अन्नपूर्ण आधार शिविर र धौलागिरी हिमालसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा पर्यटक। फोटोः कमल खत्री/वासुदेव पौडेल
म्याड्रिड : स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ। सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ। उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। क्याटालानलाई दिएका के कति अधिकारहरु फिर्ता लिने भन्ने बारेमा स्पेनको संसदमा छलफल हुनेछ। स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय…
काठमाडौंः पाटनस्थित कार्तिक डबलीमा कार्तिक नाच प्रस्तुत गर्दै कलाकारहरु । १२ दिनसम्म बेलुकी देखाइने यस नाच अन्तर्गत सुदामा, कौला खिचा उषाहरण लिला, जलशयण, बराह अवतार आदि नाच देखाइन्छ।
काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साइतमै बहिनी चन्दबाट टीका लगाएका हुन्। सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे। संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे। यसैगरी राष्ट्रपति विद्यादेवी…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। दीपावलीको अवसरमा शुभकामना दिँदै उनले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गरेका छन्। साथै राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप,…
बैतडी : प्रदेश नं ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश नं ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन लागिएको जयपृथ्वी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दीपकराज जोशीले बताए। विश्वविद्यालय अनुदान आयोगले ती सामुदायिक क्याम्पसलाई असोज २५ गते पत्राचार गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आंगिक…
प्रकाश धौलाकोटी तेह्रथुम : तेह्रथुमबाट सात राजनीतिक दलले प्रतिनिधि सभा र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेका छन्। अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, राप्रपा(प्रजातान्त्रिक) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले उम्मेदवारका आकांक्षीको सूची केन्द्रमा पठाएका छन् । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रदेशको निर्वाचनमा भने दुई क्षेत्र छन्। …
नारायण अधिकारी/रासस - चितवन : चर्चामा रहेको नेपाली कथानक चलचित्र छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन्। चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई प्रस्तुत गरेपछि कानून व्यवसायीले प्रश्न उठाएका हुन्। चलचित्र हेरेपछि अधिवक्ता रमेश काफ्लेले धेरैले रुचाएको यस चलचित्रमा अदालती प्रक्रिया त्रुटिपूर्ण रुपमा देखाइएको प्रतिक्रिया दिए। उनले भने – “अदालतमा दायर भैसकेको…
काठमाडौँ : आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले काठमाडौँका १० निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गर्न थालेका छन् । राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेकाले काठमाडौँको निर्वाचनलाई विशेष रुपमा हेरिन्छ । विसं २०७० को संविधान सभा निर्वाचनमा ठूलो दल बनेको काँग्रेसले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिश…
पाल्पा : निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्। मृत्यु हुनेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन्। घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले…
बाबियाचौर : म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ। बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पनि अवरुद्ध बनेको छ। पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नंको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ। खोला तर्नेक्रममा बाढी आएर फसेको ट्याक्सी धकेलेर खोला पार गराउने क्रममा बगाएर कालीगण्डकीमा पुर्याएको…
चितवनः पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ईश्वरी पाठकले बताए । उनका अनुसार बिहान आठ, नौजना साथी मिलेर निउरो टिप्न जंगलमा गएकामा एकजनालाई बाघले आक्रमण गरेपछि अरुले भागेर ज्यान…
डडेल्धुराः करिब एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव भएको छ । पेट्रोल अभावका कारण दशैँका लागि टीका लगाएर घर फर्किनेहरु र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ । डडेल्धुरास्थित फुटकर व्यापारी र पेट्रोल पम्पबाट नै बोतल तथा ग्यालेनमा तेल बिक्री वितरण गरिरहे पनि पम्पमा भने तेल नभएको जानकारी वितरकहरुले गराएका छन् । पेट्रोल अभावमा साना दशैँको समयमा बढी सञ्चालन हुने मोटरसाइकल…
दोलखाः दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् । गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट मानिस बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको…
बैतडीः दोगडाकेदार गाउँपालिका–७ रिखाली बस्ने २२ वर्षीय जयसिंह कार्कीको दशैँ मेला हेरेर फर्कने क्रममा भीरबाट लडेर आज बिहान मृत्यु भएको छ । बिहान करिब २ः३० बजे दोगडाकेदार–७ दारकुरी मन्दिरमा लागेको रात्रि मेला हेरेर फर्कने बेला मन्दिर नजिकै रहेको भीरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल बैतडीमा लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । उनको शवपरीक्षणका लागि जिल्ला…
उदयपुरः सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको छ । तर उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर…
काठमाडौँ : बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गरिन्। राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गरी मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरिन्। नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ…
चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उनका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ…
काठमाडौं : नेपालीलाई राम्रैसँग दशैं लागिसकेको छ। मिलेसम्म घरमै खसी काट्ने नभए छिमेक या बजारबाट मासु ल्याउने काम समेत भइसकेको छ। रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं मासु बिना टार्न हत्तपत्त नेपालीको मन मान्दैन। तर धेरै मासु खाँदा केहि कुरामा भने ध्यान पुर्याउन जरुरी छ। हुनत दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन्। तर दसैँमा…