PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेट, मतपरिणाम सार्वजनिक सम्बन्धमा छलफल

    राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेट, मतपरिणाम सार्वजनिक सम्बन्धमा छलफल

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्।  पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिक रुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो।  टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ।  टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनमा दरार ल्याउन व्यापक प्रचारबाजी भइरहेको छ-खनाल 

    गठबन्धनमा दरार ल्याउन व्यापक प्रचारबाजी भइरहेको छ-खनाल 

    झापा: नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन्।  झापाको बिर्तामोडमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन।”  पूर्वप्रधानमन्त्री खनालले “नयाँ सरकार र पार्टी एकता चाँडै हुन्छ, यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको छ,” भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरे। …

    विस्तृतमा पढ्नुस्

  • गगन थापा भन्छन् -अबको महाधिवेशनबाट पुरानो पुस्तालाई नेतृत्व दिनुहुन्न

    गगन थापा भन्छन् -अबको महाधिवेशनबाट पुरानो पुस्तालाई नेतृत्व दिनुहुन्न

    दमक: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले कांग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताए।  झापाको दमकमा बिहिबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, “काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ।”  नेता थापाले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंकै चलेका निजी स्कुलले थाले संस्कृत अध्यापन

    काठमाडौंकै चलेका निजी स्कुलले थाले संस्कृत अध्यापन

    प्रकाश सिलवाल - काठमाडौं : अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन्। विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवद्र्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन्।  व्यावसायिकरुपमा संस्कृत विषय पढाउँदा प्रत्यक्ष लाभ नभए पनि निजी (संस्थागत) विद्यालयले गुरुकुलीय पद्धति हुँदै विकसित नेपाली शिक्षामा आफ्नो मूल्यवान् अस्तित्व देखाउन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री बन्ने सोचेको छैन : प्रचण्ड 

    प्रधानमन्त्री बन्ने सोचेको छैन : प्रचण्ड 

    काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन।  पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने, “परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो।”  अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर एक मजदुरको मृत्यु

    करेन्ट लागेर एक मजदुरको मृत्यु

    तिलोत्तमा : घरको छत ढलाइको काम गर्ने क्रममा करेन्ट लागेर रुपन्देहीको सैनामैना–१० झिमझिमिया निवासी ३५ वर्षीय भिक्खु थारुको मृत्यु भएको छ। आज दिउँसो झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा विद्युतको तारमा छुँदा भिक्खु गम्भीर घाइते भएकाले उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। काम गर्ने क्रममा उनीसँगै रहेका अरु…

    विस्तृतमा पढ्नुस्

  • १८ दिनदेखि सम्पर्कविहीन

    १८ दिनदेखि सम्पर्कविहीन

    नवलपरासी : नवलपरासी– (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन्। नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन भएका हुन्। यसैगरी बुङ्गीकाली गाउँपालिका– ३ रकुवा थोत्रेनी निवासी २५ वर्षीय तेजबहादुर सुनार चार दिनअघि सम्पर्कविहीन भएका हुन्। खोजबार र सुनारलाई खोजी गरिदिनुहुन उनका आफन्तले…

    विस्तृतमा पढ्नुस्

  • सन् २०१७ मा विश्व : कहाँ के भए?

    सन् २०१७ मा विश्व : कहाँ के भए?

    जीवन भण्डारी काठमाडौं : सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ। अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो। यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए। उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए। त्यस बाहेक उनीसँग जोडिएर…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि दीक्षान्त समारोहमा एकै व्यक्तिले प्राप्त गरे तीन पदक

    त्रिवि दीक्षान्त समारोहमा एकै व्यक्तिले प्राप्त गरे तीन पदक

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन्। स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गरेका हुन्। स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उनले उक्त तीन वटा पदक प्राप्त गरेको त्रिविको परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कांग्रेसका समानुपातिकतर्फको प्रदेशसभा सदस्य

    यी हुन् कांग्रेसका समानुपातिकतर्फको प्रदेशसभा सदस्य

    काठमाडौँ : नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त नामावली टुंगो लगाई शुक्रबार आयोगमा बुझाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले सातै प्रदेशमा पाएको समानुपातिकतर्फको मतपरिणामअनुसार सबै प्रदेशमा गरी कूल ७२ सदस्य…

    विस्तृतमा पढ्नुस्

  • धुलिखेलमा कार रेसिङ प्रतियोगिता सम्पन्न

    धुलिखेलमा कार रेसिङ प्रतियोगिता सम्पन्न

    धुलिखेल : नेपालमा नै पहिलोपटक नेपाल अटोमोबाइल्स एशोसिएसन र नेपाल मोटर स्पोर्टस् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बेजिङ प्लानमा ‘नेशनल अटो जिमखाना च्याम्पियनसिप–२०१७’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ। एशोसिएसनले सडक सुरक्षामा टेवा पूर्‍याउने उद्देश्यले र्‍याली क्रस च्याम्पियनसिप र नेशनल अटो जिमखाना च्याम्पियनसिप–२०१७ प्रतियोगिता आयोजना गरेको नेपाल अटोमोबाइल्स एशोसिएसनका केन्द्रीय सदस्य निरोज खड्काले बताए। पहिलो खेल र्‍याली क्रस च्याम्पियनसिपमा गाडी नं २६…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा दुई घण्टाका लागि कर्फ्यु हटाइयो

    कालीकोटमा दुई घण्टाका लागि कर्फ्यु हटाइयो

    कालीकोट : म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु दुई घण्टाका लागि हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ। प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म छलफलका लागि अनुरोध गरेको र सो समयसम्मका लागि मात्र कफ्र्यु हटाइएको बताए। पीडित…

    विस्तृतमा पढ्नुस्

  • इन्टग्रिटी आइडल बने मोरङका सहायक प्रजिअ पौडेल

    इन्टग्रिटी आइडल बने मोरङका सहायक प्रजिअ पौडेल

    काठमाडौँ: मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टग्रिटी आइडल बनेका छन्। अकाउन्टविलिटी ल्याव नेपालले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पौडेल आइडल बनेको घोषणा गरिएको हो। देशभरीका सरकारी कर्मचारीहरुमध्ये हरेक वर्ष कार्य क्षमता, विश्वसनियता र भोटको आधारमा छानिने प्रतियोगितामा ९ हजार ९ सय १ मत प्राप्त गरी पौडेल आइडल बनेका हुन्। त्यसैगरी, यस वर्षको उत्कृष्ट सरकारी कर्मचारी काभ्रे जिल्लाका कृष्ण…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिक मतगणना : ८३ हजार मत अन्तरले कांग्रेसभन्दा एमाले अगाडि

    समानुपातिक मतगणना : ८३ हजार मत अन्तरले कांग्रेसभन्दा एमाले अगाडि

    काठमाडौँ : पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ। निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले २९ लाख ४० हजार ४०, नेपाली कांग्रेसले २८ लाख ५७ हजार, नेकपा (माओवादी केन्द्र) ले ११…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मको दावी

    प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यदेखि केशव स्थापितसम्मको दावी

    काठमाडौं : वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षी देखिएका छन्।  प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ।   मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन्। निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उउनी अहिले…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्ग्या विरुद्धको अर्को ज्यादती: कारबाहीको पहिलो महिना नै ६ हजार ७०० मारिएको खुलासा

    रोहिङ्ग्या विरुद्धको अर्को ज्यादती: कारबाहीको पहिलो महिना नै ६ हजार ७०० मारिएको खुलासा

    याङगुन: म्यानमारको सेनाले गएको अगस्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको समाचार छ।  यसलाई म्यानमारमा रोहिङ्ग्या विरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ। यस क्रममा महिला, बालबालिका सहितका नागरिकको मृत्यु भएको आशङ्का यसअघि नै गरिएको थियो।  संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिकाले भने यसअघि नै म्यानमारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर

    प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर

    बैतडी : मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर भएको छ। प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो भने (ख) मा ३८ हजार १५५ मत खसेकामा दुई…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीका विनोद केसी ४ नम्वर प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

    म्याग्दीका विनोद केसी ४ नम्वर प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

    बाबियाचौर (म्याग्दी) : म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन्। प्रदेश नं ४ अन्तर्गत म्याग्दी (क)मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ३३ वर्षीय केसी कान्छा सांसद बनेका हुन्। १४ हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे।…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी

    म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी

    म्याग्दी : म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई २ हजार ५ सय २६ मत अन्तरले पराजित गरेका हुन्। केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दी प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा विजयी

    म्याग्दी प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा विजयी

    म्याग्दी : प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्। थापाले २३ हजार ३ सय ८ मत प्राप्त गरी वियज हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका खमवीर गर्वुजाले २० हजार ९ सय ८० मत प्राप्त गरे। यसअघि प्रदेश ‘क’ मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएको मुख्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell