अछाम : नेपाली सेनाको गाडी आज साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो। गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ। घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए।
चितवन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताएका छन्। संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गरे। चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भने 'सही समयमा सही निर्णय गर्नुपर्छ।' उनले यो देशको सामाजिक न्यायका निम्ति आफ्नो…
मलेखु : दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै बम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ। बम मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका…
इलाम : पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन्। इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उनले वाम गठबन्धनबाट अब पार्टी एकता हुन्छ, 'यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न सक्दैन' भने। नेता खनालले पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप लगाए। प्रतिनिधिसभा र…
रुकुम : रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन्। रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब गएका मनिराम रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए। खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको…
भक्तपुर : भक्तपुर नगरपालिका-८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ। वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई सहज खानेपानी वितरण गर्ने उद्देश्यले गुठी नामक संस्थाको सहयोगमा केन्द्र निर्माण भएको हो। लिवाली गणेश भूकम्पपीडित पुनःस्थापना केन्द्रको बासिन्दाका लागि निर्माण गरेको आकाशे पानी संकलन गर्न उक्त संस्थाले १७ लाख चार हजार ३७० सहयोग उपलब्ध गराएको थियो। अकाशे…
जनकपुरधाम : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन्। यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन्। एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि भोलि हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा भक्तजनको भीड लागिसकेको…
रत्ननगर : सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन्। ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन्। क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको संयुक्त भेलाले सो निर्णय गरेको संघका अध्यक्ष सुमन घिमिरेले…
बैतडी : पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन्। निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो। चुनावलाई मध्यनजर गर्दै मंसिर ७ गते मध्यरातिदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिए।…
काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेरिस डाँडास्थित पार्टी कार्यालयमा लगिएको छोरा प्रकाशको शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उता, छोराको मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको छ। श्रीमानको मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत…
बागलुङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य भएको बताएका छन्। ओली संयुक्त वाम गठबन्धनद्वारा जिल्लाको गलकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफुहररुले मुलुकको समृद्धि र सुव्यवस्था चाहेको उल्लेख गरे। 'व्यवस्थामा मात्र होइन, व्यवहारमा, प्रणालीमा मात्र होइन प्रक्रियामा पनि परिवर्तन चाहिएको छ' उनले भने। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दिगो सरकारले मात्र मुलुकको विकास…
ताप्लेजुङः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाएका छन्। ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान शुरु गरेका देउवाले शनिवार सदरमुकाम फुङलिङमा कांग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको बताएका हुन्। उनले कम्युनिष्ट शासन स्थापना भए जनताको दैनिकी डर–त्रासपूर्ण हुने बताए। प्रधानमन्त्री देउवाले कांग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक…
काठमाडौ : नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले मंसिर १० र २१ गते हुने निर्वाचन नेपालको भविष्यसँग जोडिएको बताएका छन्। नेकपा (एमाले) प्यूठान–काठमाडौं, राष्ट्रिय जनमोर्चा प्यूठान काठमाडौ र नेकपा (माओवादी केन्द्र) प्यूठान–काठमाडौं संघीय जनसम्पर्क मंचले आयोजना गरेको संयुक्त वाम गठबन्धन चुनावी भेलालाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनसँग जोडिएकाले निर्वाचनले नेपालको भविष्य कस्तो हुने निर्धारण गर्ने बताए। ‘यो साधारण चुनाव होइन। नेपालको संविधान…
दमक : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि दुई तिहाइको वाम सरकार निर्माण हुने जिकिर गरेका छन्। झापाको कमल गाउँपालिकास्थित क्याम्पा बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर मुलुकको विकास गर्ने बताए। मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकमा स्थिर वाम सरकार निर्माण हुने उनको भनाइ थियो। मुलुकलाई गलत बाटामा…
रत्ननगर, चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ९:३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ। उक्त सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको हो। सबै चट्टान फोरेर हटाउन नसक्दा आज दुईतर्फी गाडी सञ्चालन गर्न नसकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए। बिहानैदेखि रोकिएका मोटरसाइकल र साना सवारीहरु अहिले गन्तव्यतर्फ…
काठमाडौँ : आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक…
पोखरा : पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा-लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरे। परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण गरिएको मिडिया सेन्टरमा १० वटा कम्प्युटर, दुई थान ल्यापटप, प्रिन्टर,…
भक्तपुर : आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुरमा तीनवटा दलको चुनावी भिडन्त हुनेभएको छ। भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि मुख्यतया नेपाली कांग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारबीच दुईवटा प्रतिनिधि सभा सदस्य र चारवटा प्रदेश सभा सदस्यका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। क्षेत्र नं १ प्रतिनिधि…
काठमाडौँ : साहित्यकार एवं पत्रकार मदनमणि दीक्षितले विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘डोल्पो : विश्वको जीवित सङ्ग्रहालय’ शीर्षक नियात्रा कृतिको शनिबार लोकार्पण गरेका छन्। सो अवसरमा दीक्षितले पराजुलीद्वारा लिखित नियात्रा विश्व महत्व र पुरातात्विक महत्व राख्ने गहकिलो पुस्तकका रुपमा देखापरेको बताउँदै पुस्तकले पश्चिम नेपालको हिमाली क्षेत्रको भूगोल र प्रकृति तथा त्यस क्षेत्रको संस्कृति, जनजीवन र आर्थिक अवस्थाबारे प्रकाश पारेको बताए। उनले…
लहान : भाइको हत्या आरोपमा पक्राउ परेकी एक किशोरीले आइतबार साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन्। सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिप्रका सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर…