरीको चपेटामा चेपाङगाउँ : सिस्नु र टाँकीको मुन्टा खान बाध्य

    भोकमरीको चपेटामा चेपाङगाउँ : सिस्नु र टाँकीको मुन्टा खान बाध्य

    सीताराम अधिकारी मलेखु : घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन्। चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु टिपेर पकाउनुपर्ने भएकाले गाउँवासी खान नपाएर भोकभोकै परेको गाउँ पुगेको सरकारी टोलीले समेत निरीक्षण गरेको छ। २२ वर्षकी सुक्रिमाया चेपाङको काखमा…

    विस्तृतमा पढ्नुस्

  • चिसोका कारण घरमा सुतिरहेको स्थानमै मृत्यु

    चिसोका कारण घरमा सुतिरहेको स्थानमै मृत्यु

    राजविराज : विगत चारपाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए। ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको…

    विस्तृतमा पढ्नुस्

  • दुई दल एकीकरणमा आइसब्रेक : ओली र प्रचण्डबीच भेट, एकता संयोजन समितिको बैठक मंगलबार

    दुई दल एकीकरणमा आइसब्रेक : ओली र प्रचण्डबीच भेट, एकता संयोजन समितिको बैठक मंगलबार

    भक्तपुर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ ओली निवास, बालकोटमा भेटवार्ता भएको छ। साँझ सवा ६ बजे ओली निवास पुगेका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पुर्याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको हो। भेटपछि सञ्चारकर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा कुलोमा भेटियो शिशुको शव

    भक्तपुर : मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ। राजकुलोको नालीमा नवजात शिशु (छोरा) को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताए। बिहान नालीमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • गगन थापालाई बम हान्ने अभियुक्त धरौटीमा रिहा

    गगन थापालाई बम हान्ने अभियुक्त धरौटीमा रिहा

    काठमाडौँ : निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली कांग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ। अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो। कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ। अभियुक्तद्वय रवि गोले…

    विस्तृतमा पढ्नुस्

  • टिपरले स्कुटीलाई ठक्कर दिँदा एक युवतीको मृत्यु

    टिपरले स्कुटीलाई ठक्कर दिँदा एक युवतीको मृत्यु

    बनेपा : एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ। काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कामपाको ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनामा १२ सय टन धुलो संकलन

    कामपाको ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनामा १२ सय टन धुलो संकलन

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २ सय टन धुलो संकलन गरेको छ। गत मंसिर पहिलो हप्तादेखि शुरु भएको सो अभियानअन्तर्गत सुन्धारामा रहेको कामपा ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतली सडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर क्षेत्रको धुलो संकलन भइसकेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर–नगरकोट सडक : धुलाले थलिए बासिन्दा

    भक्तपुर–नगरकोट सडक : धुलाले थलिए बासिन्दा

    श्याम रिमाल भक्तपुर : दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन्। कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमी मुख्य सडक विस्तारमा ढिलाइ भइरहेको छ। विसं २०७१ जेठमा निर्माण शुरु भएको शैलुङ कन्स्ट्रक्सन प्रालिले आव ०७२-०७३ मै निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि हालसम्म सडक विस्तारले…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार गठनको बाटो खोलिदेउ : एमाले सचिव ज्ञवाली

    नयाँ सरकार गठनको बाटो खोलिदेउ : एमाले सचिव ज्ञवाली

    पोखरा : नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिए। मतपरिणाम सार्वजनिक नगरी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय सम्मान

    महोत्तरी : नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ। सर्लाहीमा जन्मिएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आएको थियो। हाल उनी भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दैछन्। कुशवाहाका हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • वायुसेवा निगमले चीनबाट थप दुईवटा विमान ल्याउने, आन्तरिक गन्तव्य विस्तार गर्ने

    वायुसेवा निगमले चीनबाट थप दुईवटा विमान ल्याउने, आन्तरिक गन्तव्य विस्तार गर्ने

    काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ। नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ। हाल दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चीनबाट थप दुईवटा विमान ल्याउँदैछ। अबको तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने…

    विस्तृतमा पढ्नुस्

  • मौसमविद् भन्छन् : अझै चिसो बढ्छ

    मौसमविद् भन्छन् : अझै चिसो बढ्छ

    काठमाडौँ : न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ। आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ। घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ। उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षमा २० अर्बको फलफूल आयात

    एक वर्षमा २० अर्बको फलफूल आयात

    काठमाडौँ : मुलुकमा वार्षिक करिब २० अर्बको फलफूल आयात हुने गरेको छ। नेपाल फलफूल थोक व्यवसायी संघले २६औँ वार्षिक साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो। सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै फलफूलको गुणस्तर परीक्षणका लागि बजारभित्र नै प्रयोगशाला…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा भएको छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

    नुवाकोटमा भएको छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

    नुवाकोट : नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ। तार्केश्वर गाउँपालिका–५ गोर्स्याङमा बिहीबार राति ८ बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो। हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। चालक…

    विस्तृतमा पढ्नुस्

  • शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

    शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

    काठमाडौँ : शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ। स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न लागिएको छ। हाल सञ्चालन भइरहेको शालीनदी तथा माधवनारायणको मेलामा सहभागी हुन आउने भक्तजनलाई त्यहाँको बारेमा जानकारी दिन शंखरापुर-शालीनदी महोत्सव समेत शुरु भएको छ। विहिबार आयोजित पत्रकार सम्मेलनमा शंखरापुर नगरपालिकाका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाइने

    नयाँ शक्तिलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाइने

    पोखरा : नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गरेको छ। कास्कीको पर्यटकीय गाउँ ल्वाङमा लगातार तीन दिनसम्म चलेको बैठकले पार्टी स्थापना यताका सकारात्मक उपलब्धिको रक्षा र देखिएका कमजोरीलाई निर्ममतापूर्वक हटाउँदै समयको मागअनुरुप सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्ने लगायत १० बुँदे घोषणापत्र सार्वजनिक गरियो। पत्रकार सम्मेलनमा नयाँ शक्ति…

    विस्तृतमा पढ्नुस्

  • घाइते भएका रसुवाका प्रहरी प्रमुखलाई उपचारका लागि काठमाडौं लगियो

    रसुवा : सुरक्षाको अवस्था बुझ्न हिँड्दा लडेर घाइते भएका रसुवाका प्रहरी प्रमुखलाई उपचारका लागि काठमाडौं लगिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री पैदलयात्राका क्रममा लड्दा दायाँ हातको कुममा गम्भीर चोट लागेकाले प्राथमिक उपचार गरी थप उपचारार्थ काठमाडौँ सिफारिस गरिएको जिल्ला अस्पतालका डा प्रबल केसीले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • ब्राजाकीको स्वास्थ्यमा सुधार

    काठमाडौँ : मस्तिष्काघातबाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ।  करिब तीन सातादेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत ब्राजाकीको स्वास्थ्यमा सुधार आएपछि  भेन्टिलेटरबाट सामान्य श्यैयामा सारिएको साहित्यकार सुनिल पुरीले जानकारी दिए।   साहित्यकार ब्राजाकीलाई सामान्य हिँडडुल गराइए पनि बोल्न सकेका छैनन्। प्रगतिवादी एवं जीवनवादी धारका उनका ‘अन्नपूर्णाको  भोज’, ‘तिम्री स्वास्नी र म’ र ‘अवमूल्यन’ कथासंग्रहका साथै गजल संग्रह…

    विस्तृतमा पढ्नुस्

  • चिसोका कारण हुम्लामा थप २ जनाको मृत्यु

    चिसोका कारण हुम्लामा थप २ जनाको मृत्यु

    हुम्ला :  सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ। दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७-८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित ६ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell